प्रविधिले उपचार छिटो, छरितो र भरपर्दो, चिकित्सक राष्ट्रिय सम्मेलन आजदेखि
पाल्पा, २९ मंसिर । नेपालमा स्वास्थ्य उपचार पद्दतिमा आधुनिक प्रविधिले जटिल रोगको उपचार छिटो, छरितो र भरपर्दो बन्दै गएको छ । नयाँ प्रविधिले नेपालमा चिरेर शल्यक्रिया गर्ने चलन विस्तारै हराएको र एउटै प्वालबाट शल्यक्रिया हुने काम अघि बढेको छ ।
नेपाल शल्य चिकित्सक समाजको ११औँ राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा पाल्पा, तानसेनमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष तथा प्रा डा सिएल भट्टचनले विश्वले अवलम्बन...
























