रूघाखोकीग्रस्त बिरामी मध्ये आधा जतिमा स्वाइन फ्लुको संक्रमण देखियो, कसरी जोगिने ?
मुलुकमा रूघाखोकीको समस्याबाट ग्रस्त बिरामीमध्ये इन्फ्लुएन्जा ए (एच१एन१) परीक्षण गराउनेमा करिब आधा जतिमा स्वाइन फ्लुको संक्रमण भएको पाइएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अगस्ट महिनामा संकलन गरिएको शंकास्पद इन्फ्लुएन्जा ए(एच१एन१) का नमुनामध्ये आधा जतिमा स्वाइन फ्लु देखिएको हो ।
प्रयोगशालामा पछिल्लो ३० दिनमा रुघाखोकीका विरामीको एक हजार ३७ नमुना संकलन गरिएकोमध्ये ४ सय ८५ जनामा स्वाइन फ्लु द...

























