तिहारमा खाद्यवस्तु सेवन गर्दा होसियारी अपनाऔँ
काठमाडौं, २९ असोज । तिहार आउँदै छ । अब धेरै समय बाँकी छैन । हिन्दूहरूको दोस्रो ठूलो पर्व भएकाले पनि तिहारमा नेपालीहरू खुलेरै रमाइलो गर्छन् । खानपानमा होसियारी अपनाउँदैनन् ।
चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ ।
यति मात्रै होइन, यो समयमा रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पन...

























