संगालोखबर संवाददाता

काठमाडौं, १४ मंसिर । शुक्रबार ३० औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइने भएको छ ।

Advertisement

डिसेम्बर १ अर्थात शुक्रबार ३० औं विश्व एड्स दिवस नेपालमा पनि विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाउन लागिएको विहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । यस वर्षको विश्व एड्स दिवसको नारा मेरो स्वास्थ्य मेरो अधिकार रहेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रका निर्देशक डा. विकास लामिछानेले एचआईभी संक्रमण दरलाई अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो विकास लक्ष्यहरु हासिल हुने गरी नेपालमा विश्व एड्स दिवस मनाउन लागिएको जानकारी दिए ।

नेपालमा पनि सन् २०३० सम्ममा एड्सको महामारीलाई अन्त्य गर्ने लक्ष्यका साथ एचआईभी तथा एड्ससम्बन्धि जनचेतनामूलक कार्यक्रम संचालन भईरहेका छन् ।

विभिन्न तथ्यांकहरुका अनुसार नेपालमा ३२ हजार ७ सय ३५ जनामा एचआईभी संक्रमण देखिएको छ । तीमध्ये करिव ७० प्रतिशत एचआईभी संक्रमण असुरक्षित यौन सम्पर्कको माध्यामबाट हुने गरेको पाइएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement