नयाँपत्रिका

काठमाडौं, १८ पुस । स्वास्थ्य मन्त्रालयले कम्तीमा १० हजार कर्मचारीलाई सरुवा गर्ने तयारी गरेको छ । यसअघि, निर्वाचन आचारसंहिताले नियमित हुने सरुवा रोकिएपछि स्वास्थ्य मन्त्रालयले कर्मचारी सरुवा गर्न पाएको थिएन ।

Advertisement

स्वास्थ्य मन्त्रालय कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले तल्लो तहदेखि माथिल्लो तहसम्मका कर्मचारीको सरुवा रोकिएकोले समस्या भएको बताए । ‘हिजो निर्वाचन आचारसंहिताले दिएन, अहिले सामान्यले मानिरहेको छैन ।  हामी ठूलो समस्यामा पर्‍यौ,’ खनालले भने । अहिले नियमित सरुवाको समय नभए पनि सरुवा गर्नुपर्ने बाध्यता परेको उनले बताए । स्वास्थ्यका कर्मचारीको सरुवा चार चरणमा हुने गरेको छ । असोजमा मन्त्रालय, कात्तिकमा विभाग, मंसिरमा क्षेत्र र पुसमा जिल्लाले कर्मचारीको सरुवा गर्ने प्रचलन छ ।

स्थानीय तहमा राम्रो काम गर्दा सरुवा रोकियो
‘स्थानीय तहमा स्वास्थ्यका कर्मचारीले राम्रो काम गरेकाले सामान्य प्रशासन मन्त्रालयले सरुवाको अनुमति दिइरहेको छैन,’ उपसचिव खनालले भने । उनले १० हजारको हाराहारीमा सरुवाको फाइल आएको भन्दै स्थानीय विकास मन्त्रालयसँग छलफल गरेर अगाडि बढ्ने बताए । सातौँ तहभन्दा माथिका कर्मचारीको सरुवा मन्त्रालय आफैँले गर्ने गरेको छ । छैटौँ र सातौँ तहका कर्मचारीको सरुवा स्वास्थ्य विभागले तथा पाँचौँ तहसम्मका कर्मचारीको सरुवा क्षेत्र र जिल्लाले गर्ने प्रावधान छ ।

चिकित्सकहरू स्थानीय तहमा नजाने
स्वास्थ्य मन्त्रालयले अत्यावश्यक स्वास्थ्यकर्मीलाई स्थानीय तहमा नपठाउने निर्णय गरेको छ । बिरामीको उपचारमा आवश्यक पर्ने भन्दै मन्त्रालयले डाक्टर, अस्पताल नर्स, ल्याब टेक्निसियन, रेडियोग्राफीलाई स्थानीय तहमा नपठाउने खनालले बताए । केही चिकित्सकले स्थानीय तहमा जाने इच्छा देखाए पनि बिरामीको स्वास्थ्योपचारलाई ध्यानमा राखेर रोकिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!