५१ वर्षपछि सरकारी अधिकारी बारेकोटमा
जाजरकोट, ६ चैत । एकाउन्न वर्षपछि उच्च सरकारी टोली भौगोलिकरूपमा अत्यन्त विकट बारेकोट गाउँपालिका पुगेको छ । विसं २०२४ पछि पहिलोपटक जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, राष्ट्रिय अनुसन्धान विभाग, जिल्ला वन डिभिजन, प्रहरी प्रमुखलगायतको टोली बारेकोट पुगेको हो ।
जिल्ला प्रशासन कार्यालयले गाउँपालिकाका विभिन्न वडामा बृहत् शिविर गरेर स्थानीयवासीलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण र मतदात...






























