एजेन्सी । कसैको रिस निकै कडा हुन्छ । ठूलै ताण्डव मच्चाएर भए पनि त्यस्ता व्यक्तिहरू रिस मार्न पछि पर्दैनन् । पाकिस्तानमा एकजना पुरुषलाई आफ्नी श्रीमतीसँग डिभोर्स गरेपछि पनि रिस मरेन । उनले डिभोर्स गरेलगत्तै आफ्नी पूर्वपत्नीको जिब्रो काटिदिएका छन् ।

Advertisement

लाहोरभन्दा केही टाढा रहेको एक गाउँका बासिन्दा ती पुरुषले पत्नीलाई तलाक दिएसँगै उनीमाथि आक्रमण गरेर जिब्रो काटिदिए ।

हाफिजाबाद जिल्लाको पिँडी भट्टिया भन्ने गाउँमा यो घटना भएको हो ।

ती पुरुषमाथि हत्याको कोसिस गरेको अभियोग लगाएर मुद्दा दर्ता गरेको छ । तर आरोपी फरार छन् ।

जहाँगिर नामका ती पुरुषले जिब्रो काटिदिएकी महिलाको नाम नसरीन हो । डिभोर्सपछि पनि यी दुईबीचमा विवाद चलिरहेको थियो । विवादकै बीचमा गत शनिबार जहाँगिर आफ्नो भूपू ससुरालीमा पुगे र एक्कासि माइतीमा रहेकी भूपू पत्नीमाथि जाइलागे ।

उनले आक्रमण गर्ने योजना बनाएरै गोजीमा कैँची लिएर भूपू ससुराली गएका रहेछन् । सोही कैँची निकालेर उनले पूर्व पत्नीको जिब्रो काटिदिएका हुन् । उनलाई तत्कालै अस्पताल पुर्याइएको थियो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!