फिल्म ‘रातो टीका निधारमा’मा नायिका साम्राज्ञी आरएल शाहले १६ लाख रूपैयाँ पारिश्रमिक लिएकी छन्। १६ लाख पारिश्रमिक लिने गरी उनले उक्त फिल्म साइन गरेकी हुन्। आयकर भने उनी आफैंले तिर्ने बताइएको छ।

Advertisement

सोमबार निर्देशक अशोक शर्माले साम्राज्ञीलाई लिड रोलमा अनुबन्ध गरेका हुन्। फिल्ममा निर्देशक शर्माका छोरा अंकित शर्माले डेब्यू गर्दैछन्। उनी साम्राज्ञीको जोडी बनेर सिनेमामा देखिदै छन्।

फिल्मको छायांकन वैशाखदेखि सुरू हुने बताइएको छ। दसैंमा फिल्म रिलिज गर्ने निर्माण पक्षले जनाएको छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!