एजेन्सी । दक्षिण-पूर्वी एशिया स्थित ब्रुनाईमा समलिङ्गीलाई ढुङ्गाले हानेर मारिने कानुन लागु भएको छ । ब्रुनाईमा सन् २०१४ मा सरिया कानुन लागु गरेको थियो र केही वर्षमा नयाँ मुलुकी संहिता लागु हुने बताएको थियो । जस अनुसार नयाँ कानुनमा यस्तो सजाय राखिएको हो ।

Advertisement

गत शनिवार ब्रुनाई सरकारले वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै बुधवारदेखि सरिया मुलुकी संहिता लागु हुने घोषणा गरेको थियो । तर संयुक्त राष्ट्रसङ्घले समेत ब्रुनाईले ‘क्रूर’, अमानवीय र अपमानजनकु र मानव अधिकार संरक्षणमा बाधा पार्ने किसिमको मुलुकी संहिता जारी गरेको दाबी गरेकाे छ ।

नयाँ इस्लामिक कानुन अनुसार कुनैपनि व्यक्तिले आफु समलिङ्गी भएको घोषणा गरे वा कम्तिमा ४ जनाले कुनै व्यक्तिलाई समलिङ्गी व्यवहार गरेको देखे ती समलिङ्गी व्यक्तिलाई ढुङ्गाले हानेर (स्टोनींग-stoning द्वारा) मारिने छ । अन्तर्राष्ट्रिय समुदायमा धेरैले यो कानुनको विरोध गरेका छन्।

नयाँ कानुन अनुसार बलात्कार, व्यभिचार, लुटपाट र मोहम्मदको अपमान गर्नेका लागि मृत्युदण्ड रहेको छ । गर्भपतन गरेमा सार्वजनिक रूपमा कोर्रा हान्ने सजाय तोकिएको छ ।

त्यस्तै चोरीका लागि हातखुट्टा काट्ने कानुनी व्यवस्था गरेको छ । कानुन मुलत: इस्लाम धर्मालम्बीमा लागु हुने भए पनि यसका केही व्यवस्थाहरू सबैमाथि लागु हुनेछ ।

मलेसिया र दक्षिण चीनले घेरीएको ब्रुनाई त्यहाँको समुन्द्रिक टापु र प्राकृतिक बनावटका कारण चर्चित छ । यो देश तेल र ग्याँस निर्यात गर्ने भएका कारण धनी छ । ७२ वर्षीय सुल्तान हसनल बोल्कियले यहाँ शासन गर्ने गरेका छन् ।

ब्रुनाईको अर्काे महत्व यो देश संसारका ठूला होटलहरू सञ्चालन गर्ने भित्र पर्छ । होटलहरू सञ्चालन गर्ने ब्रुनाई इन्भेष्टमेन्ट एजेन्सीको नेतृत्व पनि ब्रुनाईका प्रधानमन्त्री सुल्तानले नै गर्छन् ।

करिब ४२०,००० कुल जनसङ्ख्या रहेको यो देशमा अधाभन्दा बढी इस्लाम धर्मालम्बीको वाहुल्यता छ । ब्रुनाईको कानुनमा मृत्युदण्डको व्यवस्था भए पनि सन् १९५७ यता कसैलाई पनि मृत्युदण्ड दिइएको छैन।

स्टोनींग भनेको एक ‘क्रूर’ सजाय हो । जसमा कुनै व्यक्तिले स्टोनींग सजाय पाउने अपराध गरेको छ भने ती व्यक्तिलाई ढुंगाले हानेर मारिन्छ ।

पब्लिक ठाँउमा अपराधिलाई आधासम्म जमिनमा गाढेर वरपरबाट मान्छेहरुले ढुंगाले हानेर मार्ने गर्छन् । यो सजायलाई निकै विरोध गरिँदै आएको छ । एसियाका केही अन्य ठाँउमा समेत यो सजाय रहेको बताइन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!