काठमाण्डौ । अबको दुईतीन दिन देशभरी नै बदली रहने भएको छ । बिहीबार बिहानैबाट देशभरको मौसममा बदली भएको छ ।

Advertisement

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीवार दिउँसो देशको पुर्वी र मध्य भू–भागलगायत पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने र बाँकी भू-भागहरुमा आंशिक बदली रहने छ भने राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने सम्भावना रहेको छ ।

त्यस्तै पूर्वमा बनेको न्यूनचापीय रेखा, बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले देशभरको मौसम दुई तीन दिन बदली रहने र केही ठाँउमा मेघगर्जन र हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

बिहीबार राति उच्च हिमाली तथा पहाडी क्षेत्रको एकदुई ठाउँमा हिमपात हुने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!