एजेन्सी । बलिउड अभिनेत्री प्रियंक चोपडा र उनको श्रीमान निक जोनसबीचको डिभोर्सको समाचार सत्य नभएको खबर आएको छ ।

उनीहरुको डिर्भोसकाे समाचार मिडियामा भाइरल बनेको थियो । अमेरिकी म्यागाजिन ‘ओके’ले प्रियंका र निक डिभोर्स गर्ने तरखरमा रहेको भन्ने समाचार प्रकाशित गरेपछि उक्त खवर बिस्तारै फैलिएको थियो ।

नायिका प्रियंका चोपडाले उक्त कुरा गलत भएको बताएकी छिन् । प्रियंकाले त्यस्तो समचार छाप्ने म्यागेजिनविरूद्ध मानहानीको मुद्धा हाल्ने तयारी गरिरहेको खबर आएको छ ।

प्रियंकाको किचकिचे बानी र बच्चा जस्तो स्वभावका कारण दिक्क भएर निकले डिभोर्स दिन लागेको जस्ता कुराहरु उक्त म्यागेजिनले लेखेको थियो । विवाह गरेको तीन महिना पनि नपुग्दै चर्चामा आएको खवरले बलिउड तातेको थियो।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!