एजेन्सी । हाम्रो देशमा अझै पनि कैयन मानिसहरु शौचालयको पहुँचबाट टाढा छन् । तर युरोपेली देश नेदरल्याण्डमा चाहिँ मानिसले मात्र होइन, अब गाईले पनि ट्वाइलेटमा मात्र दिसा पिसाब गर्नेवाला छन् ।

Advertisement

हो, सुन्दा अचम्म र अपत्यारिलो लाग्दछ । तर, नेदरल्याण्डमा गाईका लागि ट्वाइलेट बनाइँदैछ ।

जथाभावी खुल्ला स्थानमा गाईले दिसा पिसाब गर्नाले वातावरणमा अमोनिया ग्यास फैलिएर प्रदूषण बढेको भन्दै अब गाईलाई पनि ट्वाइलेटमै पिसाब गराउने टुंगोमा पुगिएको हो ।

एकजना डच वैज्ञानिक हेंक हेन्सक्याम्पले गाईका लागि पिसाब फेर्ने ट्वाइलेट डिभाइस बनाएका छन् ।

कृषिको मामिलामा नेदरल्याण्ड विश्वमै अग्रणी स्थानमा छ । हेंकको कृषि फार्ममा उक्त पशु ट्वाइलेटको सहयोगले दिनहुँ १५ देखि २० लिटर सम्म गोमूत्र संकलन गर्ने गरिएको छ ।

वैज्ञानिकका अनुसार गाईको पिसाबबाट निस्किने अमोनिया ग्यासले पर्यावरणलाई निकै हानी पुर्याउँछ।

गाईलाई खुल्ला स्थानमा पिसाब गराउँदा भन्दा यो ट्वाइलेट डिभाइसमा पिसाब गराउँदा अमोनिया ग्यासको वातावरणमा उत्सर्जनमा आधाले कमी आउँदछ । पर्याप्त मात्रामा यी ट्वाइलेटको प्रयोग गर्न सकिएमा गोमूत्रबाट हुने प्रदूषणमा उल्लेखनीय रुपमा कमी आउने दाबी उनको छ ।

उनका अनुसार पशु शौचालय बनाएर मात्र हुँदैन । गाईलाई ट्वाइलेटमै पिसाब गर्ने बानी पनि बसाउनु पर्दछ । यदि गाईलाई सिकाउन सकिएमा गाईले ट्वाइलेटमा गएरै पिसाब फेर्दछ । गाईलाई ट्वाइलेटको बानी लगाउनु भनेको दुध दुहुने मेसिनमा बानी पारेजस्तै हो ।

अहिले यी शौचालयको परीक्षण पूर्वीडच सहर डोटिनिचेममा भइरहेको छ । त्यहाँका ५८ मध्ये ७ गाईले ट्वाइलेटमा मात्र पिसाब फेर्न सिकिसकेका छन् ।

सन् २०२० सम्ममा यो पशु ट्वाइलेट बजारमा ल्याउने योजना हेन्कको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!