काठमाडौं। कर्णाली नदीमा जीप खस्दा कम्तीमा १० जना वेपत्ता भएका छन् । मंगलबार दिउँसो हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को खार्पुनाथबाट सदरमुकाम सीमकोट जाँदै गरेको लु १ ज ७१६६ नम्बरको जीप स्थानीय याङ्चु भन्नेस्थानमा दुर्घटना भएर कर्णाली नदीमा खसेको हो ।

Advertisement

हुम्लाका प्रमुख जिल्ला अधिकारी धोलकराज ढकालले जीपमा १० जना बढी सवार रहेको जानकारी दिँदै गाडी र यात्रुकाे अवस्था थाहा हुन नसकेको जानकारी दिए ।  नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको प्रयासमा उद्धार अहिले जीप र यात्रुको खोजी भइरहेको जनाइएको छ।

यसैबीच दुर्घटनामा खार्पूनाथ गाउँपालिकाकी उपाध्यक्ष सिन्धु शाही हमालसहित उनका पारिवारिक सदस्यहरू रहेको खुलेको छ। खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्णबहादुर रावलले  दुर्घटनामा उपाध्यक्ष परेको जनाएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!