काठमाडौँ । उर्जा,जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन‘अनन्त’को सचिवालयले मन्त्री पुनसँग जोडेर विभिन्न अनलाईन र सामाजिक सञ्जालमा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको  छ ।

Advertisement

पत्रकार रबि लामिछाने ‘ठुलो भ्रष्टाचारी हुन्’ भन्ने शिर्षक राखेर नयाँ पत्रिकाको नक्कली कटिङ्ग समेत बनाई मन्त्री पुनको भनाई भन्दै मनगढन्ते समाचार प्रकाशित गरेकोमा सचिवालयले आपत्ति जनाएको छ ।

उक्त समाचारबारे सचिवालयले नयाँपत्रिकाका प्रधान सम्पादक कृष्णज्वाला देवकोटासँग बुझ्दा सो समाचार नयाँपत्रिका दैनिकको कुनै पनि पेजमा प्रकाशित नभएको भन्दै उक्त खवर झुटो भएको  सचिवालयले जनाएको छ ।

त्यस्तै पत्रकार लामिछानेको सन्र्दभमा मन्त्री पुनले कुनै पनि टिप्पणी र भनाई सार्वजनिक नगरेको मन्त्री पुनका प्रेश संयोजक रोशन खड्काले स्पष्ट पारेका छन् ।

मनत्रीकोे हवाला दिंदै आएका समाचारहरु सवै असत्य भएको र मन्त्री पुनको भनाई, फोटो र  नाम जोडेर नक्कली पत्रिका समेत बनाएको प्रारम्भिक अनुसन्धानका क्रममा फेला पारेको सचिवालले जनाएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!