काठमाडौं । नेपालमा आउँने भारतीय तरकारीमा बिषादी परीक्षण नगर्ने सरकारी निर्णयबिरुद्ध बिद्यार्थीहरुले प्रदर्शन गरेका छन् । कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघले सरकारी कदमको विरोधमा तरकारीसहित प्रदर्शन गरेको हो ।

Advertisement

आईतबार बिहान वाल्मिकी क्याम्पसबाट शुरु भएको विरोध र्‍याली पुतलीसडक पुगेर कोणसभामा परिणत भएको थियो। विद्यार्थीहरुले तरकारीको माला लगाएर सरकारको सांकेतिक विरोध गरे । विद्यार्थीहरुले घाँटीमा विषादीयुक्त लेखेर तरकारी झुण्ड्याएका थिए । उनीहरुले गोलभेडा, लौका, काउँली, बोडी लगायतका तरकारी घाँटीमा झुण्ड्याएका थिए ।

सरकारले असार २ गते राजपत्रमा सूचना प्रकाशित गरी आयात हुने तरकारी र फलफूलको विषादी जाँच नगरी नेपाल प्रवेश गर्न नदिने निर्णय गरेको थियो । तर, असार १३ गतेको मन्त्रिपरिषद्को बैठकले निर्णय फिर्ता लिएको थियो । सरकारको उक्त निर्णय तत्काल फिर्ता लिएर भारतीय तरकारीमा विषादी परीक्षण गर्न उनीहरुले माग गरेका छन् ।

सरकारको उक्त निर्णयको सत्तारुढ दल नेकपाकै विद्यार्थी संगठनहरुले विरोध जनाएका छन् । उनीहरुले तत्काल निर्णय फिर्ता लिएर सीमा नाकामा पूर्ववत रुपमा विषादी परीक्षण गर्न माग गरेका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!