डोटी । दिपायल सिलगढी नगरपालिका–३ का कृष्ण नेपालीले कैँची प्रहार गरी श्रीमतीको हत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तका अनुसार घरायसी विवादपछि ४५ वर्षीय कृष्णले लुगा काट्ने कैंची प्रहरी गरी ४० वर्षीया श्रीमती मिना नेपालीको हत्या गरेका हुन् ।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार सोमबार राति करिब ९ बजेतिर कृष्ण मासु ल्याएर घरमा आएका थिए । उनले श्रीमती मिनालाई मासु पकाउन भने । तर, मिनाले नमानेपछि विवाद बढेको थियो । त्यसपछि मदिरा सेवन गरेका कृष्णले मिनाको कम्मर र ढाडमा कैँची प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

कृष्णलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख पन्तले जानकारी दिए ।

Please Subscribe to Sangalo Khabar Youtube Channel.

तपाईको प्रतिक्रिया

error: Content is protected !!