एजेन्सी । भारतको विहारमा प्रचण्ड गर्मीका कारण ७१ जनाको मृत्यु भएको छ । विहारको औरंगावाद, गया र नवादा जिल्लामा यसरी गर्मीले मानिसहरुको मृत्यु भएको हो ।

जसअनुसार औरंगावादमा ३३, गयामा २५ र नवादामा १३ जनाको तातो हावा लूका कारण मृत्यु भएको हो । विहार सरकारले यो तथ्यांकलाई पुष्टि नगरेपनि जिल्ला अस्पतालहरुले भने यो कुराको पुष्टि गरेका छन् ।

राज्य सरकारले सबै मृतकका परिवारलाई ४–४ लाख रुपैयाँ अनुदान दिने घोषणा गरेको छ । विहारमै ज्वरोको कारण बालबालिकाको मृत्यु हुने क्रम अझै रोकिएको छैन ।विभिन्न मिडिया रिपोर्टका अनुसार शनिबार करिब २० थप बच्चाको मृत्यु भएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!