काठमाडाैं । सातवटै प्रदेशमा प्रहरी प्रमुख फेरिएका छन् । गृह मन्त्रालयले शुक्रबार १९ नायब प्रहरी महानिरीक्षक (डिआइजी)को सरुवा गर्दै विभिन्न कार्यालयका प्रमुखहरूको जिम्मेवारी हेरफेर गरेको हो ।
गृह मन्त्रालयले प्रदेश १ मा डिआइजी ठाकुर ज्ञवाली, प्रदेश २ मा प्रद्युम्न कार्की, प्रदेश ३ मा शेरबहादुर बस्नेत, गण्डकी प्रदेशमा विनोद शर्मा घिमिरे, प्रदेश ५ सुरेशविक्रम शाह, कर्णाली प्रदेशमा पूर्णचन्द्र जोशी र सुदूरपश्चिममा तारिणी लम्साललाई प्रदेश प्रहरी प्रमुखका रूपमा सरुवा छ । प्रदेश २, ५, कर्र्णाली र सुदूरपश्चिममा एक वर्ष अवधि नपुगी डिआइजीको सरुवा भएको छ ।
प्रदेश ३ मा सरुवा हुँदा डिआइजी शेरबहादुर बस्नेतले दोस्रोपटक प्रदेशको नेतृत्व गर्ने अवसर पाएका छन् । प्रदेश ५ को प्रहरी प्रमुख हुँदा केही महिनामै उनको सरुवा भएको थियो । केही समय विमानस्थल प्रहरीको समेत नेतृत्व सम्हालेका उनी पछिल्लो समय सुरक्षा परिषद्मा थिए ।

त्यस्तै, विशेष ब्युरोमा कार्यरत कमल जिटीको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, प्रदेश १ का केदार रिजालको अन्वेषण, योजना तथा विकास निर्देशनामा सरुवा भएको छ । प्रदेश २ का डिआइजी हरि पाल विशेष ब्युरोको प्रमुख भएका छन् ।

सुदुरपश्चिम निर्देशनालयका सुरज केसीको सुरक्षा व्यवस्थापन निर्देशनालय, गण्डकीका दानसिंह बोहराको प्रहरी एकेडेमी, प्रदेश ३ का दीपक थापाको ट्राफिक निर्देशनालय, प्रदेश ५ का पिताम्बर अधिकारीको महिला तथा बालबालिका सेवा निर्देशनालयमा सरुवा भएको छ ।

जुनियर प्रहरी एकेडेमी भरतपुरमा हरिभक्त प्रजापतिलाई जिम्मेवारी दिइएको छ भने सो एकेडेमीका महेन्द्र पोखरेको प्रहरी प्रधान कार्यालयको वृत्ति विकास निर्देशनालयमा सरुवा भएको छ । कर्णालीका प्रमुख महेशबिक्रम शाहको सुरक्षा परिषद्मा सरुवा भएको छ ।

त्यस्तै,  अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीको नेतृत्वमा डिआईजी सूर्यप्रसाद उपाध्याय आएका छन् । महानगरीय प्रहरीको नेतृत्वमा रहने भएपछि विमानस्थलको सुरक्षाका लागि एसएसपीको नेतृत्व दिइएको थियो ।

सशस्त्रका १३ डिआईजीको सरुवा 
सशस्त्र प्रहरी बलका १३ डिआईजीको पनि सरुवा भएको छ । १ नम्बर बाहिनी सुनसरीमा नगेन्द्र थापा, ६ नम्बर बाहिनीमा प्रजाभक्त श्रेष्ठ, २ नम्बर बाहिनीमा राजु अर्याल, ७ नम्बर बाहिनी कैलालीमा गोविन्द क्षेत्री र ९ नम्बर बाहिनी काठमाडौंमा चन्द्रप्रकाश गौतमको सरुवा गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!