तमोरमा बगेर म्यादी प्रहरी बेपत्ता
धनकुटा । धनकुटाको खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकामा खटिएका एक जना म्यादी प्रहरी तमोर नदीमा बगेर बेपत्ता भएका छन् ।
दिउँसोको गर्मी छल्न तमोर नदीमा नुहाउन गएका म्यादी प्रहरी सचिन लिम्बू बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ ।
चौबीसे गाउँपालिकाको मौनाबुधक घर भएका लिम्बू खाल्सा छिन्ताङ शहीदभूमि गाउँपालिकाको त्रिवेणी प्रहरी चौकी अन्तर्गतको मतदान स्थलको सुरक्षाको लागि खटिएका थिए ।
बेपत्ता लिम्बू...

