भक्तपुरमा सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द

भक्तपुरमा सवारी साधन अनुमतिपत्र प्रयोगात्मक परीक्षा रद्द

भक्तपुर। पहिलो पटक आजदेखि सञ्चालन हुन लागेको सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा सशुल्क हुन लागेको लगायत कारणले विवाद भई रद्द भएको छ । यातायात व्यवस्था कार्यालय भक्तपुरले मध्यपुरथिमि नगरपालिका– ९ राधेराधेस्थित ‘इजी वे ट्रायल सेन्टर’ प्रालिमा दुई पाङ्ग्रे सवारी साधनको चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षा आजदेखि निःशुल्क सञ्चालन गर्ने सम्झौता सेन्टरसँग गरे पनि मोटरसाइकल प्रयोग गरेबापत प्रत...
दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

दुई हजार थान लागुऔषध सहित दुई पक्राउ

काठमाडौँ। प्रहरीले दुई हजार ३६७ थान लागुऔषध एम्पुलसहित दुई जनालाई आज पक्राउ गरेको छ । नेपाल प्रहरी, लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरबाट खटिएको विशेष टोलीले काठमाडाै, बूढानीलकण्ठ नगरपालिका– ७ बाट पक्राउ गरेकामा काभ्रेपलाञ्चोक पनौती नगरपालिका वडा नं १ का दिनेश थापा र तेह्रथुम आठराई नगरपालिका–४ घर भई नयाँ बजार बस्ने पदम आले मगर रहेको लागुऔषध ब्युरोका प्रमुख धिरु बस्नेतले जानकारी दिनुभयो । निजहरुक...
पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

पत्रकार मल्लमाथिको झुटा मुद्दा खारेज गर्न माग

काठमाडौँ । नेपाल प्रेस युनियनले युनियन बाजुराका अध्यक्ष छक्कबहादुर मल्ललाई प्रहरीले घटनाको गहिराइमा नपुगी नियन्त्रण लिएको भनी दुःख व्यक्त गरेको छ । युनियनका महासचिव अजयबाबु शिवाकोटीले आज विज्ञप्ति जारी गरी राजनीतिक प्रतिशोध साँधी नेकपा (एमाले)का कार्यकर्ताले झुठा मुद्दा दायर गरी प्रहरीलाई नियन्त्रणमा लिन लगाएको तथा तीन साताअघि छेडेदह गाउँपालिकाबाट समाचार संकलन गरी सदरमुकाम मार्तडी फर्कने क्रममा उ...
काँग्रेस : निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने

काँग्रेस : निर्वाचनमा अन्तरघात गर्नेमाथि छानबिन गरिने

त्रिशूली। स्थानीय तहको निर्वाचनमा अन्तरघात गर्नेलाई छानबिन गर्न नेपाली कांग्रेस नुवाकोटले छानबिन समिति गठन गरेको छ । कांग्रेसको शनिबार विदुरमा बसेको बैठकले पार्टीका जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको संयोजकत्वमा गठन गरेको तीन सदस्यीय छानबिन समितिका सदस्यमा शिव दाहाल र महेन्द्र थिङ रहनुभएको छ । समितिले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने छ । जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको अध्यक्षतामा बसेको ...
नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

नारायणगढ–मुग्लिन सडक खण्डमा ठूलो पहिरो, यातायात अवरुद्ध

नारायणगढ। मुग्लिन सडकखण्डको कालीखोला र चेपाङ डाँडाको बीचमा शनिबार अपराह्न ठूलो पहिरो खसेपछि सवारी आवागमन रोकिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका ईञ्जिनियर शिव खनालका अनुसार मुग्लिनबाट दुई दशमलव तीन किलोमिटर नारायणगढतर्फ पहिरो खसेको हो ।  पहिरोले ३० मिटर जति सडक ढाकेको खनालले बताए । अपराह्न ३ः५० बजेदेखि पहिरो खस्न थालेकोमा निरन्तर पहिरो खसिरहेकाले पहिरो पन्छाउन नसकिएको उनले बताए । सोही ठाउँमा ...
गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई गरे आर्थिक सहयोग

गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई गरे आर्थिक सहयोग

गुल्मी।  गुल्मीका एक व्यक्तिले दुई विद्यालयलाई रु एक लाख आर्थिक सहयोग गरेका छन् । जिल्लाको मदाने गाउँपालिका वडा नं ३ निवासी हाल कतारमा रोजगारीको सिलसिलामा कार्यरत रहनुभएका समाजसेवी लोकबहादुर केसीले मुसिकोट नगरपालिका वडा नं १ बांगेमा रहेको भगवती निम्न माध्यमिक विद्यालयमा कम्प्युटर खरिद गर्न रु ५० हजार र सोही नगरपालिका वडा नं २ को देउरालीमा रहेको नेपाल राष्ट्रिय त्रिभुवन माध्यमिक विद्यालयका लागि रु...
सामाजिक विषयका शिक्षक संगठित

सामाजिक विषयका शिक्षक संगठित

काठमाडौँ। विद्यालय तहमा सामाजिक विषय अध्यापन गर्ने शिक्षकले आफूहरुको संस्था स्थापनाका लागि तदर्थ समिति गठन गरेका छन् । विश्व निकेतन विद्यालयमा शनिबार भएको भेलाले शिक्षक महेन्द्र विष्टको संयोजकत्वमा डिल्ली शर्मा, गोविन्द भण्डारी, ज्ञानबहादुर अधिकारी, सुशीला ढकाल, ध्रुव थापा, माधव दाहाल, शान्ता ढकाल, नारायण नेपाल, रामेस्वार्थप्रसाद रौनियार र सूर्यबहादुर गुरुङ सदस्य रहेको समिति गठन गरेको हो । समिति...
गोदावरीदेखि रत्नपार्कसम्म सिधा बस सेवा

गोदावरीदेखि रत्नपार्कसम्म सिधा बस सेवा

ललितपुर। आजदेखि गोदावरी नगरपालिका, चापागाउँ कोटडाँडादेखि रत्नपार्कसम्म सिधा बस सेवा सञ्चालन भएको छ । सो अवसरमा गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले जनताको सुविधाका लागि बस सेवा सञ्चालन गरेको बताउँदै बस सेवाले नगरवासीलाई सहज बनाएको छ भन्नुभयो । उहाँले नगरवासीले पाउने सुविधामा कुनै सम्झौता हुन सक्दैन भन्दै गोदावरी नगरपालिकाभित्र चक्रपथ निर्माणको लक्ष्य रहेको जानकारी दिनुभयो । सर्वसाधारणला...
नदीजन्य बस्तुको चोरी निकासी बढ्दै

नदीजन्य बस्तुको चोरी निकासी बढ्दै

नवलपरासी। नवलपरासीमा नदीजन्य बस्तु (ढुंगा, गिट्टी, बालुवा)को जथाभावी उत्खनन् गरी त्यसको चोरी निकासी गर्ने कार्य बढ्दै गएको छ । नवलपरासीमा हाल ठेक्का नलागेका विभिन्न खोला नालाबाट दिनहुँ जसो नदीजन्य बस्तु चोरी निकासी मौलाउँदै गएपनि प्रहरी प्रशासन मौनछ । प्रहरी प्रशासनको संरक्षणमा दिनहुँजसो विभिन्न खोला नालाबाट खोला जन्यबस्तु चोरी निकासी हुँदै आएको स्थानीयवासीको आरोप छ । दिउँसोको समयमा भन्दा पनि रा...
अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार

अदालतबाट सजाय सुनाइएका एक हजार कैदी फरार

नुवाकोट। अदालतबाट दोषी ठहर भएका नुवाकोटका एक हजार कैदी अझै फरार रहेका छन् । विभिन्न अपराधको घटनामा संलग्न रहेका एक हजार कैदी फरार रहँदा उनीहरुबाट एक हजार ३७० वर्ष सात महिना २२ दिन कैद सजायँसहित रु एक करोड ९१ लाख ७२ हजार जरिवाना असुल गर्न बाँकी रहेको जिल्ला अदालत, नुवाकोटले जनाएको छ । फैसला कार्यान्वयन प्रभावकारी बनाउन सर्वोच्च अदालतको निर्णयअनुसार २०७१ कात्तिक १ देखि अदालतको फैसलाको कैद, जरिवा...
सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

सांसद लम्सालको पहलमा एम्बुलेन्स सेवा

फलेवास। पर्वत जिल्लाको कुश्मा नगरपालिका–१४ स्थित प्राथमिक स्वास्थ्य केन्द्रमा एम्बुलेन्स सेवा सञ्चालन भएको छ । पर्वत क्षेत्र नं २ का सांसद विकास लम्सालले निर्वाचन क्षेत्र विकास कार्यक्रममार्फत आर्थिक वर्ष २०७३÷७४ को बजेटमार्फत रकम उपलब्ध गराएपछि एम्बुलेन्स सेवा सञ्चालनमा आएको हो । उक्त एम्बुलेन्स खरिद प्रक्रिया पूरा गरिसकिएको र अब केही दिनमै सञ्चालनमा ल्याउने तयारी भएको सांसद लम्सालले जानकारी दि...
सुप विविका चार संकायमा डिन नियुक्त

सुप विविका चार संकायमा डिन नियुक्त

कञ्चनपुर ।सुदूरपश्चिमाञ्चल विश्वविद्यालय कार्यकारी परिषद्ले शुक्रबार चार संकायमा डिन नियुक्त गरेको छ । परिषद्ले विज्ञान तथा प्रविधि संकायका डिनमा सिद्धनाथ विज्ञान क्याम्पस भीमदत्तनगरका प्रमुख डा पूर्णबहादुर चन्द, व्यवस्थापन संकायका डिनमा कैलाली बहुमुखी क्याम्पसका पदमकान्त जोशी, शिक्षा संकायका डिनमा विश्वविद्यालयका सप्रा गोविन्द विष्ट र इन्जिनियरिङ संकायका डिनमा किशनदेव भट्टलाई नियुक्त गरेको हो । ...
नुहाउने क्रममा दुई बालकको मृत्यु

नुहाउने क्रममा दुई बालकको मृत्यु

कैलाली । कान्द्रा नदीमा नुहाउने क्रममा शुक्रबार अपराह्न दुई बालकको डुबेर मृत्यु गएको छ । नदीमा नुहाउन गएका घोडाघोडी नगरपालिका–१० का १५ वर्षीय सुरेशसिंह कठायत र बझाङ मष्टा घर भई घोडाघोडी नगरपालिकास्थित मामा घर आएका १८ वर्षीय सुरेश धामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
भूकम्पपीडितलाई आर्थिक सहयोग

भूकम्पपीडितलाई आर्थिक सहयोग

पोखरा। नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको ३९ औँ स्मृति दिवसका अवसरमा शुक्रबार भूकम्पपीडितलाई आर्थिक सहयोग र स्थानीय तहमा निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको छ । पुष्पलाल स्मृति प्रतिष्ठान कास्कीद्वारा आयोजित ‘वर्तमान अवस्थामा पुष्पलालको योगदान र जनप्रतिनिधिको दायित्व’ विषयको प्रवचन कार्यक्रममा कास्की जिल्लाअन्तर्गत भूकम्पबाट क्षति पुगेर पनि राज्यका तर्फवाट कुनै सुविधा नपाएका पाँच पर...
बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

बांगाबगरमा पहिरो : महाकाली राजमार्ग अवरुद्ध

बैतडी ।गए राति परेको वर्षाले सडक माथिबाट पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ । सतबाँझदेखि–गोकुलेश्वर सडकखण्डअन्तर्गत पर्ने डिलाशैनी–६ बांगाबगरमा आज बिहान ५ बजे पहिरो जाँदा यातायात अवरुद्ध बनेको स्थानीय बासिन्दा सुरेश श्रेष्ठले जानकारी दिनुभयो । बांगाबगरमा माथिबाट आएको पहिराका कारण सडक अवरुद्ध हुँदा यातायात पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक हेरम्ब श...
पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

पहिराका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन। नारायणगढ–मुग्लिन सडकखण्डको जलबिरेमा आज बिहान खसेको पहिरो पन्छाइएपछि सडक सञ्चालनमा आएको छ । बिहान ४ः३० बजे पहिरो खसेपछि सडक अवरुद्ध भएको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार पहिरो दुवैतर्फबाट पन्छाइएपछि बिहान ७ः२५ देखि सडक सञ्चालनमा आएको हो । सो सडकमा राति आवागमन रोकिँदै आएको छ । नारायणगढतर्फबाट बिहान ४ बजे र मुग्लिनतर्फबाट बिहान ५ बजे सवारी छाड...
मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

मालपोत कार्यालयका कर्मचारी घुससहित पक्राउ

भक्तपुर । मालपोत कार्यालयका चार कर्मचारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको एक टोलीले शुक्रबार रु ५० हजार घुस लिएको अभियोगमा शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा अधिकृत चक्रबहादुर श्रेष्ठ, नासु राजकुमार घिमिरे र दिनेश रेग्मी तथा खरिदार दुर्गा पोखरेल छन् । बागेश्वरीका एक सेवाग्राहीले आफ्नै तीन आनाको दुई टुक्रा जग्गाबाट भित्र रहेको अर्को जग्गामा जानका लागि बाटो राखी प्लट मिलान गर्नका लागि सब...
एकै परिवारका ४ जना मृत फेला

एकै परिवारका ४ जना मृत फेला

काभ्रे। काभ्रेको बनेपामा शुक्रबार एकै परिवारका ४ जना मृत फेला परेका छन् । बनेपा बसपार्कमा गौतम भोजनालय सञ्चालन गर्दै आइरहेका राजाराम दाहालसहित उनका बाबु हरिभक्त, आमा हरिमाया र बहिनी रञ्जना मृत फेला परेका हुन् । इलाका प्रहरी कार्यालय बनेपाका अनुसार उनीहरुको लाससँगै विषको बोतलसमेत फेला परेको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
उपप्रधानमन्त्री गच्छदारको बैठकका लागि स्थानीय विकास मन्त्रालयले किन्यो ८ लाखको सोफा

उपप्रधानमन्त्री गच्छदारको बैठकका लागि स्थानीय विकास मन्त्रालयले किन्यो ८ लाखको सोफा

काठमाडौँ । उपप्रधानमन्त्री विजयकुमार गच्छदारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले ८ लाखको सोफा सेट खरिद गरेको छ । मन्त्रालयले मन्त्रीको बैठक कक्षका लागि विलासी सोफा सेट खरिद गरेको हो । मन्त्रालयका कर्मचारीका अनुसार उक्त सोफा सेट एउटा ३ फिट र दुईवटा २ फिट लामो रहेको छ । उक्त सोफाको मूल्य एक फिट बराबर १ लाख २० हजार रुपैयाँ रहेको छ । त्यस्तै, टि टेबल समेत गरेर ८ लाख हाराहरीमा मन्त्र...
नेपाल ‘गम्भीर सुरक्षा चासोको सूची’ बाट हट्यो

नेपाल ‘गम्भीर सुरक्षा चासोको सूची’ बाट हट्यो

काठमाडौं, ६ साउन। अन्तर्राष्ट्रिय नागरिक उडडयन् संघ (आईकाओ) ले सन् २०१३ देखि नेपालमाथि लगाएको गम्भिर सुरक्षा चासो (एसएससी)को सूचीबाट हटाएको छ । आईकाओको हिजो बसेको बैैठकले नेपाललाई गम्भिर सुरक्षा चासोबाट हटाउने निर्णय गरेको हो । शुक्रबार एक पत्रकार सम्मेलन गर्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल आइकाओको गम्भीर सुरक्षा चासोको सूचीबाट हटेको जानकारी दिएको हो । आइकाओको दुई सदस्य टोली आएर जुलाई ...
सांसदको आक्रोश : नीतिगत भ्रष्टाचार कहिले रोकिन्छ सरकार ?

सांसदको आक्रोश : नीतिगत भ्रष्टाचार कहिले रोकिन्छ सरकार ?

काठमाडौं।  सांसहरुले मुलुक चरम भ्रष्टाचारमा भासिदै गएको भन्दै त्यसतर्फ सरकारको ध्यानाकर्षण गराएका छन् । व्यवस्थापिका संसदको विहिबारको बैठकमा सांसदहरुले सरकारी कार्यालयले एउटा आर्थिक बर्षमा भएको खर्च वापत काटिएको चेक अर्को आर्थिक बर्ष सुरु भई सक्दा पनि नसाटिनु, भन्सार कार्यालयबाट विना भन्सार शुल्क सामान आयात गर्न सम्बन्धीत कर्मचारीकै मिलामतो हुनु र विना प्रतिपष्र्धा ठुला ठुला र दिर्घकालिन महत्व रा...
बम फाल्ने हवल्दार राना असइमा बढुवा

बम फाल्ने हवल्दार राना असइमा बढुवा

काठमाडौ। दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फाल्ने प्रहरी हवल्दार दुर्गाबहादुर राना असइ (प्रहरी सहायक निरीक्षक)मा बढुवा भएका छन्। रानालाई प्रहरी प्रधान कार्यालयले असइमा बढुवा गरेको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए। रानाले दाङको तुलसीपुरस्थित मतदान केन्द्रमा राखिएको बम समातेर फ्याँक्दै सम्भावित मानवीय क्षति हुनबाट रोकेका थिए। रानाको बहादुरीको प्रशंसा गर्दै गृहमन्त्री ज...
प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

प्रहरी थुनाभित्रै एक युवा मारिएपछि सिमलामा तनाव

भारत । भारतको सिमलास्थित एक बन्दीगृहमा रहेका एक युवा प्रहरी हिरासतमै मारिएपछि त्यसको विरोधमा यहाँ तनाव उत्पन्न भएको समाचार छ । सामुहिक बलात्कार र त्यसपछि युवतीको हत्याको आरोपमा प्रहरी हिरासतमा रहेका युवा प्रहरीको कुटाइबाट मारिएको बताइएको छ । सो घटनालाई प्रहरी यातनाको पराकाष्ठा भन्दै सिमला बजार क्षेत्रमा बिहीबार सयौँको सङ्ख्याका प्रदर्शनकारीले प्रहरी यातनाका विरुद्ध नाराबाजी गरेका थिए । प्रदर्शन...
मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति

मेडिकलमा आगलागी हुँदा अठार लाख बढीको क्षति

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु अठार लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ । पसलभित्र राखेको औषधि, फर्निचर, टिभी, फ्रिज र प्रयोगशालाका सामग्री पूरै जलेर नष्ट भएको छ । स्थानीय बासिन्दा, प्रहरी र वारुण यन्त्रको सहायताले आगलागी नियन्त्रण गरिएको झलारीस्थित इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक टेकबहादुर जोर...
अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु

धनुषा। जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण आज एक बालकको मृत्यु भएको छ । धनुषाको मिथिला विहारी गाउँपालिका–१० ठेराका कैलाश मण्डलका १३ वर्षीय छोरा राजा मण्डलको अस्पतालको लापर्बाहीले मृत्यु भएको आफन्तको आरोप छ । बालकलाई एक्कासि ज्वरो आएपछि बुधबार बिहान ९ बजे उक्त अस्पतालमा उपचारका लागि लगिएकामा चिकित्सकले जाँच गरेपनि भर्नाका लागि श्यया खाली नभएको भन्दै फर्काएका थिए तर बालकलाई च्...
सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

सवारी दुर्घटनाका कारण एक वर्षमा १६३ को मृत्यु

चितवन । गत आवमा २५८ वटा दुर्घटनामा परी १६३ जनाले ज्यान गुमाएका छन् । जसमा २४१ जना गम्भीर र ३३४ जना सामान्य घाइते भएका थिए । अघिल्लो आवमा भएका १५१ वटा सवारी दुर्घटनामा ७५ जनाको मृत्यु भएको थियो । ती घटनामा ११४ जना गम्भीर र १२१ जना सामान्य घाइते भएको जिल्ला ट्राफिक प्रहरी कायालयले जनाएको छ । कार्यालय प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार आव २०७१÷७२ मा १२६ वटा दुर्घटना भएका थिए । जसका कारण ८२ जनाको ...
फर्निचर उद्योग आगलागी हुँदा १६ लाख बराबरको क्षति

फर्निचर उद्योग आगलागी हुँदा १६ लाख बराबरको क्षति

भक्तपुर। भक्तपुर नगरपालिका–१० कमल विनायकस्थित भत्केकोपाटीमा रहेको फर्निचर उद्योगमा गएराति आगलागी भएको छ । स्थानीय चरण खायमलीले सञ्चालन गरेको फर्निचर उद्योगमा मध्यरातिबाट भएको आगलागीबाट रू. १६ लाख बराबरको क्षति भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । राति करीब ११ः४५ बजे लागेको आगोले उद्योगमा निर्माण भएका फर्निचर एवं मेशिन जलेर नष्ट भएको उनले जानकारी...
पाल्पामा जिप दुर्घटना चालकको मृत्यु

पाल्पामा जिप दुर्घटना चालकको मृत्यु

पाल्पा । अर्घाखाँचीको कुडापानीमा आज बिहान जिप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पा रैनादेवी छहरा गाउँपालिका–४ धजाबान्नेका ३८ वर्षीय ताराबहादुर खत्री रहेका छन् । अर्घाखाँची जिल्लाको पाणिनीदेखि देउराली आउने क्रममा लु१ज १७९५ नंको जिप दुर्घटना भएको थियो । घाइते चालक ताराबहादुर खत्रीलाई युनाइटेड मिसन अस्पताल, तानसेन ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । रासस
सुनको भाउ घट्यो, यति छ आज

सुनको भाउ घट्यो, यति छ आज

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य १ सय रुपैयाँले घटेको छ । आज सुन प्रतितोला ५३ हजार ७ सय पुगेको छ । हिजो सुन प्रतितोला ५३ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । सुनको मूल्य घटेपनि चाँदीको मूल्य भने तीनदेखि स्थिर छ । आज पनि चाँदी प्रतितोला ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महाेत्तरीमा एक महिलाकाे सामुहिक बलात्कारपछि निर्मम हत्या : तिनजना पक्राउ

महाेत्तरीमा एक महिलाकाे सामुहिक बलात्कारपछि निर्मम हत्या : तिनजना पक्राउ

गौशाला। महोत्तरी जिल्लाको भंगहा गाउँपालिका–९ पोखरी टोलमा एक महिलालाई सामूहिक बलात्कार गरी हत्या गरेको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा लोहारपट्टी गाउँपालिका–१ बस्ने प्रगास यादवका छोरा ४६ वर्षीय वरुणकुमार यादव, हनिफ कवारीका छोरा २८ वर्षीय जिवरुल राइन कवारी र भंगहा गाउँपालिका–९ बस्ने ललित दासकी पत्नी ३७ वर्षीया अमृतादेवी दास रहेको जिल्ला प...
सिन्धुलीमा मिनिट्रक दुर्घटना, एकको मृत्यु

सिन्धुलीमा मिनिट्रक दुर्घटना, एकको मृत्यु

सिन्धुली । सिन्धुलीको सुनकोसी गाउँपालिका–४ कोटगाउँमा बुधबार साँझ मिनिट्रक दुर्घटना भएको छ । मिनिट्रक दुर्घटना हुँदा साविकको झाँगाझोली रातमाटा गाविसका पूर्व गाविस उपाध्यक्ष अन्दाजी ५० वर्षीय तीर्थबहादुर थापाको मृत्यु भएको स्थानीय कौशल कोइरालाले जानकारी दिए । उकालोमा मिनि ट्रकले लोड तान्न नसकेपछि चालक र सहचालक शौच गर्न गएको र अचानक मिनिट्रक ओरालोमा गुडी १०० मिटर तल खस्दा दुर्घटना भएको थियो । मृतक ...
error: Content is protected !!