नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले सडक बगायो

चितवन। ठाउँ ठाउँमा पहिरो खसेर अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडकखण्डको भालुढुङ्गामा गएराति पहिरोले सडक बगाउँदा समस्या थपिएको छ । नारायणगढ मुग्लिन सडक आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार नारायणगढबाट २७ किलोमिटरको दूरीमा रहेको भालुढुङ्गामा खोल्साले सडकको तीन मिटर क्षेत्र बगाएको छ । तीन मिटर नै हाराहारी लम्बाइ बगेपछि तलबाट ग्याबिन लगाएर बाटोको सतह मिलाउनका लागि काम थालिएको उहाँले बताउनुभयो । सडकक...
हत्या आरोपमा दोलखाका प्रवीण खड्का पक्राउ

हत्या आरोपमा दोलखाका प्रवीण खड्का पक्राउ

चरिकोट। कालिञ्चोक भगवती मन्दिरको दर्शन गर्न गएका विनोद धनुकेलाई हत्या गरेको अभियोगमा दोलखाको तामाकोशी गाउँपालिका–१ भिरकोटका २२ वर्षीय प्रवीण खड्कालाई प्रहरीले पक्राउ गरेको छ । कालिञ्चोक दर्शन गर्न गएका भीमेश्वर नगरपालिका हाल वडा नम्बर ३ बस्ने विनोदलाई २०६८ साल मङ्सिर १० गते कर्तव्य गरी मारेको अभियोगमा अनुसन्धानका लागि पक्राउ परेका विनोदका भाञ्जा विक्रम विकलाई अनुसन्धानपश्चात् सोही घटनामा संलग्न र...
‘एक घर एक धारा’ अभियान : खानेपानीका लागि त्रिपक्षीय सम्झौता

‘एक घर एक धारा’ अभियान : खानेपानीका लागि त्रिपक्षीय सम्झौता

भक्तपुर ।‘एक घर एक धारा’ अभियानअन्तर्गत चाँगुनारायण नगरपालिकाका दुईवटा बस्तीमा धारा जडानका लागि बिहीबार त्रिपक्षीय सम्झौता भएको छ । चाँगुनारायणको मनोहरा बेँसी र पिखेल पकुनेपाटीमा खानेपानी विस्तारका लागि दाता ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति फण्ड बोर्ड, स्थानीय उपभोक्ता समिति र सहयोगी संस्था युवा क्रियाकलाप सामाज (सोया)बीच त्रिपक्षीय सम्झौता भएको हो । सम्झौताअनुसार चाँगुनारायणको मनोहरा...
विदेशमा मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति

विदेशमा मृत्यु भएकाका छोराछोरीलाई छात्रवृत्ति

रुकुम। वैदेशिक रोजगारीका क्रममा विदेशमै ज्यान गुमाएका व्यक्तिका छोराछोरीले छात्रवृत्ति पाउने भएका छन् । श्रम तथा रोजगार मन्त्रालयअन्तर्गत वैदेशिक रोजगार प्रवद्र्धन बोर्डको सचिवालयले त्यस्ता बालबालिकाका लागि छात्रबृत्ति रकम पठाएको छ ।  यहाँका १४ जना छात्रछात्रालाई छात्रवृत्तिबापत रु एक लाख १६ हजारको चेक जिल्ला शिक्षा कार्यालयमा आएको सूचना अधिकारी लालबहादुर घर्तीले बताए । एकजना उच्च माध्यमिकमा ...
भरतपुर-१९ मा पुनः मतदान जारी, साँझ ५ बजेसम्म मतदान हुने

भरतपुर-१९ मा पुनः मतदान जारी, साँझ ५ बजेसम्म मतदान हुने

चितवन, २० साउन। मतपत्र च्यातिएपछि स्थगित भएको चितवनको भरतपुर महानगरपालिका–१९ मा आज मतदान भईरहेको छ । सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा बिहान ७ बजेदेखि मतदान सुरु भएको हो । मतदान साँझ ५ बजेसम्म चल्ने भए पनि बिहानैदेखि मत हाल्न मतदाताहरु लाइनमा लागेका छन् । पहिलो चरणको स्थानीय तह निर्वाचन अन्तर्गत गत वैशाख ३१ गते निर्वाचन भएको भरतपुर महानगरपालिकाको १९ नम्बर वडाको मतपत्र च्यातिएपछि विव...
माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना : वनको जग्गा प्रयोग गर्न बाटो खुल्यो

माथिल्लो कर्णाली र अरुण तेस्रो आयोजना : वनको जग्गा प्रयोग गर्न बाटो खुल्यो

काठमाडौँ । माथिल्लो कर्णाली र अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रमुख अवरोधका रुपमा रहेको वन क्षेत्रको जग्गा प्रयोग गर्न सरकारले प्रवद्र्धकलाई मार्ग प्रशस्त गरिदिएको छ । निजी क्षेत्रको जग्गाको मुआब्जा वितरण कार्य सम्पन्न गरिसकेको अरुण तेस्रो जलविद्युत् आयोजनाको प्रवद्र्धक एसजेभिएनले वन क्षेत्रको जग्गा नपाउँदा निर्माण शुरु गर्न समस्या पर्दै आएको थियो । लगानी बोर्डको बुधबारको बैठकले आयोजना विकास सम...
काठमाडौँको प्रसारण प्रणालीमा समस्या, ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती

काठमाडौँको प्रसारण प्रणालीमा समस्या, ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती

काठमाडौँ। रत्नपार्क वितरण केन्द्रअन्तर्गतको प्रसारण प्रणालीमा समस्या देखिएपछि ठमेल लगायतका क्षेत्रमा विद्युत् कटौती भएको छ । प्राधिकरणको भारप्रेषण केन्द्रका अनुसार बुधबार साँझदेखि अवरुद्ध भएको विद्युत् प्रसारण आज साँझ ६ बजेपछि मात्रै सञ्चालनमा आउनेछ । प्राधिकरणले समस्या आएको स्थानको खोजी गर्दै मर्मतसम्भार गरिरहेको जनाएको छ । भक्तपुरका विभिन्न स्थानमा समेत प्रसारण लाइन मर्मत गर्नुपर्ने भएकाले आ...
शैक्षिक सुधारको माग गर्दै पशुपति क्याम्पसमा तालाबन्दी

शैक्षिक सुधारको माग गर्दै पशुपति क्याम्पसमा तालाबन्दी

काठमाडौँ।चावहिलस्थित पशुपति बहुमुखी क्याम्पसमा शैक्षिक सुधारको माग गर्दै विद्यार्थीहरुले तालाबन्दी गरेका छन् । नेकपा (एमाले) निकट अनेरास्ववियुले क्याम्पस प्रमुख र अनुगमन समितिको कार्यकक्षमा ताला लगाएको हो । क्याम्पस प्रमुखको कोठामा यही साउन १२ र अनुगमन समितिको कार्यकक्षमा आजदेखि ताला लगाइएको अखिलका क्याम्पस इकाई अध्यक्ष उत्तर खड्काले जानकारी दिए । क्याम्पस प्रमुखको कार्यकक्षमा ताला लगाएपछि क्याम...
२५  वर्षसम्म अवरुद्ध रोल्पाको सिरक्याङ भिर सेनाले खोल्यो

२५ वर्षसम्म अवरुद्ध रोल्पाको सिरक्याङ भिर सेनाले खोल्यो

रोल्पा ।तत्कालीन राजा वीरेन्द्रले २०४२ सालमा गरेको जिल्ला भ्रमणका क्रममा थवाङबासीको पहिलो माग थियो सुलिचौर थवाङ मोटर बाटो सञ्चालनमा ल्याउने । पञ्चायती व्यवस्थाको अन्त्यतिर राजा वीरेन्द्रले जिल्ला भ्रमण गरी जनताको समस्या जनताकै मुखबाट सुन्ने क्रममा थवाङबासीले त्यही माग दोहो–याएका थिए तत्कालीन राजासँग । पञ्चायती व्यवस्थाको ठाउँमा बहुदलीय व्यवस्था आयो । राजा संवैधानिक भए । जनताद्वारा निर्वाचित प्रत...
बोक्सीको आरोपमा कुटपिट : न्याय माग्दै प्रहरी कार्यालयमा

बोक्सीको आरोपमा कुटपिट : न्याय माग्दै प्रहरी कार्यालयमा

दाङ। बोक्सीको आरोपमा एक महिलामाथि कुटपिट भएको छ । लमही नगरपालिका–४ निवासी लक्ष्मी विकलाई हिजो आफन्तले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । कुटपिटपछि विक न्यायका लागि वडा प्रहरी कार्यालय लमहीमा पुगेकी थिइन् । पीडित विकले आफ्ना जेठाजु कृष्ण र जेठानी केशरीले छोरालाई बोक्सी लागेको भन्दै कुटपिट गरेको बताए । पीडित विकले बुधबार प्रहरी कार्यालयमा उजुरी दिनुभएको छ । वडा प्रहरी कार्यालयका प्रहरी निरीक्ष...
ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । आज बिहान ९ बजे काठमाडौंको सिनामंगल स्थित सडकखण्डमा ना ३ ख ८८५४ नम्बरको तेल ट्याङ्करको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । मकवानपुर ४ घर भई हाल काठमाडौं बस्ने ३८ वर्षिय मिरा भुजेलको घटनास्थलमै मृत्यु भएको हो । महानगरिय प्रहरी वृत गौशालाले  दुर्घटनामा संलग्न ट्याङ्कर सहित चालकलाई नियन्त्रणमा लिएको छ ।
सिमेन्ट उद्योगद्वारा तौल घटाइ ठगी

सिमेन्ट उद्योगद्वारा तौल घटाइ ठगी

काठमाडौँ। सरकारी तथा निजी क्षेत्रबाट उत्पादित सिमेन्ट उद्योगले तौल घटाइ उपभोक्तालाई ठगी गरेको पाइएको छ । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजु र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले संयुक्तरुपमा गरेको अनुगमनमा न्यू निशान सप्लायर्स नागार्जुन, जोरगणेश हार्डवेयर स्वयम्भू र अरनिको हार्डवेयर ट्रेडर्स ढुङ्गेधाराले ठगी गरेको पाइएको हो । गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय बालाजुका प्रमुख श...
डेढ करोड खर्चिएर मर्मत गरेको गलेश्वर–राखुभगवती सडकको अवस्था जीर्ण र कहालीलाग्दो

डेढ करोड खर्चिएर मर्मत गरेको गलेश्वर–राखुभगवती सडकको अवस्था जीर्ण र कहालीलाग्दो

म्याग्दी। दैनिक दर्जनौ सवारी साधन गुड्ने गलेश्वर–राखुभगवती सडक निर्माण भएको लामो समय भएपनि सडकको अवस्था भने जीर्ण र कहालीलाग्दो छ । म्याग्दीको रघुगंगा गाउँपालिका वडा नम्बर ३ पिप्लेको गलेश्वरदेखि पिप्ले, भगवती हुँदै बेखखोला क्षेत्रको सडकको स्तरोन्नतीका लागि १ करोड ५० लाख बढि बजेट खर्च गरेपनि सडकको अबस्था भनै जस्ताको तस्तै छ । यो सडकमा विभिन्न क्षेत्रबाट प्रप्त डेढ करोड रकम खर्च गरेपनि सवारी स...
मन्त्री थापाद्धारा अपाङ्गलाई ह्विलचियर वितरण

मन्त्री थापाद्धारा अपाङ्गलाई ह्विलचियर वितरण

पोखरा।कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री यज्ञबहादुर थापाले आज यहाँ अपाङ्गलाई ह्विल र अन्य सामग्री वितरण गर्नुभएको छ । स्वावलम्बन जीवन पद्धति समाज नेपालको सक्रियता तथा जर्मनीको भोगेल होल्डिङ इन कर्पोरेसनको सहयोगमा कास्की र अन्य जिल्लावाट पोखरा आई बसोबास गर्ने अपाङ्गलाई ६१ ह्विलचियर, २७ वटा शौचालयका लागि प्रयोग हुने कुर्सी, नौ जना अपाङ्गलाई बसेर नुहाउने कुर्सी, १२ वैशाखी र पाँच थान स्टोक सह...
परीक्षाको तयारीसँगै पुनः अनशनमा अस्थायी शिक्षक

परीक्षाको तयारीसँगै पुनः अनशनमा अस्थायी शिक्षक

काठमाडौँ। आशन्न भदौ ३ गतेको शिक्षक सेवा आयोगको परीक्षाको तयारीमा रहेका नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, बाराका अस्थायी शिक्षक राजेश राम उक्त परीक्षा सार्नुपर्ने मागसहितको आन्दोलनका लागि काठमाडौँ आएका छन् । शिक्षा ऐन (आठौँ संशोधन) मा नवौँ संशोधन गरी कार्यरत सबै अस्थायी शिक्षकको रोजगारी सुनिश्चित गराएर मात्र परीक्षाको अर्को मिति तोकिनुपर्ने अस्थायी शिक्षक संघर्ष समितिको आन्दोलनका लागि राजेशसहित क...
पाटेबाघका कारण सामुदायिक वन प्रवेशमा निषेध

पाटेबाघका कारण सामुदायिक वन प्रवेशमा निषेध

कञ्चनपुर । दुर्लभ पाटेबाघ देखा परेपछि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकास्थित श्रीकृष्ण सामुदायिक वन प्रवेशमा निषेध गरिएको छ । सामुदायिक वन क्षेत्रमा एक सातादेखि निरन्तर पाटेबाघ देखा पर्न थालेपछि उपभोक्तालाई वन छिर्न निषेध गरिएको हो । “वन छिर्ने र पाटेबाघको सुरक्षाका लागि सार्वजनिक सूचना जारी गरी उपभोक्तालाई खबरदारी गरेका छौँं” सामुदायिक वनका उपाध्यक्ष राजेन्द्रबहादुर ऐरले भने । वन संरक्षणमा जोड ...
दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

दृष्टिविहीनलाई निःशुल्क सेतो छडी

काठमाडौँ ।  नेपाल नेत्रहीन सङ्घले आफ्नो रजतजयन्ती वर्षका अवसरमा मुलुकभरका तीन हजार दृष्टिविहीनलाई निःशुल्क सेतो छडी वितरण गर्ने भएको छ । दृष्टिविहीनलाई एक्लै हिँड्डुल गर्दा सहयोगी हुने सो सेतो छडी यो वर्ष हालसम्म ५०० जनालाई वितरण गरिसकिएको सङ्घका केन्द्रीय सचिव शिशिर खनालले जानकारी दिनुभयो । ‘हेल्पिङ ह्यान्ड्स’का सञ्चालक दिनेश थापाको सहयोगमा ती छडी वितरण शुरु भएको हो । चीनबाट ल्याइने ती छडीको प्...
बालविवाह विरुद्ध घरदैलो अभियान

बालविवाह विरुद्ध घरदैलो अभियान

बैतडी । बैतडीको पुरचौडी नगरपालिका–१ मा बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन भएको छ । नवनिर्वाचित जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेका हुन् । वडा नं १ अध्यक्ष गणेशबहादुर गडालसहितका जनप्रतिनिधिले बालविवाह अन्त्यका लागि घरदैलो अभियान सञ्चालन गरेको स्थानीय लालबहादुर भण्डारीले जानकारी दिए । नवनिर्वाचित जनप्रतिनिधिले घरघरमा गएर २० वर्षपछि मात्रै विवाह गर्न सल्लाह द...
शौचालयको अभावमा यात्रु सकसमा

शौचालयको अभावमा यात्रु सकसमा

वीरगञ्ज । २७ वडामध्ये १८ वटा वडा दिसामुक्त क्षेत्र घोषणा भए पनि वीरगञ्ज महानगरपालिकाभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा यात्रु सकमा परेका छन् । एक घर एक चर्पीको नारा अघि सारेको वीरगञ्ज महानगरपालिकाले खुला क्षेत्रमा दिसापिसाब नगर्ने वडालाई धमाधम दिसामुक्त क्षेत्र घोषणा गरेपनि नगर क्षेत्रभित्र पर्याप्त मात्रामा शौचालय नहुँदा बाहिरबाट आउने यात्रुलाई समस्या परेको गुनासो बढ्न थालेको छ । साविक गाविस...
नदीजन्य वस्तु चोरी

नदीजन्य वस्तु चोरी

नवलपरासी। नवलपरासीका जिल्लाका विभिन्न खोलाबाट अवैधरुपमा नदीजन्य वस्तु ९ढुंगा गिट्टी र बालुवा० को चोरी बढेको छ । जिल्लाको गैँडाकोटदेखि सुनवलसम्मका करिब १५ बढी खोलामा नदीजन्य पदार्थको चोरी अत्याधिक रुपमा बढेको स्थानीयले बताएका छन् । त्यसमा सबैभन्दा बढी सुनवल नगरपालिका क्षेत्रका तुरिया र भूमही खो डेढमहिना अघिदेखि खोलाको ठेक्का समाप्त भएसँगै खोलामा चोरी निकासी बढेको हो । नदीजन्य वस्तुको दोहन नियन्त्...
सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्युृ

सर्पको डसाइ समयमै उपचार नगर्दा धेरैको मृत्युृ

तिलोत्तमा। विषालु सर्पको डसाइपछि समयमै उपचार गर्न अस्पताल नआउँदा मृत्यु हुनेको संख्या बढेको छ । सर्पको डसाइपछि तत्काल अस्पतालमा नआई धामीझाँक्रीसँग अल्झने कारणले उपचारमा समस्या हुने गरेको हो । बुटवलस्थित लुुम्बिनी अञ्चल अस्पतालमा पछिल्लो सात वर्षमा ६७ जनाको मृत्यु भएको अस्पतालको तथ्याँक छ । यो आवमा १९ जनाको मृत्यु भएको छ । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन डा। राजेन्द्र सञ्जेल क्षेत्रीले अस्प...
बाँदरबाट मकै जोगाउन मुस्किल

बाँदरबाट मकै जोगाउन मुस्किल

पाल्पा । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिका यम्घामा उत्पादित मकै बाँदरबाट जोगाउन मुस्किल भएको छ । किसानले वर्षभरिको अन्नबाली मकै बाँदरले नष्ट गर्न थालेपछि यहाँका किसान समस्यामा परेका छन् । पहाडी जिल्ला पाल्पाको मुख्य बालीका रुपमा रहेको मकैबालीलाई बाँदरबाट जोगाउन धौधौ भएको हो । वन संरक्षण गर्न थालेपछि गाउँमा बाँदरको संख्या बढेकाले अन्नबाली जोगाउन मुस्किल भएको स्थानीय बासिन्दाको दुखेसो छ । कुक...
सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

सिँचाइको बाँधमा महिलाको शव, पहिचान खुल्न सकेन्

दाङ । दाङको देउखुरीमा एक महिलाको शव फेला परेको छ। राप्ती गाउँपालिका-१ मा रहेको राप्ती नदीस्थित प्रगन्ना सिँचाइ आयोजनाको बाँधमा अड्किएको अवस्थामा सोमबार शव भेटिएको इलाका प्रहरी कार्यालय भालुवाङले बताएको छ। महिलाको अहिलेसम्म पहिचान हुन सकेको छैन। अन्दाजी २५ देखि ३० वर्ष उमेरको पाँच फिट एक इञ्च उचाई भएकी महिलाको बायाँ हातको माझी औँलामा पहेँलो औँठी, साइँली औँलामा फलामको औँठी, नाकमा फूली, दाहिने खुट्ट...
हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

हत्या आरोपमा मृतकका बाबु र दाजु पक्राउ

महोत्तरी। महोत्तरी जिल्लाको गौशाला नगरपालिका–२ बस्ने एक महिलालाई हत्या गरेको आरोपमा प्रहरीले मृतकका बाबु र दाजुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्लाको हरिवन नगरपालिका–५ बस्ने शिवजी महतो र उनका छोरा विनोदकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक राजकुमार लम्सालले बताए । गत साउन १० गते दिउँसो ३ बजेतिर पक्राउ परेका महतो बाबु छोराले आफ्नै छोरी÷बहिनी गौशाला नगरपा...
कोरियामा एक नेपालीको मृत्यु

कोरियामा एक नेपालीको मृत्यु

सोल। गत मे महिनामा दक्षिण कोरियाको ख्यङपुक गुन्वीस्थित बंगुरफर्मबाट निष्किएको ग्याँसको असरका कारण त्यहाँ कार्यरत २३ बर्षिय नेपाली युवक छबिलाल चौधरीको मृत्यु भएको दुई महिना नपुग्दै फेरी अर्का नेपाली युवाको ज्यान गएको छ । धादिङका २५ बर्षीय माङ तामाङको उपचारको क्रममा छनानको एक अस्पतालमा मृत्यु भएको केरियाबाट रातोपाटी सम्वाददाताले जनाएका छन् । तामाङ १५ महिना अघि रोजगार प्रक्रिया प्रणाली मार्फत कोरिय...
प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

प्रहरीको हत्या गरेकोआरोपमा महिला पक्राउ

धादिङ । उत्तरी धादिङको खनियाबास गाउँपालिका–४ स्थित दार्खा प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक निरीक्षक वीरबहादुर गुरुङको हत्यामा संलग्न भएको आरोपमा आइतबार एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  प्रहरी चौकी नजिकै घर भएकी तारा थापा मगरलाई प्रहरीले हत्या आरोपमा पक्राउ गरेको प्रहरी उपरीक्षक शरद खत्रीले बताउनुभयो । हत्या आरोप लागेका थापामगरका श्रीमान् सुशील गुरुङ भने फरार छन् । बलियो घर कार्यक्रमअन्तर...
‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि भारतीय सिमेन्टको पैठारी रोकियो

धनगढी । प्रयोगशालामा गुणस्तरीयता प्रमाणित गरेर मात्र आयात गर्न पाउने व्यवस्था गरिएपछि कैलाली भन्सार नाकाबाट चालु साउन महिनादेखि भारतीय सिमेन्टको पैठारी रोकिएको छ । सिमेन्ट पैठारी गर्दा नेपाल गुणस्तर कार्यालयको ‘ल्याब टेस्ट’को प्रतिवेदन अनिवार्य गरिएपछि नेपालमा भित्रिने गरेको भारतीय सिमेन्टको आयात साउन १ गतेबाट रोकिएको कैलाली भन्सार कार्यालयले जनाएको छ । नेपाल गुणस्तर कार्यालयले सिमेन्टको गुणस्तर...
हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

हत्यामा संलग्न प्रहरी हबल्दार कमललाई सर्वस्वसहित जन्मकैद

जाजरकोट । भेरी नगरपालिका–४ की राधिका सुनारको हत्यामा संलग्न प्रहरी हबल्दार कमल सुनारलाई जिल्ला अदालतले सर्वस्वसहित जन्मकैदको फैसला गरेको छ । गोविन्द महरको जाहेरीले जबर्जस्ती करणीसहित कर्तव्य ज्यान मुद्दा लागेका कमल सुनारलाई आइतबार जिल्ला न्यायाधीश लीलाराज अधिकारीको इजलासले सर्वस्वसहित जन्म कैदको फैसला गरेको हो । कमल सुनारले जबर्जस्ती करणी अभियोगबाट सफाइ पाएको भए तापनि कर्तव्य ज्यानमा सर्वस्वसह...
मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

मुलुककै अग्लो पुलबाट हामफालेर आत्महत्या गर्ने जोडीको शव अस्पतालमा

पर्वत । मुलुककै अग्लो झोलुङ्गे पुलबाट हाम फालेर आत्महत्या गर्ने युवायुवती जोडीको शव पर्वत जिल्ला अस्पतालमा राखिएको छ । मृतकका आफन्तहरु आएर शव पहिचान नगर्दासम्म अस्पतालमै राखिने भएको हो । आफन्तहरुलाई खबर भइसकेको र आज दिउँसोसम्म आइपुग्ने र त्यसपछि उनीहरुकै सहमतिमा शवपरीक्षण गरिने या शवपरीक्षणका लागि अन्यत्र पठाउने भन्ने निर्णय हुने पर्वतका प्रहरी निरीक्षक लीलाराज लामिछानेले जानकारी  दिए । पुरा...
आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

आयल निगमको अर्को झुट: निजी जग्गा किन्ने टेन्डर खोलेर सार्वजनिक जग्गाको खोजी

काठमाडौं, १६ साउन। नेपाल आयल निगमले ९० दिनसम्म पुग्ने पेट्रोलियम भण्डारण गृह निर्माण गर्न सरकारी जग्गा खरिदको पहल नै नगरी निजी जग्गा किनेको खुलेको छ । संसद्को उद्योग वाणिज्य तथा उपभोक्ताहित सम्बन्ध समिति र विभागीय आपूर्ति मन्त्रालयले सरकारी जग्गामा भण्डारण गृह निर्माण गर्न निर्देशन दिएका थिए । निगमले भने सरकारी जग्गा यथेष्ट नभेटिएको र खरिद प्रक्रिया झन्झटिलो भएको कारण देखाउँदै निजी जग्गा खोजेर ...
पहिरोका कारण  पूरै गाउँ विस्थापित हुने अवस्थामा

पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा

बैतडी । दोगडाकेदार गाउँपालिका वडा नं ६ सित्तडको डोलमा पहिरोका कारण पूरै गाउँ विस्थापित हुने अवस्थामा पुगेको छ । लगातारको वर्षाका कारण सो ठाउँका करिब १५० परिवार पहिराको जोखिममा रहेको स्थानीयवासी लोकेन्द्रबहादुर चन्दले जानकारी दिए । विसं २०१८ देखि शुरु भएको पहिराले नौ जनाको ज्यान लिएको तथा २०० रोपनी खेत बगाइसकेको छ । अहिले पनि पहिराले खेत बगाउने क्रम जारी रहेको छ । यस वर्ष वर्षात् शुरु भएसँगै स्...
error: Content is protected !!