रसुवा। गोसाइँकुण्ड क्षेत्रको वातावरण स्वच्छ पार्ने उद्देश्यले गत हप्तादेखि शुरु गरिएको सरसफाइ सम्पन्न भएको छ।

सरसफाइ अभियानकर्मी चन्दनबारी निवासी सुब्बा लामाका अनुसार धार्मिक मार्गको धुञ्चे नजिक तिवारीबगरदेखि गोसाइँकुण्डसम्मको सातकोश दूरी क्षेत्रमा यात्रुले यत्रतत्र फालेका फोहर संकलन गरी व्यवस्थापन गरिएको हो।

धार्मिक मार्गमा जुसका बट्टा तथा बिस्कुट र चाउचाउका खोल बढी मात्रामा भेटिएको तथा कुण्डका आसपासमा मानिसका करिब १५ हजार वस्त्र पाइएको छ।

बाह्रै महिना यात्रुको आगमन भए पनि सफाइ अभियान वर्षको एक पटक हुने गरेको बताइएको छ। सरसफाइबाट संकलित करिब पाँच हजार केजी फोहर सुरक्षित ठाउँमा व्यवस्थापन गरिएको लामाले जानकारी दिए। रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!