डडेल्धुरा । डडेल्धुराको भित्रिमधेश क्षेत्रको पर्शुराम नगरपालिकाको पुन्तुरा खोलामा बगेर एक जना वडा सदस्यको मृत्यु भएको जोगबुढा प्रहरीले जनाएको छ ।

जोगबुढा बजारबाट घर जाने क्रममा आइतबार राति ८ः३० बजेतिर पुन्तुरा खोलाले बगाउँदा वडा नं ६ का वडा सदस्य ४५ वर्षीय नरवबहादुर धामीको मृत्यु भएको हो ।

Advertisement

पर्शुराम नगरपालिका वडा नं ६ सरकुडा घर भएका धामीलाई खोला तर्ने क्रममा खोलाले बगाउँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।

खोलाले बगाएका धामीको शव बगेको स्थानबाट करिब एक किलोमिटर तल आज बिहान भेट्टाएको इलाका प्रहरी कार्यालय जोगबुढाले जनाएको छ । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!