निजीकरणका नाममा ३८ उद्योग धराशायी भएः ओली
काठमाडौँं, १० मंसिर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले विगतमा नेपाली काँग्रेसको नेतृत्वमा सरकार सञ्चालन हुँदा मुलुकमा निजीकरणका नाममा ३८ उद्योग धराशायी भएको जिकिर गरेका छन् ।
एमाले काठमाडौँ निर्वाचन क्षेत्र नं ३ चुनाव कमिटीले आज बौद्धमा आयोजना गरेको चुनावीसभामा पूर्वप्रधानमन्त्री ओलीले देशमा उद्योग सकिई रोजगारीको अवसर नहुँदा अहिले ४० लाख युवा विदेशिएर मरुभूमिमा भेडाबाख्रा चराउन बाध...


























