सुनको भाउ घट्यो

सुनको भाउ घट्यो

काठमाडौं, १ मंसिर । नेपाली बजारमा दैनिक सुनको भाउ उकालो लागि रहेको बेला आज भने घटेको छ । नेपाल सुनचादी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आज  नेपाली बजारमा छापावाला सुन ५५ हजार ९ सय र तेजावी सुन ५५ हजार ६ सयमा कारोबार भईरहेको छ । हिजो छापावाला सुन तोलामा ५६ हजार १ सय र तेजावी सुन ५५ हजार ८ सयमा कारोबार भएको थियो । आज चाँदीको भाउ ७ सय ६५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

भूकम्प प्रभावित जिल्लाका प्रत्येक वडामा इन्जिनियर खटाइने

काठमाडौँ, १ मंसिर ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले मंसिर मसान्तभित्र भूकम्प प्रभावित सबै जिल्लाका प्रत्येक वडामा इन्जिनियर परिचालन गर्ने भएको छ । प्रमुख कार्यकारी अधिकृत युवराज भुसालको अध्यक्षतामा बसेको प्राधिकरणको ९२ औँ बैठकले हालै नियुक्त गरिएका प्राविधिक जनशक्तिलाई मंसिर ७ देखि १५ गतेसम्म अभिमुखीकरण तालीम दिई यो महिनाको अन्तिमसम्म प्रभावित ३१ जिल्लाका प्रत्येक वडामा खटाउने निर्णय गरेको ह...
चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

चोरीको दुई मोटरसाइकलसहित एक पक्राउ

भक्तपुर, १ मंसिर । महानगरीय प्रहरी प्रभाग खरिपाटी भक्तपुरले चोरीका दुईवटा मोटरसाइकलसहित एक जनालाई पक्राउ गरेको छ । सवारी चेकजाँचका क्रममा बा २६ प ४३४७ र बा ४१ प। १०३० नं को चोरीको मोटरसाइकलसहित चालक काभ्रे भकुण्डे नपा ५ का १७ वर्षिय विकास तामाङलाई नियन्त्रणमा लिएको छ भने अर्का चालक मोटरसाइल छाडेर फरार भएकाले त्यसको खोजी भइरहेको प्रहरीले जनाएको छ । उक्त मोटरसाइकल काठमाडाँै २० भीमसेनस्थानबाट चोरी ...
चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई वर्खास्त गर्न चिकित्सक संघको माग

चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई वर्खास्त गर्न चिकित्सक संघको माग

काठमाडौँ, १ मंसिर । चिकित्सकमाथि हातपात गर्ने प्रहरीलाई सेवाबाट वर्खास्त गर्न सरकारी चिकित्सक संघ (गोदान) सरकार समक्षमाग गरको छ । सरकारी चिकित्सक संघले आज विज्ञप्ती जारी गर्दै इनरुवा अस्पतामा भएको घट्ना प्रति भत्सना गर्दे दोषिलाई कारवाही हुनुपर्ने माग छ । दुर्घटनामा घाईते भएका आफ्न्तको मृत्यु भएको विषयलमा सुनसरी जिल्ला प्रहरी कार्यालयमा  कार्यरत प्रहरी निरीक्षक सन्तोष पोखरेलले चिकित्सकलाई हातपा...
मोटरसाइकलको  ठक्करबाट अमेरिकन नागरिकको मृत्यु

मोटरसाइकलको ठक्करबाट अमेरिकन नागरिकको मृत्यु

  काठमाडौँ, १ मंसिर । काठमाडौँको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोकिँंदा एक अमेरिकन नागरिकको मृत्यु भएको छ । बिहीबार साँझ ५ बजे सडक छेउमा रोकी सामान झारिरहेको बा १४ च ४९९६ नम्बरको पिकअफ भ्यानको ढोकामा बा ५८ प ३७१८ नम्बरको मोटरसाइकल ठोकिँदा मोटरसाइकल सबार अमेरिकन नागरिक रोबर्ट ग्रोबरको मृत्यु भएको हो । गम्भीर घाइते भएका ग्रोबरलाई उपचारका लागि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज लगिएकोम...
कफीको माग बढ्यो, उत्पादन बढेन

कफीको माग बढ्यो, उत्पादन बढेन

काठमाडौं, १ मंसिर ।आन्तरिक तथा विदेशी बजारमा कफीको माग उच्च भएपनि उत्पादन बढ्न सकेको छैन । कफी खेतीबाट उच्च मूल्यसहित प्रतिफल लिन सकिने भएपनि अपेक्षित रुपमा कफी खेती विस्तार हुन सकेको छैन । चिया तथा कफी विकास बोर्डले हेरक वर्ष कफी खेती विस्तार भएको बताउँदै आएपनि उत्पादन वृद्धिदर निकै कमजोर छ । आर्थिक वर्ष ०६८÷६९ मा १७ सय ६० हेक्टर क्षेत्रफलमा कफी खेती गर्दा पाँच सय २३ मेट्रिक टन उत्पादन भएको थ...
गौचन हत्यामा संलग्न थप दुई जना कपनबाट पक्राउ

गौचन हत्यामा संलग्न थप दुई जना कपनबाट पक्राउ

काठमाडौँ, १ मंसिर । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न  गिरोहका थप २ जनालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । उनीहरुलाई केही हतियारसहित पक्राउ गरेको महानगरीय प्रहरी कार्यलयका डिआइजी गणेश केसीले जानकारी दिए । प्रहरीले पक्राउ परेकाहरु नाम भने खुलइाएको छैन । पक्राउ परेकाहरुले गौचनको सूचना सुटरलाई दिने तथा हत्यामा प्रयोग गरिएका हतियार लुकाउन मद्दत गरेको प्रहरी...
एसीसी यू-१९ एसिया कप: नेपाल १०३ रनमा अलआउट, अफगानिस्तका मुजिव उरले लिए ६ विकेट

एसीसी यू-१९ एसिया कप: नेपाल १०३ रनमा अलआउट, अफगानिस्तका मुजिव उरले लिए ६ विकेट

काठमाडौं, १ मंसिर । मलेसियामा भइरहेको एसीसी यू-१९ युथ एसिया कपको दोस्रो सेमिफाइनलमा नेपालले अफगानिस्तानलाई १०४ रनको लक्ष्य दिएको छ। मुजिव उर रहेमानले ६ विकेट लिएपछि किनरारा मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाल  २८ ओभरमा १०३ रनमै अलआउट भयो। नेपालका लागि अनिलकुमार शाहले अर्धशतक प्रहार गरे पनि अन्य खेलाडीले गतिलो प्रदर्शन गर्न सकेनन्। दोस्रो ओभरमा ओपनर आसिफ शेख (०) र चौथो ओभरमा अर्का ओपनर ज...
कतार सरकारले विदेशी कामदारको तलवमान तोक्यो

कतार सरकारले विदेशी कामदारको तलवमान तोक्यो

दोहा, १ मंसिर । आप्रवासी कामदारमाथि आर्थिक शोषण भएको गुनासो चुलिरहेको वखत कतार सरकारले पहिलोपटक विदेशी कामदारका लागि करिब २ सय अमेरिकी डलर न्यूनतम मासिक तलब तोकेको छ । विभिन्न मानव अधिकारवादी संस्थाहरुले आप्रवासी कामदारमाथि शोषण भएको जनाउँदै आलोचना गरिरहेका थिए । यस्तो बेला कतारको श्रम मन्त्रालयले पहिलोपटक मासिक न्यूनतम तलब ७ सय ५० रियाल ९झण्डै २ सय अमेरिकी डलर तोकेको स्रोतले जनाएको छ ।कतारको यस ...
तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

तपाईंले पानी पिउने सिसाको गिलास कति सुरक्षित छ ?

काठमाण्डाै, १ मंसिर ।  हिजोआज हामीले पानी पिउने सिसाका गिलास अनेक रंगमा बुट्टाले सजाइएका हेर्दा सुन्दर हुन्छन् । तर यस्ता सिसाका गिलासमा हुने लिड र क्याडमियमको स्तर हाम्रो स्वास्थ्यका लागि हानिकारक हुने एउटा बेलायती अध्ययनले देखाएको छ । युनिभर्सिटी अफ प्लाइमाउथका अनुसन्धानकर्ताले ७२ वटा पानी खाने गिलास जसमा बुट्टा बनाइका थिए, को अध्ययन गरे । यस्ता गिलासमा टमलर्स, बियर र वाइन खाने गिलासका साथै जार...
कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी नुवाकोटमा बम विष्फोट

 काठमाडौं, १ मंसिर । कांग्रेस नेता डा. रामशरण महतमहतको चुनाव प्रचार टोलीलाई लक्षित गरी नुवाकोटमा वम विष्फोट भएको छ । त्यहाँको ककनी–५, काउलेथामा बम विष्फोट भएको हो । ककनी गाउँपालिकाबाट चतुरालेतर्फ जाँदै गर्दा भएको विष्फोटको छर्रा लाग्दा ३ जना कांग्रेस कार्यकर्ता घाइते भएको शसस्त्र प्रहरीका डिएसपी बासुदेव लोहनीले अनलाइनखबरलाई बताए । घटनाको लगत्तै सशस्त्र प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । महत नुव...
नेपाल पराजयको नजिक, वर्षाका कारण खेल अवरुद्ध

नेपाल पराजयको नजिक, वर्षाका कारण खेल अवरुद्ध

काठमाडौँ, १ मंसिर । एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा नेपालविरुद्ध जीतका लागि अफगानिस्तानलाई १० रन आवश्यक हुँदा वर्षाका कारण खेल अवरुद्ध भएको छ । नेपालले प्रस्तुत गरेको १०४ रनको झिनो लक्ष्य पछ्याउने क्रममा अफगानिस्तानले मात्र १ विकेट गुमाउँदै १८ ओभरमा ९४ रन बनाइसकेको छ । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले सर्वाधिक ६९ रन बनाएर नटआउट रहेका छन् । उनले यसक्रममा ९ चौका र २ छक्का हिर्काएका छन्...
नेपालमा पनि हावाबाट बिजुली निकालियो

नेपालमा पनि हावाबाट बिजुली निकालियो

रामपुर, पाल्पा, १ मंसिर । पाल्पाको निस्दी गाउँपालिकामा हावाबाट बिजुली निकालेपछि दुर्गम भेगका सरकारी कार्यालयको कामकाजमा सजिलो भएको छ । पिडा काठमाण्डौँ नेपाल, काठमाण्डौँ अल्टरनेट पावर इनर्जी ग्रुप नेपाल र ग्रिस देशको सामाजिक संस्थाको सहयोगमा मित्यालमा हावाबाट बिजुली बत्ती आएपछि विद्युत् सेवाबाट कार्यालयको काम सहज भएको हो । एक हजार २०० वाट क्षमताबाट निस्दी गाउँपालिका–४ मित्यालको वडा कार्यालय र म...
पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाँच रोपनी जग्गा गाउँपालिकालाई निःशुल्क

पाल्पा, १ मंसिर । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकालाई स्थानीय बासिन्दाले निःशुल्क रुपमा पाँच रोपनी जग्गा प्रदान गरेका छन् । गाउँपालिकाको भवन निर्माणका लागि बगनासकाली–१, चिर्तुङ्गधारा निवासी शोभाखर, कपिल र दिलीप ढुंगानाले निःशुल्करुपमा पाँच रोपनी जग्गा दिने घोषणा गरेका हुन् । गाउँपालिकालाई प्रदान गरिएको ढुंगाना परिवारको पाँच रोपनी जग्गा बगनासकाली गाउँपालिका बैठकले लिने निर्णय गरेको गाउँपालि...
सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने

सर्वोच्चका न्यायाधीशहरु साढे ९ बजेनै अदालत आइपुग्नुपर्ने

काठमाडौँ, १ मंसिर । सर्वोच्च अदालतले सबै न्यायाधीशहरुलाई प्रत्यक दिन बिहान ९:३० बजे नै कार्यलयमा हाजिर भैसक्नुपर्ने अनिवार्य व्यवस्था गरेको छ । मङ्सिर १ गतेबाट लागु हुनेगरी यो व्यवस्था भएको सर्वोच्च अदालतले जनाएको छ । मुद्दाको चापलाई मध्यनजर गर्दै न्यायाधीसहरुलाई कार्यालय समय सुरु हुनुभन्दा आधा घण्टा अघि नै कार्यालयमा आउनुपर्ने व्यवस्था गरेको हो । त्यस्तै सर्वोच्च अदालतले आइतबार बिहानदेखि बिही...
काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’

काङ्ग्रेसलाई उपेन्द्र यादवको सुझाव : ‘बुद्धि पुर्याएर आए, अझै तालमेल गर्न तयार छौँ’

काठमाडौँ, १ मंसिर । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले नेपाली काङ्ग्रेसलाई अझै पनि चुनावी तालमेल गर्न आग्रह गरेका छन् । लोकतान्त्रिक गठबन्धन बनाउने भनिए पनि काङ्ग्रेसले उदारता देखाउन नसकेको आरोप लगाउँदै यादवले अन्तिम समयसम्म पनि आफूहरु तालमेलका लागि तयार रहेको बताए । रिपोर्टर्स क्लब नेपालले गरेको चुनावी बहसका क्रममा अध्यक्ष यादवले मधेशमा राजपा–फोरमसँग तालमेल गर्ने हो भने काङ्ग्रेसलाई...
गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

गौचन हत्यामा ‘बाहुन डन’ समूहसमेत संलग्न

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद्कुमार गौचनको हत्यामा बाहुन डन (रमेश पौडेल) समूहका व्यक्तिको समेत संलग्नता खुलेको छ । गौचनको हत्यामा संलग्नमध्ये एक बोका भनिने गंगा लिङदेन बाहुन समूहका व्यक्ति हुन् । चार वर्षअघि ललितपुरमा बाहुनकै योजनामा ललितपुरमा मीनकृष्ण महर्जनलाई गोली हानेको घटनामा उनी पक्राउ परेका थिए । पक्राउ परेर छुटेलगत्तै उनी गौचन हत्याको घटनामा संलग्न भएको प्रहरीले जनााएक...
अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

अनिल शाह मेगा छाडेर सेञ्चुरी जाने: बैंकर्स एसोसिएसन नेतृत्वविहीन !

बैंकहरूको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन नेतृत्वविहीन हुने भएको छ । एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाह मेगा बैंक छाडेर सेञ्चुरी कमर्सियल बैंकमा जाने निश्चित भएपछि एसोसिएसन पनि नेतृत्वविहीन हुने भएको हो । आजको कारोबारमा खबर छ । २ वर्ष पदावधि रहेको एसोसिएसनको हालका अध्यक्ष शाहले जिम्मेवारी सम्हालेको एक वर्षमात्र पुगेको छ । २ सातापछि एसोसिएसनको नियमित वार्षिक साधारणसभा छ । र पुष १७ देखि उनी सेञ्च...
आमाछोराको भिरबाट लडेर मृत्यु

आमाछोराको भिरबाट लडेर मृत्यु

जाजरकोट, ३० कात्तिक ।  जुम्लाबाट जाजरकोट वारेकोट गाउँपालिका वडा नं ३ स्थित आफ्नो घर आउँदै गरेका आमाछोरोको आज बिहान मृत्यु भएको छ । जुम्लाको टोप्लाबाट वारेकोट गाउँपालिका वडा नं ३ पारामुलसाम फर्कने क्रममा ३५ वर्षीय आमा पशुपति शाही र उहाँका ११ वर्षीय छोरा दीपेन्द्र शाहीको मुलसाम लेकमा लडेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । जुम्ला जान र आउन मुलसामको लेक प्रयोग गरिन्छ । बिहान र बेलुका...
वामएकताका लागि पहल गर्दा गृहमन्त्रालय खोसियोः शर्मा

वामएकताका लागि पहल गर्दा गृहमन्त्रालय खोसियोः शर्मा

काठमाडौं, ३० कात्तिक । वामगठवन्धनको तर्फबाट पश्चिम रुकुमको प्रतिनिधिसभाका उम्मेद्धार जनार्दन शर्मा प्रभाकरले अल्मपतले वहुमतमाथि शासन गर्ने परम्पराको अन्तका लागि वामएकता पहल गरेको बताएका छन् ।  नेपालमा दुईतिहाई जनमत कम्युनिष्टको पक्षमा हुदाहुदै पनि शासन सत्ता अल्पमतले संचालन गर्ने विडम्वनाको अन्त वामपन्थी एकताले गर्ने उनले बताए ।  रुकुमको वाँफीकोटमा आज भएको चुनावी सभालाई सम्वोधन गर्दै माओवादी क...
नारायणकाजीलाई लक्षित गरी गोरखामा बम बिस्फोट

नारायणकाजीलाई लक्षित गरी गोरखामा बम बिस्फोट

गोरखा, ३० कात्तिक ।  माओेवादी केन्द्रका नेता एवम् गोरखा क्षेत्र नं.  २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ लक्षित गरी सुतली बम प्रहार भएको छ । गोरखा नगरपालिका–१० को सिर्दी खोला नजिक गाडीमा हिँड्दै गर्दा बम विष्फोट भएको हो । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको जनाइएको छ । घटनामा कुनै क्षति नभएको प्रहरीले जनाएको छ ।
जुत्ताभित्रबाट लुकाइएको  ३५ हजार डलर बरामद

जुत्ताभित्रबाट लुकाइएको ३५ हजार डलर बरामद

मकवानपुर, ३० कात्तिक । मकवानपुर प्रहरीले भारततर्फ तस्करी गर्न लागिएको ३५ हजार अमेरिकी डलर बरामद गरेको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ईलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको टोलीले रातोमाटे चेकपोष्टमा काठमाडौबाट हेटौडा हुदै बिरगंज जादै गरेको ना ६ ख ६२९१ बसबाट उक्त डलर बरामद भएको हो । बसमा यात्रारत भेडीहारी पुर्वी चम्पारण विहार बस्ने २५ बर्षका शेषनाथ प्रसादले लगाएको जुत्ता भित्र...
प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

प्रधानमन्त्री कार्यालयद्वारा वातावरण सचिवलाई फिर्ता बोलाइयो, कमजोर कार्यसम्पादन र भ्रमणमा लापरवाही गरेको आरोप

बोन (जर्मनी), ३० कात्तिक ।  जलवायु परिवर्तनसम्बन्धी सम्मेलनमा भाग लिइरहेका वातावरण सचिव डा. विश्वनाथ ओलीलाई प्रधानमन्त्री कार्यालयले कार्यसम्पादन चित्त बुझ्दो नभएको उल्लेख गर्दै फिर्ता बोलाएको छ । कात्तिक २० गतेदेखि सम्मेलनमा भाग लिइरहेका डा. ओली बिहीबार यहाँबाट फिर्ता जादैछन्। उनलाई जनसंख्या तथा वातावरण मन्त्रालयबाट पशुपंक्षी मन्त्रालयमा सरुवा गरेर फिर्ता बोलाइएको हो। स्रोतका अनुसार वातावरण मन...
सौराहामा हात्ती महोत्सवको तयारी सुरु

सौराहामा हात्ती महोत्सवको तयारी सुरु

चितवन, ३० कात्तिक ।  चितवनको पर्यटकीय नगरी सौराहामा हरेक वर्ष हुँदै आएको हात्ती महोत्सवको १४ औँ संस्करणको तयारी सुरु गरिएको छ । क्षेत्रीय होटल संघ सौराहाले महोत्सव एवं अन्र्तराष्ट्रिय हात्ती फाष्ट वाक प्रतियोगिता पुस ११ देखि १५ गतेसम्म सौराहामा गर्न लागेको हो । होटल सघ सौराहाका अध्यक्ष सुमन घिमिरेको अध्यक्षतामा भएको भेलाले संघका वरिष्ठ उपाध्यक्ष दिपक भट्टराईको संयोजकत्वमा कार्यसम्पादन समिति गठ...
राजसंस्थाको माग राख्दै शिव सेना उत्रियो सडकमा

राजसंस्थाको माग राख्दै शिव सेना उत्रियो सडकमा

काठमाण्डौ, ३० कात्तिक।  हिन्दू राष्ट्र नेपाल र राजसंस्था पुर्नस्थापनाको माग राखेर लामो समयदेखि आन्दोलनरत शिव सेना नेपालले सप्ताहव्यापी आन्दोलनको घोषणा गरेको छ । नेपाल र हिन्दू अधिराज्य स्थापना आन्दोलन समितिले बुधबार काठमाण्डुमा पत्रकार सम्मेलन गरेर आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । आगामी मंसिर १० र २१ गते हुन लागेको प्रदेश र प्रतिनिधिसभा निर्वाचनको विरोध गर्र्दै शिव सेना सडक संघर्षमा उत...
‘कानुन कार्यान्वयन अभावमा बाल अधिकार हनन’-आयोग

‘कानुन कार्यान्वयन अभावमा बाल अधिकार हनन’-आयोग

काठमाडौ, ३० कात्तिक । राष्ट्रिय मानव अधिकार आयोगले घरघरमा मानव अधिकारको संस्कार बसाउन आह्वान गरेको छ । मानव अधिकार हनन्का घटना बढ्दै गईरहेका बेला आयोगका अध्यक्ष अनुपराज शर्माले मानव अधिकारको संरक्षणका लागि घरघरमा मानव अधिकारको संस्कार बसाउन आह्वान गरेका हुन् । उनले कानुन कार्यान्वयनको अभावमा नेपालमा बाल अधिकारको संरक्षण हुन नसकेको पनि स्पष्ट पारे । विहिबार काठमाडौंमा आयोजित ‘बाल अधिकारको...
बसको ठक्करबाट महिलाको मृत्यु

बसको ठक्करबाट महिलाको मृत्यु

दाङ, ३० कात्तिक । बसको ठक्करबाट आज यहाँ एकजना महिलाको मृत्यु भएको छ । बबई गाउँपालिका वडा नं ४ सुन्दरखाल निवासी ४५ वर्षीया हिरा रानाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । बबई–४ सुन्दरखालमा पैदल यात्रु रानालाई ग१ख ७७०३० नंको बसले ठक्कर दिएर गम्भीर घाइते भएपछि राप्ती अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको राप्ती अञ्चल अस्पतालको आकस्मिक कक्षमा कार्यरत स्वास्थ्यकर्...
रोल्पामा राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

रोल्पामा राज्यमन्त्री पुनलाई लक्षित गरी बम प्रहार

रोल्पा, ३० कात्तिक । कांग्रेसबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका अमरसिंह पुनमाथि रोल्पामा सुतली बम प्रहार भएको छ । सिँचाई राज्यमन्त्री समेत रहेका पुनमाथि सुवर्णवती गाउँपालिका–१ घोडागाउँमा अपराह्न १२ः४५ बम प्रहार भएको प्रहरीले जनाएको छ। घटनामा कसैलाई चोटपटक भने लागेको छैन । उनी वर्षमान पुनका प्रतिस्पर्दी हुन् । भीडमा पछाडिबाट बम फालिएको  हुनाले बम प्रहार गर्ने व्यक्तिको पहिचान हुन नसकेको प...
प्रचण्ड र ओलीले सम्बोधन गर्ने सभास्थलनजिकै बम विस्फोट

प्रचण्ड र ओलीले सम्बोधन गर्ने सभास्थलनजिकै बम विस्फोट

बाग्लुङ, ३० कात्तिक । बाग्लुङको हटियामा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सम्बोधन सभास्थलनजिकै बम विस्फोट भएको छ। दिउँसो १ बजेका लागि आयोजित चुनावी सभा सुरु हुन नपाउँदै सभास्थलनजिकै विस्फोट भएको हो। सभास्थालनजिकै विस्फोटको ठूलो आवाज आएको र धुवाँको मुस्लो देखिएको गलकोट नगरपालिका वडा नम्बर– ३ का अध्यक...
के हो एन्टिबायोटिक, यसको अत्यधिक प्रयोगले के हुन्छ खराबी ?

के हो एन्टिबायोटिक, यसको अत्यधिक प्रयोगले के हुन्छ खराबी ?

काठमाडौ, ३० कात्तिक । एन्टिबायोटिक औषधीको दुरुपयोग बढ्दै जाँदा भविश्यमा यस्ता औषधीले काम नै नगर्ने अवस्था आउने भन्दै सचेत हुन चिकित्सकहरुले आग्रह गरेका छन्। एन्टिबायोटिक औषधीको प्रयोगप्रति बिरामी आफै सचेत नहुने र चिकित्सकले पनि यसको प्रयोगबारे राम्रोसँग जानकारी नदिनाले दुरुयोग बढेको उनीहरुको भनाइ छ। चिकित्सकको सल्लाहबिनै एन्टिबायोटिक खाने प्रचलनले दुरुपयोग बढेको त्रिवि शिक्षण अस्पतालका फर्माको...
मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

मिनीट्रक दुर्घटना हुँदा एकको मृत्यु

नुवाकोट, ३० कात्तिक ।  बेलकोटगढी नगरपालिका वडा नं ५ दुईपीपलमा आज बिहान मिनीट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा वडा नं ५ डबलीका गाडी धनी तथा चालक मंगलदास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । बेलकोटगढी नगरपालिका–५ डबलीबाट वडा नंं ६ बेतपानीतर्फ आइरहेको बा४ख ८१७२ नंं को मिनीट्रक दुर्घटना हुँदा ४० वर्षका श्रेष्ठको घटनास्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्या...
error: Content is protected !!