चुनावपछि ढाल्न होइन, हल्लाउन नसक्ने सरकार बन्छ: ओली
काठमाडौं, १० मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले चुनावपछि बलियो सरकार बन्ने बताउँदै त्यसले विकासको लहर नै ल्याउने दाबी गरेका छन् ।
काठमाडौंको बौद्धमा आइतबार भएको पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष ओलीले बहुमतमात्रै होइन, भिजन भएको बलियो सरकार बन्ने बताए । ‘ढाल्ने होइन, हल्लाउन नसक्ने सरकार बन्छ,’ उनले भने, ‘मिलिजुली बाँडीचुँडी खान होइन, देश बनाउन एक भएका हौं ।’
ओलीले कांग्रेसले बनाएको चुनावी...



























