एजेन्सी, ११ मंसिर । प्रविधिको विकास संगै अब मोबाइल फोनका कुरा गर्न सिम कार्डको आवश्यकता नपर्ने भएको छ। किनभने अब यस्तो प्रविधिको विकास हुँदैछ, जसको प्रयोगबाट मोबाइल फोनमा कुरा गर्न सिम कार्डको आवश्यकता पर्दैन।

Advertisement

यो प्रविधिको इन्टरनेट टेलिफोनी हो। इन्टरनेट टेलिफोनी प्रविधिमार्फत इन्टरनेट प्रयोग गर्दै कलिङ एपबाट सिधा कल गर्न सकिने छ। यसरी फोन गर्दा मोबाइलमा कुनै सिमकार्डको आवश्यकता पर्दैन। नत सिग्नलको नै आवश्यकता पर्छ। यो भारतको समाचार हो।

टेलिकम रेगुलेटर ट्राईले सरकारसँग इन्टरनेट टेलिफोनी प्रविधिलाई सहमति दिन सिफारिस गरेको छ। सरकारकातर्फबाट सहमति दिने वित्तिकै कलिङ एपमार्फत वाइफाइको सहयोगमा मोबाइल या ल्याण्डलाइन नम्बरमा फोन गर्न सकिन्छ।

उदाहारणकालागि तपाइँसँग एउटा मोबाइल फोन छ। त्यो फोनमा सिम कार्ड छैन तर तपाइँलाई फोन गर्नुपर्ने आवश्यकता छ भने वाइफाइको सहयोगमा कुनै पनि कम्पनीको कलिङ एप डाउनलोड गरेर कुनै पनि मोबाइल वा ल्याण्डलाइनमा फोन गर्न सक्नुहुन्छ।

यदि तपाइँको घरमा मोबाइलको संकेत आउँदैन, तर तपाइँको घरका वायरलेस ब्राण्डब्याण्ड डिभाइस छ भने तपाइँ कलिङ एपमार्फत वायस कल गर्न सक्नुहुन्छ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!