कोरिया, ११ मंसिर । स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस सिरिजको नयाँ मोडल एस नाइन र एस नाइन प्लसको सार्वजनिक गर्ने तयारी गरेको छ ।

Advertisement

सामसुङका आधिकारिक विभिन्न कम्पनीहरूले आगामी जनवरी महिनामा उक्त मोडलका स्मार्टफोन सार्वजनिक गर्ने तयारी गरेको हो । एस नाइन प्लसमा ड्युल क्यामारा सेटअप र एस नाइनमा भन्दा बढी ¥याम राखिएको छ ।

ग्यालेक्सी एस नाइनमा ४ जीबी ¥याम हुनेछ भने नाइन प्लसमा ६ जिबी ¥याम हुनेछ । उक्त स्मार्ट फोनमा पुरानो स्मार्टफोनमा रहेको फिगंर प्रिन्टको समस्या पूर्णरुपमा समाधान गरिने जानकारी उक्त कम्पनीले गरेको छ ।

नयाँ ह्यान्डसेटहरुमा १० नानोमिटरको चिपसेट प्रयोग गरिने र आन्तरिक स्टोरेज ६४ जिबी सम्म हुने दाबी सामसुङ कम्पनीको रहेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!