काठमाडौं, ११ मंसिर । मौन अवधिमा भोट मागेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) का महामन्त्री तथा प्रतिनिधिसभाका समानुपातिकतर्फका उम्मेदवार ध्रुवबहादुर प्रधानसँग स्पष्टीकरण मागेको छ ।

Advertisement

मौन अवधि शुरु भइसकेको अवस्थामा सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो र पार्टीको निर्वाचन चिह्न राखेर प्रचारप्रसार गरेको भन्दै आयोगले प्रधानसँग स्पष्टीकरण मागेको हो ।

आयोगले उनलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ ।

‘पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्नु हुन निर्वाचन आचारसंहिता केन्द्रीय अनुगमन समितिको मिति २०७४।८।१० को निर्णयअनुसार अनुरोध छ,’ आयोगले सोधेको स्पष्टीकरण पत्रमा भनिएको छ ।

यसैबीच, निर्वाचन आयोगले रत्नराज्य माध्यमिक विद्यालय, बानेश्वर, काठमाडौंकी प्रधानाध्यापक डा. गीता खरेललाई पनि स्पष्टीकरण सोधेको छ ।

सामाजिक सञ्जाल यूट्यूबमार्फत काठमाडौं– १ का कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहको पक्षमा भाेट मागेपछि आयोगले उनीसँग स्पष्टीकरण मागेको थियो । तर, चित्त नबुझेपछि आयोगले उनलाई कार्यालयमै उपस्थित हुन उर्दी जारी गरेको हो । आयोगले उनलाई २४ घण्टाभित्र उपस्थित हुन भनेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!