संविधानको धारा २७४ संशोधन गरे मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने
काठमाडौं । मधेसी मोर्चाले संविधानको धारा २७४ संशोधन गरे सीमांकन हेरफेरलाई थाती राखेर स्थानीय चुनावमा सहभागी हुने संकेत दिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदलमा छलफल चलिरहेको छ । कांग्रेसका कृष्ण सिटौला, माओवादीका कृष्णबहादुर महरा, राप्रपाका दिपक बोहोरा कार्यदलमा छन् भने मधेसी मोर्चाबाट राजेन्द्र श्रेष्ठ, लक्ष्मणलाल कर्ण र पेशल ढक...
