- रासस

कैलाली । नेपाली कांँग्रेस जिल्ला पार्टी कार्यालयमा आज असन्तुष्ट पक्षले ताला लगाएको छ ।

Advertisement

पार्टी सभापति शेरबहादुर देउवा निकटकालाई मात्र एकलौटी रुपमा टिकट वितरण गरिएको र पार्टीमा लामो समयदेखि योगदान दिएको भन्दा योगदान नदिएका व्यक्तिलाई स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार बनाएको भन्दै तालाबन्दी गरिएको असन्तुष्ट पक्षले जनाएको छ ।

धनगढी उपमहानगरपालिका–१ बाट अध्यक्षका आकाङ्क्षी उम्मेदवार कृष्णबहादुर कुँवरको नेतृत्वमा वडा नं ५ बाट वडाध्यक्षका आकाङ्क्षी उम्मेदवार टेकराज ओझा, वडा नं १ का पूर्वाध्यक्ष कृष्णबहादुर मल्ललगायत युवाले तालाबन्दी गरेका हुन् ।

समानुपातिक र निष्पक्ष रुपमा टिकट वितरण नगरिएसम्म तालाबन्दी यथावत् राख्ने असुन्तष्ट पक्षले चेतावनी दिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!