काठमाडौ। काठमाडौँ महानगरपालिका प्रमुखमा उम्मेदवारी दिनुभएका नेकपा (एमाले)का विद्यासुन्दर शाक्यले हालसम्म ६१ हजार पाँच सय तीन मत प्राप्त गर्नुभएको छ ।

Advertisement

त्यसैगरी नेपाली काँग्रेसका राजुराज जोशीले ४३ हजार एक सय ३९ हजार प्राप्त गर्नुभएको छ । नेकपा(माओवादी केन्द्र)का सर्वोत्तम डङ्गोलले सात हजार चार सय दुई, साझा पार्टीका किशोर थापाले १७ हजार आठ सय ४४, विवेकशील पार्टीकी रञ्जु दर्शनाले २२ हजार तीन सय ४१ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी उपप्रमुखमा काँग्रेसकी हरिप्रभा खड्गीको अग्रता छ । उहाँले हालसम्ममा ५६ हजार एक सय ५०, राप्रपाका राजाराम श्रेष्ठले ३३ हजार चार सय दुई, माओवादी केन्द्रकी सुशीला पौडेलले नौ हजार ७८५, साझा पार्टीकी निरुपमा यादवले ११ हजार २४ मत प्राप्त गर्नुभएको काठमाडौँ महानगरपालिकाको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

कामपाको अन्तिम नतिजा आजसम्म आउने बताइएको छ । बत्तिस वटा वडा रहेको कामपामा अहिलेसम्म २९ वटा वडाको मत परिणाम सार्वजनिक भएको छ । तिनमध्ये १७ वटा वडामा एमाले र १२ वटा वडामा काँग्रेस विजयी भएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!