चितवन । माओवादी प्रतिनिधिले मध्यरातमा मतपत्र च्यातेपछि भरतपुर महानगरपालिकाको मतगणनास्थलमा तनाव सिर्जना भएको छ । अहिले मतगणना रोकिएको छ ।

मेयर पदका उम्मेदवारहरु एमालेका देबी ज्ञवाली र माओवादीकी रेणु दहालबीच तिव्र प्रतिस्पर्धा भइरहेका बेला वाईसीएल जिल्ला अध्यक्ष मधु न्यौपानेले मतपत्र च्यातेका थिए ।

Advertisement
राति पौने १२ बजे उनीहरुले मतपत्र च्यातेपछि स्थिति तनावपूर्ण भएको थियो ।

न्यौपानेलाई प्रहरीले नियन्त्रणमा लिइसकेपछि मतगणनास्थल भित्रै रहेका दाहालको प्रतिनिधि द्रोण सिवाकोटीले पनि मतपत्र च्यातेका थिए । न्यौपाने र सिवाकोटी दुबैलाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज गरेको छ ।

मुख्य निर्वाचत अधिकृत कविप्रसाद न्यौपानेले शान्तिपूर्णरुपमा भइरहेको मतगणनास्थललाई दलका प्रतिनिधिले रणभूमि बनाएको प्रतिक्रिया दिएका छन् ।

वैशाख ३१ गते भएको निर्वाचनको गणना अन्तिम चरणमा पुगेका वेला यस्ताे स्थिती सिर्जना भएकाे हाे ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!