काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय निर्वाचन सफल भएकोमा प्रधानमन्त्रीलाई बधाई दिनुभएको छ ।

Advertisement

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई आज साँझ टेलिफोन गरी प्रधानमन्त्री मोदीले निर्वाचनप्रति खुसी व्यक्त गर्दै बधाई दिनुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमार्फत शान्ति, सुशासन र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको थियो ।

टेलिफोन वार्तामा प्रधानमन्त्री प्रचण्डको कार्यकालमा महत्वपूर्ण उपलब्धि भएकोमा पनि भारतीय प्रधानमन्त्री मोदीले प्रशंसा गर्नुभएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!