काठमाडौं । भरतपुर महानगरपालिका, चितवनको जारी मतगणना स्थगित भएको छ । गणनाका क्रममा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि गणना रोकिएको हो ।

वडा नंं १७ को मतपेटिकामा अर्धकट्टीसहितको मतपत्र भेटिएपछि दलहरुले यसको छानबिन हुनुपर्ने माग गरेका छन् । दलहरुबीच अर्धकट्टीको विवाद भएपछि दल र आयोगका प्रतिनिधि अहिले गणना रोकेर विवाद मिलाउने प्रयास गरिरहेका छन् ।

Advertisement

भरतपुरको जारी मतगणनामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीले अग्रता लिइरहेका छन् । देवीले ३७ हजार १ सय १८ मत ल्याउँदा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहाल ३५ हजार ५ सय १८ मतका साथ पछ्याइरहेकी छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!