खोटाङ । नेकपा (माओवादी केन्द्र)ले खोटाङका पाँच स्थानीय तहको प्रमुखमा महिला उम्मेदवार बनाएको छ ।

Advertisement

माओवादी केन्द्रका अनुसार जिल्लाका रुपाकोट मझुवागढी नगरपालिका प्रमुखमा पूर्वसांसद दुर्गाजयन्ती राई, लामीडाँडा गाउँपालिकामा डा चेतकुमारी गुरुङ, केपीलासगढी गाउँपालिका प्रमुखमा मनकुमारी रसाइली, बराहपोखरी गाउँपालिका प्रमुखमा निशाना राई र जन्तेढुङ्गा गाउँपालिका प्रमुखमा अरुणा राईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै ऐंसेलुखर्क गाउँपालिका प्रमुखमा श्रीबहादुर राई र उपप्रमुखमा उर्मिला लम्साल, साकेला गाउँपालिका प्रमुखमा अर्जुनकुमार खड्का र उपप्रमुखमा विर्षिका राई, खोटेहाङ गाउँपालिका प्रमुखमा राजन ढकाल र उपप्रमुखमा विनिता राई, दिप्रुङ गाउँपालिका प्रमुखमा दीपक पाण्डे र उपप्रमुखमा कल्पना राईलाई उम्मेदवार बनाइएको छ ।

त्यस्तै लामीडाँडा गाउँपालिका उपप्रमुखमा भुवराज पोखरेल, केपीलासगढी नगरपालिकामा रुद्रकुमार राई, जन्तेढुङ्गा गाउँपालिकामा वीरबल किराती र बराहपोखरी गाउँपालिका उपप्रमुखमा सुवासचन्द्र राई उम्मेदवार बनेका छन् ।

पिछडिएका वर्ग, लिङ्ग र जातजातिलाई राज्यको नीति निर्माणतहमा पु¥याउने भन्ने पार्टीको नीतिमै उल्लेख भएअनुसार प्रमुख पदमा महिलालाई टिकट दिइएको माओवादी केन्द्रका पोलिटब्युरो सदस्य तथा खोटाङ इन्चार्ज ध्रुव बुढाथोकीले बताउनुभयो । जिल्लाका अन्य राजनीतिक दलले भने आकाङ्क्षीको सङ्ख्या धेरै हुँदा अहिलेसम्म उम्मेदवार टुङ्ग्याउन सकेका छैनन् । रासस

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!