पोखरा। पहिलो चरणमा भएको स्थानीय तहको निर्वाचनअन्तर्गत कास्कीको पोखरा–लेखनाथ महानगरपालिकामा प्रमुख, उपप्रमुखसहित एमाले २२ र नेपाली काँग्रेस ११ वडाका अध्यक्षमा विजयी भएका छन् ।

Advertisement

एमालेका तर्पmबाट महानगर प्रमुखमा मानबहादुर जिसी र उपप्रमुखमा मञ्जुदेवी गुरुङ विजयी हुनुभएको छ । एमालेले २० वडामा समूहसहित र दुई वडामा वडाध्यक्ष जितेको छ । त्यस्तै काँग्रेसले सात वडामा समूह र चार वडामा वडाध्यक्ष जितेको छ ।

एमालेले समूह जितेका वडा नं मा १, ५, ७, १३, १४, १५ १६, १७, १८, १९, २०, २१, २४, २५, २६, २८, २९, ३०, ३१ र ३३ छन् । ती वडामा वडाध्यक्ष क्रमशः शारदा पराजुली, धनबहादुर नेपाली, रामचन्द्र बराल, लेखबहादुर तामाङ, प्रेम कार्की, प्रकाश पौडेल, जीवनप्रसाद आचार्य, तीर्थराज अधिकारी, रणबहादुर थापा, शोभामोहन पौडेल, सिम गुरुङ, खगराज आचार्य, ओमप्रसाद सुवेदी, शोभाखर तिमिल्सिना, नारायणप्रसाद बराल, निर्मल दियाली सुनार, चेतबहादुर गुरुङ, श्रीराम पोखरेल, कमलबहादुर थापा र शिवप्रसाद आचार्य एमालेका हुनुहुन्छ ।

त्यस्तै मिश्रित मतपरिणाममा वडा नं ८ मा रुद्रनाथ बराल र २२ मा मित्रराल बराल एमालेका तर्पmबाट वडाध्यक्षमा विजयी हुनुभएको छ ।
यस्तै काँग्रेसले वडा नं २, ३, ४, ९, १०, २३ र २७ मा समूहसहित वडाध्यक्ष जितेको छ । ती वडामा क्रमशः रामेश्वर मल्ल, रवीन्द्रबहादुर प्रजु, शङ्करप्रसाद कोइराला, रामराज लामिछाने, राजकुमार गुरुङ, विष्णुप्रसाद पराजुली र पूर्णकुमार गुरुङ वडाध्यक्षमा निर्वाचित हुनुभएको छ ।

काँग्रेसले मिश्रित मत परिणाममा जित्न हासिल गरेका वडा नं ६ मा जगतबहादुर पहारी, ११ मा मोहनप्रसाद बाँस्तोला, १२ मा रामबहादुर कार्की र ३२ मा अक्कलबहादुर कार्की हुनुहुन्छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!