काठमाडौँ। काठमाडौँ महानगरपालिकाको वडा नम्बर ११ र १२ को मत परिणाम सार्वजनिक भएको छ । जसमा ११ नम्बर वडाको अध्यक्ष पदमा नेपाली काँग्रेसका हीरालाल तण्डुकार एक हजार १८० मत प्राप्त गरी विजय हुनुभएको छ ।

Advertisement

त्यस्तै महिला सदस्यमा आशा श्रेष्ठ रौनीयार, दलित महिला सदस्य यशोमती परियार, खुल्ला सदस्यमा दिनेश राउत क्षेत्री र सरोजकुमार मुल्मीले विजय हासिल गर्नुभएको छ ।

वडा नं १२ मा एमाले विजयी

यस्तै वडा नं १२ को मत परिणाम पनि मिश्रित ढङ्गबाट आएको छ । वडा अध्यक्षमा एमालेको तर्फबाट विकास डङ्गोल एक हजार ६७० मत ल्याएर विजय हुनुभएको छ ।

त्यस्तै महिला सदस्यमा नेपाली काँग्रसको उम्मेदवार नानीहिरा डङ्गोल, दलित महिला सदस्य उसीला सिंह विजयी हुनुभएको छ ।

खुल्ला सदस्यमा एमालेका उम्मेदवार रत्नकाजी महर्जन र काँग्रेसका पुष्परत्न प्रजापतिले विजय हासिल गर्नुभएको छ ।

हालसम्म कामपाको ३२ वडामध्ये २७ वडाको मत परिणाम सार्वजनिक भएको छ । जसमा एमालेले १५ र नेपाली काँग्रेसले १२ वडामा जित हासिल गरेको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!