संगालोखबर संवाददाता

काठमाडौं। गैरआवाशिय नेपाली संघ युकेको आगामी नेतृत्वका लागि तीन जनाको उम्मेदवारी परेको छ । सेप्टेम्बर ९ मा हुने अधिबेशनका लागि अध्यक्षमा कृष्ण तिमिल्सेना, योग कुमार फगामी र हिराधन राईको उम्मेदवारी परेको छ ।

Advertisement

उपाध्यक्षमा दिपक श्रेष्ठ, ललित न्यौपाने ,शेर सुनारले उम्मेदवारी दर्ता गरेका छन् । छ जनाको पदका लागि ११ जनाले उपाध्यक्षमा भिड्ने भएका छन् ।

उपाध्यक्षका लागि पुनम गुरुङ, दयानिधी सापकोटा, सुशिला राई,डा.प्रेम आले,राष्ट्र राई, भोला खनाल,डा. दिलीप कुमार यादव र प्रेम गाहाले उम्मेदवारी दर्ता गराएका छन् ।

महासचिवमा फडिन्द्र भट्टराई,खुसी लिम्बु र आर के त्रिपाठीले प्रतिस्पर्धा गर्ने भएका छन् । उपमहासचिवमा विनय अधिकारी र कृष्ण अधिकारीको उम्मेदवारी परेको छ ।

सचिवमा चार जनाले प्रतिस्पर्धा गर्ने भएका छन् । तारानाथ  भण्डारी सुरोज मास्के सुनिल कुमार खड्का र नारायण गाउलेबाट तिन जना सचिवमा छनौट हुनेछन् ।

शालिक सापकोटा, महेश गिरी र सचिन श्रेष्ठले कोषाध्यक्षमा उम्मेदवारी दिएका छन् । सहकोषाध्यक्षमा दुई र युवा संयोजकमा तिन जनाले प्रतिस्पर्धा गर्नेछन् ।

९ सदस्यका लागि १५ जना भिड्दैछन् । २९ पदका लागि ५३ जनाले उम्मेदवारी दिएका छन् ।  महिला संयोजक भने निर्विरोध चयन गरिएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement