काठमाडौं, १३ भदौ। राजधानीको केन्द्रस्थित भृकुटीमण्डपभित्र रहेको सार्वजनिक जग्गा एक सांसदले कौडीको भाउमा ठेक्कामा लिएर करोडौं आर्जन गरिरहेका छन् ।

समाजकल्याण परिषदको नाममा प्रदर्शनीमार्गमा रहेको फनपार्कको ६० रोपनी जग्गा र सँगैको २५ रोपनी जग्गा सस्तो भाडामा दरमा लिएर सांसद् टेकबहादुर गुरुङले व्यवसाय सञ्चालन गरिरहेका हुन् ।

Advertisement

मनाङ धारापानीका रवीन्द्र गुरुङ (हाल लन्डन) को वारेसमा पूर्वराज्यमन्त्री भइसकेका सांसद् गुरुङले विगत पाँच वर्षदेखि सस्तो भाउमा ६० रोपनी जग्गालाई मासिक ५ लाख ५५ हजार रुपैयाँमा ठेक्कामा लिएका हुन् ।

उक्त जग्गा ०६० सालदेखि मासिक ५ लाख ५० हजार रुपैयाँ भाडामा दिइएको थियो । गुरुङले मासिक ५ हजार रुपैयाँ बढाएर भाडामा लिएका थिए ।

उक्त जग्गामा बालबालिका खेल्ने, घुम्ने, रोटेपिङ, पसल, हर्स राइडिङ, रेष्टुरेन्ट, साना चलचित्र घरलगायत छन् । गुरुङले ती संरचनाको थप भाडा तिर्नुपर्दैन ।

शनिबार र बिदाका दिनमा यहाँ हजारौं बालबालिका मनोरञ्जन लिन आउँछन् । त्यहाँभित्र विभिन्न खेल खेल्दा निकै महँगो शुल्क तिर्नुपर्छ । आजको नागरिक दैनिकमा खबर छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!