बसको ठक्करबाट मृत्यु

बसको ठक्करबाट मृत्यु

काठमाडौँ, २८ माघ । सिनामङ्गलमा बसको ठक्करबाट पैदलयात्रुको मृत्यु भएको छ । आज बिहान कोटेश्वरबाट सिनामङ्गल जाँदै गरेको बा३ख ७०५७ नं को बसले ठक्कर दिँदा सोलुखुम्बुका ४९ वर्षीय पदम कार्कीको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तले दुर्घटनाबाट गम्भीर घाइते कार्कीको उपचारका क्रममा काठमाडौँ मेडिकल कलेज सिनामङ्गलमा मृत्यु भएको जानकारी दिनुभयो । दुर्घटनामा संलग्न बसलाई मह...
प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री

प्रेसलाई नियन्त्रण गर्न खोजिएको होइन : सञ्चारमन्त्री

खस्यौली, २८ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले प्रेसलाई नियन्त्रण गर्न नखोजिएको स्पष्ट गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घ, रुपन्देहीले आज बुटवलमा गरेको साधारणसभामा उहाँले प्रेसलाई सङ्कुचन र नियन्त्रण होइन व्यवस्थित, मर्यादित र नियमन गर्न खोजिएको हो भन्नुभयो । मन्त्री बाँस्कोटाले वर्तमान सरकारले विज्ञापन नीति संसद्मा दर्ता गरेको उल्लेख गर्दै समानुपातिक विज्ञापन नीतिले...
एकै दिन ५ जना मृत भेटिए

एकै दिन ५ जना मृत भेटिए

काठमाडौँ, २८ माघ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार नुवाकोट, कास्की, रौतहट, तनहुँ र उदयपुरमा ५ जना मृत अवस्थामा फेला परेका छन् । नुवाकोटको तार्केश्वर गाउँपालिका–२ टापुस्थित त्रिशुली नदीको किनारामा नाम नखुलेकी करिब ६५ वर्षीया महिला सोमबार दिउँसो मृत अवस्थामा फेला परेकी छन् । त्यसैगरी उदयपुर चौडण्डीगढी नगरपालिका–७ लामाचौरी बस्ने ४९ वर्षीया बिवा परियार सोही ठाउँस्थित लाटीखोलाको बगरमा सोमबार बि...
गाजर खानुका ६ फाइदा

गाजर खानुका ६ फाइदा

गाजर स्वास्थ्यका लागि अत्यन्तै फाइदाजनक छ । गर्मीमा सलादको रुपमा गाजरको प्रयोग गर्नु फाइदाजनक हुन्छ । सय ग्राम गाजरमा ८० ग्राम पानी, ४.७ ग्राम ग्लुकोज, २.८ ग्राम रेसा, ०.९ ग्राम प्रोटीन, ०.३ बोसो त्यस्तै भिटामिन के पनि पाइन्छ ।गाजरको सेवनले हामीलाई यस्ता फाइदा गर्छ । १. चाउरीपना कम गर्छ, छालालाई कसिलो राख्छ । २ आँखालाई स्वस्थ राख्छ । ३  क्यान्सर हुने सम्भावना कम हुन्छ । ४ . पाचन शक्ति रा...
ग्यास चुहिएर आगलागी

ग्यास चुहिएर आगलागी

बलेवा, २८ माघ । आज बिहान बागलुङ बजारस्थित हाडेपाखामा ग्यास चुहिएर आगलागी भएको छ । बानपा–२ का रेशमबहादुर विश्वकर्माको घरमा आगलागी भएको प्रहरीले बताएको छ । एलपी ग्यासको सिलिण्डर खुला छाडेका कारण लिग भएर आगलागी हुँदा घरमा क्षति भएको छ । डेरामा बस्ने पार्वती विश्वकर्माले ग्यास खुला छाडेकाले उक्त आगलागी भएको थियो । समयमै प्रहरी र दमकललाई जानकारी गराइएकाले घटनामा ठूलो क्षति भने भएन ।
३३ वर्षपछि नक्कली भनेर किनेकाे हिराको औंठीले बनायो करोडपति

३३ वर्षपछि नक्कली भनेर किनेकाे हिराको औंठीले बनायो करोडपति

हिरा लगाउने इच्छा त सबैलाई हुन्छ । एउटी बेलायती महिलाको पनि यस्तै इच्छा थियो । तर उनीसँग हिरा किन्नको लागि भने पर्याप्त पैसा थिएन । हिरा लगाउने आफ्नो चाहनालाई मेट्नकै लागि भएपनि उनले बजारमा गएर हिराजस्तै देखिने नक्कली हिराको औंंठी किनिन् । ३३ वर्षसम्म उनले लगातार त्यो औंंठी लगाइरहिन् । ३३ वर्षपछि उनले जब त्यो औंंठीको वास्तविकता थाहा पाइन्, त्यतिबेला उनी चकित भइन् । त्यो नक्कली हिराको औंंठीले उन...
“अब म लुक्न चाहन्नँ,” सल्मान रुस्दी

“अब म लुक्न चाहन्नँ,” सल्मान रुस्दी

पेरिस, २८ माघ । इरानी सर्वोच्च धार्मिक नेता आयातोल्लाह रुहोल्लाह खोमेनीले मृत्युदण्डको सजाय सुनाएपछि झण्डै तीन दशकदेखि अर्ध भूमिगत रहनुभएका प्रसिद्ध साहित्यकार सल्मान रुस्दी बिस्तारै विद्रोही देखिन थाल्नुभएको छ । “म अब लुक्न चाहन्नँ,” पेरिस भ्रमणका क्रममा रुस्दीले एएफपीलाई सुनाउनुभयो । यी उपन्यासकारको जीवन सन् १९८९ फेब्रुअरी १४ मा सदाका लागि एकाएक परिवर्तन भएको थियो । इरानी धार्मिक नेता खोमेनी...
प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

प्रसाद खाएपछि ४० बिद्यार्थी बिरामी

लोहारदागा, झारखण्ड, २८ माघ । भारतको झारखण्ड राज्यमा रहेको एक विद्यालयमा वसन्त पञ्चमीको उपलक्ष्यमा वितरण गरिएको प्रसाद ग्रहणपछि ४० जना बिद्यार्थी बिरामी परेका छन् । पुजापछि विद्यालयमा वितरण गरिएको मिठाई खाएपछि ती बालबालिका विरामी परेका र उपचारपछि उनीहरुको अवस्थामा सुधार आएको बताइएको छ । झारखण्ड राज्यमा अवस्थित सदार अस्पतालका एक चिकित्सक एस सा खालिदले बिरामी भएर ४० जना विद्यार्थी अस्पतालमा उपचार...
नेविसङ्घ अध्यक्ष महरद्वारा राजिनामा

नेविसङ्घ अध्यक्ष महरद्वारा राजिनामा

काठमाडौँ, २८ माघ ।  नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ । अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले अध्यक्ष महरलाई हालसम्म गरेको कामका लागि धन्यवाद दिँदै आजै राजिनामा स्वीकृत गर्नुभएको छ । सङ्घको वर्त...
अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

अनुदानमै सीमित बन्यो युवालक्ष्यित कार्यक्रम

बेझाड, पाल्पा, २८ माघ । विगतमा सरकारले तरकारी खेतीमा युवालाई आकर्षण गर्न अनुदान उपलब्ध गराउने नीति अवलम्बन ग¥यो । लगातार तीन वर्षसम्म युवा लक्ष्यित तरकारी खेती अनुदान कार्यक्रमलाई निरन्तरता दिएको फलस्वरुप विदेश जान खोज्ने र विदेशबाट फर्केर आएका युवा व्यावसायिक तरकारी खेती गर्न हौसिए पनि । अनुदान रकम पाएर उत्साहित धेरै युवाले वैदेशिक रोजगारीमा जान बनाएका राहदानी एक कुनामा थन्काए । एक समयमा त पाल...
उमेर बढ्दै गएपछि ‘सिंगल’ रहने इच्छा पनि बढ्छ

उमेर बढ्दै गएपछि ‘सिंगल’ रहने इच्छा पनि बढ्छ

एजेन्सी । मानिस सामाजिक प्राणी हो । सामाजिक प्राणी भएकै कारण समाजमा बाँच्नको लागि मानिसलाई साहाराको जरुरत पर्छ । जन्मसँगै जब बचपनका पाइलाहरु अगाडि बढ्न थाल्छन् तब देखि मानिसहरु साथी खोज्न थाल्छन् । बच्चादेखि नै एक अर्काका साथी बन्न सुरु गर्छन् त्यसपछि विस्तारै सबैभन्दा मिल्ने साथीको खोजीमा लाग्छन् र आफ्नो समय र उर्जा असल जीवनसाथीको खोजीमा लगाउँछन् । सामाजिक परम्परा जगाइराख्न मात्र नभई हर कोहिल...
बगरखेतीबाट  वार्षिक रु आठ लाख आम्दानी

बगरखेतीबाट वार्षिक रु आठ लाख आम्दानी

नारायणपुर, २८ माघ । लमही नगरपालिकाका देसुराम चौधरी राप्ती नदीको बगरमा बगरखेती गर्दै आउनुभएको छ । उहाँ बगरखेतीबाट मनग्य आम्दानी गर्न सफल हुनुभएको छ । उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्थाले बगरलाई हरियाली बनाउन चौधरीलगायत अन्य कृषकलाई सहयोग गरेको हो । दश वर्षदेखि बगरखेती गर्दै आउनुभएका चौधरीको अहिले जीवन नै परिवर्तन भएको छ । उहाँले तरकारी खेतीबाट वार्षिक रु आठ लाख आम्दानी गर्दै आउनुभएको छ । ...
नाफामा प्रादेशिक अस्पतालको फार्मेसी

नाफामा प्रादेशिक अस्पतालको फार्मेसी

लमही, २८ माघ । सरकारी अस्पतालमा सञ्चालित फार्मेसी नाफामा जान थालेका छन् । दाङ तुलसीपुरमा रहेको राप्ती प्रादेशिक अस्पताल (साविक अञ्चल अस्पताल) मा सञ्चालनमा ल्याइएको फार्मेसीले चालू आर्थिक वर्षको छ महीनामा रु साढे सात लाख बढी आम्दानी गर्न सफल भएको छ । अस्पतालका फार्मेसी इन्चार्ज सुलभ अधिकारीका अनुसार चालू आर्थिक वर्षको पुससम्म रु सात लाख ५६ हजार १७८ नाफा कमाउन सफल भएको छ । कर्मचारीको तलब, अन्य खर...
सञ्जय दत्तसँग थियो टिना अम्बानीको अफेयर

सञ्जय दत्तसँग थियो टिना अम्बानीको अफेयर

टिना अम्बानी ८० को दशकमा बलिउडकी ग्ल्यामरस अभिनेत्रीमा समावेश थिइन् । सन् १९७८ मा उनले देव आनन्दको फिल्म देश परदेशबाट आफ्नो बलिउड करियरको सुरुवात गरिन् । त्यसपछि उनी देवका अन्य फिल्ममा पनि देखिइन् । सर्वाधिक चर्चा उनले ऋषि कपुरको अपोजिट ‘कर्ज’ र संजय दत्तको अपोजिट ‘रकी’ फिल्मबाट पाइन् । रकी फिल्मको सुटिङको क्रममा संजय दत्तसँग उनको अफेयरको पनि चर्चा रह्यो । पछि टिनाले उद्योगपति धीरुभाइ अम्बानीका...
सुन चोरीको आरोपमा जेल चलान

सुन चोरीको आरोपमा जेल चलान

गौशाला, २८ माघ । सुन चोरीको आरोपमा महोत्तरी जिल्ला अदालतले आज दुई जनालाई जेल चलान गरेको छ । जेल चलान हुनेमा जलेश्वर नगरपालिका–२ बस्ने १९ वर्षीय कृष्ण श्रेष्ठ र २२ वर्षीय अजलम अली रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । त्यसैगरी सोही मुद्दामा जलेश्वर नगरपालिका–१ बस्ने २२ वर्षीय सन्तोषकुमार साहलाई रु एक लाख धरौटीमा छोडेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायव उपरीक्षक खगेन्द्रब...
एउटै अस्पतालको भरमा १५० होटल

एउटै अस्पतालको भरमा १५० होटल

चितवन, २८ माघ । एउटा अस्पतालमा उपचार गराउन आउने बिरामी र आफन्तका भरमा १५० होटल तथा रेष्टुराँ सञ्चालनमा आएका छन् । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालकै भरमा ती होटल रेष्टुराँ सञ्चालनमा आएका हुन् । अस्पतालको मुख्य प्रवेशद्वार अगाडि लहरै सानादेखि ठूलासम्म होटल तथा रेष्टुराँ सञ्चालनमा छन् । यससँगै औषधि, किराना, सौन्दर्य सामग्री, फलफूलजस्ता दर्जनौँ पसल पनि अस्पतालकै भरमा चलेका छन् । सोही...
महिला फुटबल : नेपाल–भारत भिड्दै

महिला फुटबल : नेपाल–भारत भिड्दै

काठमाडौँ, २८ माघ । भारतमा जारी महिला गोल्डकप फुटबलको दोस्रो खेलमा नेपालले आज घरेलु टोली भारतको सामना गर्दैछ । पहिलो खेलमा म्यानमासँग पराजित नेपालले अघिल्लो चरण पुग्न आजको खेल जित्नै पर्ने दबाब छ । नेपाल र भारतबीचको खेल उडिसास्थित कालिङ्गाका रङ्गशालामा नेपाली समयानुसार आज साँझ ७ बजे शुरु हुनेछ । घरेलु टोलीविरुद्ध मैदान उत्रँदा नेपालको लक्ष्य पहिलो जितको खोजीमा हुनेछ । पहिलो खेलमा म्यानमारसँग ३–०...
महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै

महोत्तरीका बासिन्दाको रेल चढ्ने रहर अधुरै

बर्दिवास, २८ माघ । गत विवाहपञ्चमी मेला (उत्सव) मै रेल चढेर जनकपुर जाने कुराले फुरुङ्ग परेकी महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकाको महदैया बस्तीकी इजोतीया सहनीको खुशी त्यतिखेरै धेरै टिक्न सकेन । विवाहपञ्चमी (रामजानकी विवाह महोत्सव) मा भारतको जयनगरबाट धनुषाको कुर्थासम्म रेल सञ्चालन हुने कुराले रेल चढेरै मेला हेर्न जाने कुराले फुरुङ्ग पर्नुभएकी इजोतीयाको खुशी रेल चल्ने कुरा अनिश्चित हुँदा नटिकेको...
इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु

इतिहासमै धेरै वर्ष बाँचेकी महिलाको मृत्यु

काठमाडौं । विश्वको मानव इतिहासमै सबैभन्दा धेरै बाँचेको दाबी गरिएकी महिलाको १ सय २९ वर्षको उमेरमा मृत्यु भएको छ । गिनिज बुकमा आधिकारिक रुपमा दर्ता नभएको भएपनि उनी विश्व इतिहासमै सबैभन्दा धेरै बाँचेकी महिला भएको दाबी रुस सरकारको छ । आगामी जुनमा १ सय ३० औँ जन्मदिन मनाउने योजना बनाएकी कोकु इस्ताम्बुलोभाको हालै मृत्यु भएको हो । स्टालिन कालमा चेचेन माथिको दमनबाट बाँच्न सफल कोकुले आफ्नो मृत्युअघि आफ्...
इलामको सन्दकपुर पदमार्गमा सवारी ठप्प

इलामको सन्दकपुर पदमार्गमा सवारी ठप्प

पशुपतिनगर, २८ माघ । प्रदेश नं १ को प्रमुख पर्यटकीय घोषणा भएको इलामको सन्दकपुर जाने पर्यटकीय पदमार्ग बाक्लो हिमपातका कारण यातायात ठप्प भएको छ । सन्दकपुरलगायतका उच्च पहाडी क्षेत्रमा ११ वर्षपछिकै उच्च हिमपात भएपछि शनिबारदेखि पर्यटकीय पदमार्ग ठप्प भएको हो । वर्षात्पछि बाक्लो हिमपात भएकाले इलामको नेपाल–भारत सीमाक्षेत्र मानेभञ्ज्याङदेखि पाँचथरको फालुटसम्मको ४२ किलोमिटर क्षेत्रमा अहिले यातायातका साधन ...
सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

सुरक्षित यात्राका लागि ‘ट्राफिक कम्युनिकेशन एप्स’

लहान, २८ माघ । सवारी दुर्घटना न्यूनीकरण तथा सुरक्षित यात्राका लागि ट्राफिक प्रहरीले आइतबारदेखि प्रदेश नं २ मा ‘ट्राफिक कम्युनिकेशन एप्स’ सञ्चालनमा ल्याएको छ । प्रहरी प्रधान कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक निर्देशनालयले लामो दूरीमा चल्ने यात्रुवाहक सार्वजनिक सवारीसाधन चलाउने चालक परिवर्तन भए/नभएको जानकारी दिने उद्देश्यले उक्त एप्स सञ्चालनमा ल्याएको हो । सप्तरीको शम्भुनाथ नगरपालिकास्थित ज...
चौथो भोजपुर ट्रेल रेस फागुन ४ मा

चौथो भोजपुर ट्रेल रेस फागुन ४ मा

भोजपुर, २८ माघ । चौथो भोजपुर ट्रेल रेस फागुन ४ गतेदेखि यहाँ शुरु हुने भएको छ । मीरा राईको जन्मस्थलबाट शुरु हुने ३६ किलोमिटरको दूरीको दौडमा पौवादुङमा गाउँपालिकाको सानोदुङमा माध्यामिक विद्यालयबाट दीर्घेभञ्ज्याङ, तीवारीभञ्ज्याङ, चिवाचुङडाँडा, हिलेभञ्ज्याङ, अरुणडाँडा, धापखर्क, मुँडे, वोमिखको पाँचधारे देउराली हुँदै भोजपुर सदरमुकामको शहीद पार्कमा पुगेर सम्पन्न हुने रिमाचुङ एजुकेसन एण्ड स्पोर्ट एकेडेम...
भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन

भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन

भोजपुर, २८ माघ । भोजपुर क्याम्पसमा फ्रिवाइफाइ जोनको उद्घाटन गरिएको छ । क्याम्पस प्रशासन तथा विभिन्न सङ्घसंस्थाको सहयोगमा इन्टरनेट जडान गरी क्याम्पसलाई फ्रिवाइफाइ जोन घोषणा गरिएको हो । आइतबार सरस्वती पूजाको अवसर पारेर जिल्ला समन्वय समिति प्रमुख लक्ष्मण खड्काले इन्टरनेट फ्रि जोन उद्घाटन गर्नुभएको हो । क्याम्पसमा स्ववियुको सक्रियतामा भोजपुरे हातेमालो समाज बहराइन, नेपाल बैंक लिमिटेड, क्याम्पस प्रशा...
प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल …

प्रधानमन्त्री निवासमा पूर्वपश्चिम रेल …

काठमाडौँ, २८ माघ । सफलता एचआइभी शिक्षा सदन कीर्तिपुरलाई वल्र्ड बुक्स अफ रेकर्डले ‘विश्वकै पहिलो पहिचानसहितको विद्यालय’मा सूचीकृत गरी हिजो प्रमाणपत्र प्रदान गर्ने कार्यक्रमा थियो । एचआइभी सङ्क्रमित बालबालिकालाई मात्रै आवासीय रुपमा पठनपाठन गराउँदै आएको शिक्षा सदनलाई प्रमाणपत्र वितरण सकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले एक बालिकालाई गीत गाउन आग्रह गर्नुभयो । त्यसपछि प्रधानमन्त्री निवास बालुवाटारक...
रेलले किचिएको अवस्थामा दुई किशोरीको शव फेला

रेलले किचिएको अवस्थामा दुई किशोरीको शव फेला

पर्सा, २७ माघ । सीमावर्ती शहर भारतको रक्सौलस्थित रेल्वे स्टेशनमा दुई किशोरीको शव फेला परेको छ । कालिकामाई गाउँपालिका–२, भेडीहारीकी १६ वर्षीया निभाकुमारी साह र वडा नं ३, हरिहरपुरकी १७ वर्षीया किरण चौरसियाको शव फेला परेको हो । रेलले किचिएको अवस्थामा दुवैको शव फेला परेको भारतीय प्रहरीले जनाएको छ । दुवै वीरगञ्जस्थित रानीघाटमा डेरा गरी बस्दै आएका थिए । उनीहरु वीरगञ्जको पब्लिक कलेजमा कक्षा ११ मा अध्य...
सिस्नोका १५ फाइदा

सिस्नोका १५ फाइदा

सिस्नो प्रायः सबै ठाउँमा पाइन्छ । यसमा रहेको औषधि गुण र प्रभावकारीका कारण पछिल्लो समय सहरी क्षेत्र, होटल र रेष्टुरेन्टमा समेत यसको प्रयोग बढ्दो छ । सिस्नोलाई सुकाएर बनाएको धुलो सुपरमार्केटहरुमा प्याकमा समेत किन्न सकिन्छ । १० ग्राम सिस्नोको धुलोलाई करिब दुई सय मिलिलिटर तातोपानीमा रातभरि भिजाएर भोलिपल्ट बिहान खालि पेटमा खाँदा फाइदा पुर्याउँछ । सिस्नोमा ‘ए’, ‘सी’ र ‘डी’ भिटामिनसँगै पोटासियम र क्या...
काष्ठमण्डपका स्तम्भ कार्यस्थलमा

काष्ठमण्डपका स्तम्भ कार्यस्थलमा

काठमाडौँ, २७ माघ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरबार क्षेत्र नजीकै रहेको काष्ठमण्डप पुनःनिर्माणका लागि आवश्यक तीन स्तम्भ हनुमानढोका क्षेत्रबाट निर्माणस्थलमा आज लगिएको छ । हनुमानढोकामा आज आयोजित कार्यक्रममा २५ फिट लम्बाइको उक्त स्तम्भलाई विधिविधानपूर्वक पूजा गरेपछि सेना, स्थानीयलगायत सहयोगमा डोरीले बाँधेर कार्यस्थलमा पुर्याइएको छ । उक्त कार्यक्रममा प्रतिनिधिसभा सदस्यद्वय कृष्णगोपाल श्रेष्ठ...
बेतनामा नेपाल शिक्षक संघको अन्तरक्रिया र प्रशिक्षण (भिडियोसहित)

बेतनामा नेपाल शिक्षक संघको अन्तरक्रिया र प्रशिक्षण (भिडियोसहित)

मोरङ, २७ माघ । मोरङको बेलबारी स्थित बेतना सिमसारमा नेपाल शिक्षक संघको अन्तरक्रिया तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । मोरङको ३ नम्बर क्षेत्रमा पर्ने सुन्दरहरैंचा नगरपालिका, बेलबारी नगरपालिका, पथरीशनिश्चरे नगरपालिका र कानेपोखरी गाउँपालिकामा रहेका नेपाल शिक्षक संघका स्थानीय समितिहरुले संयुक्त रुपमा कार्यक्रम गरेका हुन् । कार्यक्रममा नेपाली कांग्रेस समर्थक शिक्षक र कांग्रेसका नेताहरुबीच अन्तर...
बलात्कारका आरोपित पक्राउ

बलात्कारका आरोपित पक्राउ

सप्तरी, २७ माघ । बीस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले तिलाठी कोइलाडी गाउँपालिका–७ का २२ वर्षीय शिवदत्त मण्डललाई आज पक्राउ गरेको छ । बलात्कार गरी भाग्न खाजेका मण्डललाई गएराति पीडितका आफन्तले नियन्त्रणमा लिई डोरीले बाँधेर राखेका थिए । पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि जिल्ला अदालतले मण्डलको म्याद गरेको प्रहरी नायब उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो । पीडित र...
सायलमा बिजुली

सायलमा बिजुली

डोटी, २७ माघ । वर्षौंदेखि बिजुली नहुँदा अन्धकारमय बनेको सायल गाउँपालिका–४ राष्ट्रिय विद्युत् प्रसारण लाइनसँग जोडिएको छ । सायल गाउँपालिका–४ का वडाध्यक्ष टीका सिंहका अनुसार राष्ट्रिय विद्युत् प्रसारणमा जोडिएसँगै उक्त वडामा ८० विद्युत् मिटर वितरण गरिएको छ । सो वडामा १०० भन्दा बढी परिवारले बिजुली बाल्न थालेका छन् । गाउँपालिकाका अध्यक्ष तेज डुम्रेलले यसै वर्षभित्र सबै वडामा विद्युत् लाइन विस्तार गर...
भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल

भिशाखापट्नम बन्दरगाहको परीक्षण सफल

काठमाडौँ, २७ माघ । भिशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ । भारतको कलकत्ता/हल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्ता/हल्दियाबाट भारतको बथनाहसम्म रेलमा र त्यहाँबाट जोगबानीसम्म सडकमार्गबाट ट्रान्ससिपमेन्ट प्रक्रियाबाट पारवहन गर...
error: Content is protected !!