Advertisement

काठमाडौं, ८ बैशाख। राष्ट्रपति विद्यादेवी भण्डारी राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको जहाज चार्टर गरेर चीनको राजकीय भ्रमणमा जाने भएकी छन्। उनको भ्रमणका लागि पराष्ट्र मन्त्रालयले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमार्फत् नेपाल एयरलाइन्सको जहाज चार्टर गर्ने निर्णय गरिएको हो।

यसअघि प्रधानमन्त्री केपी शर्मा ओली चीन जाँदा हिमालय एयरलाइन्सको जहाजमा जाँदा सरकारीलाई बेवास्ता गरिएको भन्दै आलोचना भएको थियो।

राष्ट्रपतिको भ्रमण मण्डलका सबै टोली उक्त जहाजमा जाने छन्। नेपाल एयरलाइन्सका सहायक प्रवक्ता नवराज कोइरलाले नेपाल एयरलाइन्सको जहाजमा जाने पक्का भए पनि त्यसको सबै सेड्युल आइनसकेको जानकारी दिए।

एयरलाइन्स अपरेशन विभाग स्रोतका अनुसार राष्ट्रपतिको भ्रमणका क्रममा एयरलाइन्सको न्यारो वडी जहाज प्रयोग हुनेछ। उक्त जहाजले काठमाडौंबाट सियान र त्यहाँबाट बेइजिङ जाने छ। राष्ट्रपतिलाई बेइजिङ छाडेर काठमाडौं फर्किने छ। जहाज वैशाख ११ गते विहान ११ बजे काठमाडौंबाट उड्ने छ।

नेपाल एयरलाइन्सको जहाज ११ गते गएर बेइजिङ पुगेर १३ गते काठमाडौं फर्किने छ। त्यसक्रममा कुल १२ घन्टा हिसाब गरेर सरकारले एयरलाइन्सलाई भाडा दिने छ। राजकीय भ्रमण भएकाले उक्त उडानको क्रममा जहाजले ल्यान्डिङ पार्किङ शुल्क मिनाह पाउने छ।

राष्ट्रपति बेइजिङबाट ल्हासा हुँदै काठमाडौं आउने कार्यक्रम रहेकाले ल्हासाबाट काठमाडौं आउँदा ए ३२० जहाज उपयुक्त हुँदैन।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!