काठमाडौं, १६ बैशाख। धुर्मुस सुन्तली फाउण्डेशनले जनस्तरबाट निर्माण गर्न लागेको ‘गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला’ निर्माणका लागि दुबईबाट २० लाख सहयोग संकलन भएको छ । गत २६ अप्रिलमा दुबईमा आयोजित ‘धुर्मुस सुन्तली साँझ २०७६’ बाट उक्त रकम संकलन भएको हो ।

Advertisement

चितवन समाज दुबईको संयोजन तथा बिभिन्न संघसंस्थाहरुको आयोजनामा सम्पन्न भएको धुर्मुस सुन्तली साँझ कार्यक्रमबाट २० लाख र आबुधावीमा रहेका गायक प्रकाश पौडेलले राखेको भेटघाट कार्यक्रमबाट २ लाख सहयोग संकलन भएको छ ।

धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले दुबईबाट राम्रो सहयोग संकलन भएको जानकारी दिएका छन् । ‘कार्यक्रमबाट २० लाख र गायक  प्रकाश पौडेल दाईले राख्नु भएको छोटो भेटघाट कार्यक्रममा २ लाख गरी रंगशाला निर्माणका लागि कुल २२ लाख रुपैँया सहयोग प्राप्त भएकोमा निकै हर्षित छौं’ धुर्मुसले भने ।

कार्यक्रममा धुर्मुस सुन्तलीले हाँस्यप्रस्तुती दिएका थिए भने चर्चित गायिका मेलिना राई, गायक पुष्पन प्रधान लगायतका कलाकारहरुले समेत प्रस्तुती दिएका थिए । कार्यक्रम सकेर धुर्मुस सुन्तली स्वदेश फर्किएका छन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!