प्रदेश १ का छ जिल्लामा थपिए ३६ कोरोना संक्रमित

प्रदेश १ का छ जिल्लामा थपिए ३६ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ का छ जिल्लामा आज ३६ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा, धनकुटा, तेह्रथुम र उदयपुरका १ हजार ५ सय ७ जनाको पीसीआर परीक्षण गर्दा १० महिला र २६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । सुनसरीमा १२, मोरङमा १०, तेह्रथुममा ९, उदयपुरमा ३ तथा झापा र धनकुटामा एक÷एक जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको हो । सुनसरीको धरानका ३ महिला र ३ पुरुष, ...
धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल

धनकुटाको शहिदभूमीका स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि थलथलेदेखि पिप्लेसम्म सिल

धनकुटा । धनकुटाको शहिदभूमीका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिकाको केही क्षेत्र सिल गरिएको छ । आजदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका कार्यालय पिप्लेदेखि थलथलेसम्मको क्षेत्र सिल गरिएको हो । कोरोना संक्रमितको सम्पर्कमा पुगेकाहरुको पीसीआर परीक्षण गरी संक्रमण थप फैलन नदिनका लागि सो क्षेत्र सिल गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष मनोज राईले जानकारी दिए । संक्रमि...
धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटाको निगालेमा बलात्कार आरोपमा एक जना पक्राउ

धनकुटा । धनकुटा नगरपालिका–१ निगालेमा १५ बर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुधबार एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा निगालेका १९ बर्षीय निकेश तामाङ छन् । घटना साउन २७ गतेको हो । तामाङले ती बालिकालाई फकाई गाउँकै खाली घरमा लगेर बलात्कार गरेको आरोप छ । बालिका परिवारसँग एक दिन सम्पर्कबिहिन भएकी थिईन् । त्यसको भोलिपल्ट उनी घर पुगिन् । बालिकालाई सोधपुछ गर्दा घटनाको रहस्य खुलेपछि...
सिरहामा कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

सिरहामा कुटपिटबाट महिलाको मृत्यु, चार जना पक्राउ

सिरहा । सिरहाको अर्नमा गाउँपालिका–५ कृष्णपुरमा बाटोको विषयलाई लिएर बिवाद बढ्दै गई कुटपिट हुँदा एक महिलाको मृत्यु भएको छ । बाटोको विषयलाई स्थानीयबीच कुटपिट हुँदा गम्भीर घाइते भएकी कृष्णपुरकी ५० वर्षीया सीतादेवी राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीयको लाठी प्रहारबाट अनुहार र शरीरका भित्री भागमा चोट लागेको राउतको जिल्ला अस्पताल सिरहामा उपचारको क्रममा बुधबार मृत्यु भएको जिल्ला प्रहरी कार्य...
धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटाका थप एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

धनकुटा । धनकुटाका एक स्वास्थ्यकर्मीमा आज कोरोना संक्रमण पुष्टि भएको छ । सहिदभूमी गाउँपालिकामा कार्यरत ४५ बर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालयले जनाएको छ । सहिदभूमीबाट १६ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान पठाईएको थियो । प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा ती स्वास्थ्यकर्मीको रिपोर्ट पोजिटिभ आएको स्...
तेह्रथुमका ९ जनामा कोरोना संक्रमण पुष्टि

तेह्रथुमका ९ जनामा कोरोना संक्रमण पुष्टि

तेह्रथुम । तेह्रथुमका ९ जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । म्याङ्लुङ नगरपालिकाका ३ महिला र ६ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय तेह्रथुमले जनाएको छ । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा पीसीआर परीक्षण गर्दा म्याङ्लुङका ३२, ३६ र २५ बर्षीया महिला तथा २५, ४९, ४३, ४४, ५४ र ४४ बर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो । म्याङ्लुङका ७४ जनाको गत सोमबार स्वाब स...
रंगेलीमा माछा पोखरीमा डुबेर मृत्यु

रंगेलीमा माछा पोखरीमा डुबेर मृत्यु

बिराटनगर । मोरङको रंगेलीमा माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर एक जनाको मृत्यु भएको छ । रंगेली–१ का ४९ बर्षीय खड्ग बहादुर मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । घर नजिकैको माछा पोखरीमा पौडी खेल्ने क्रममा डुबेर घटनास्थलमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
धरानबाट ६ केजी गाँजासहित एक जना पक्राउ

धरानबाट ६ केजी गाँजासहित एक जना पक्राउ

सुनसरी । धरान उप–महानगरपालिका–१६ बाट गाँजासहित एक जना पक्राउ परेका छन् । स्थानीय ३४ बर्षीय किरण धिमाललाई प्रहरीले गाँजासहित पक्राउ गरेको हो । घरमा गाँजा लुकाएर राखेको भन्ने सुराकी पाएपछि बुधवार अपरान्ह साँढे ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले धिमालको घरबाट ६ केजी गाँजा बरामद गरेको हो । घरबाट गाँजा बरामद भएपछि धिमाललाईसमेत पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको...
रौतहटमा गोली हानेर पुजारीको हत्या

रौतहटमा गोली हानेर पुजारीको हत्या

रौतहट । रौतहटको माधवनारायण नगरपालिका–२ खेसरहियामा अज्ञात समुहले गोली प्रहार गरेर पुजारीको हत्या गरेको छ । बुधबार राती करिब ९ बजे हमुमान मन्दिरका पुजारी ६५ वर्षीय श्रीराम साहलाई गोली प्रहार गरी हत्या गरिएको हो । मन्दिर अगाडि खाना खान लागेका बेला कन्चटमा गोली प्रहार गरिएका साहको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गोली प्रहार कस्ले गरेको हो भन्ने खुल्न सकेको छैन । घटनापछि ...
धनकुटामा १० बर्षीया बालिका बलात्कृत

धनकुटामा १० बर्षीया बालिका बलात्कृत

धनकुटा । धनकुटा नगरपालिका–८ टेकुनालामा एक बालिका बलात्कृत भएकी छन् । गत शनिवार दिउँसो करिब १ बजे स्थानीय जंगलमा १० बर्षीया बालिका बलात्कृत भएकी हुन् । घटनापछि पीडितका बाबुले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए । बलात्कारमा संलग्न भएको आरोपमा स्थानीय २२ बर्षीय दिलकुमार राईलाई पक्राउ गरिएको धनकुटाका प्रहरी प्रमुख एसपी गोबिन्द अधिकारीले जानकारी दिए । प्रहरीका अनुसार बालिका र राईबीच चिनजान र...
लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै

लक्षणसहितका कोरोना संक्रमितको संख्या बढ्दै

काठमाडौं । पछिल्लो केही दिनयता लक्षणसहितका कोरोना भाइरस संक्रमितहरू देखिन थालेका छन् । सम्बन्धित जिल्लाका स्वास्थ्य कार्यालयका अधिकारीका अनुसार संक्रमितमा लक्षण देखिन थालेका हुन् । जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाहका अनुसार संक्रमितमा लक्षण देखिन थालेको छ । उनले भने, ‘मुख्यतः संक्रमितमा ज्वरो र खोकी लागेको छ । केही संक्रमितलाई अक्सिजनसमेत आवश्यक परेको छ ।’ स्वास्थ्य कार्यालय ...
२०७७ भदौ ४ गते बिहिबार/आजको राशिफल

२०७७ भदौ ४ गते बिहिबार/आजको राशिफल

बि.सं.२०७७ साल भदौ ४ गते बिहिबार ई. सं. २०२० अगस्त २०, नेपाल सम्बत ११४० गुंलागा पारु, प्रमाधि नामक संवत्सर, सूर्य दक्षिणायन, वर्षा ऋतु, भदौ शुक्ल प्रतिपदा, चन्द्रमा सिंह राशिमा, पूर्वफाल्गुनी नक्षत्र, शिव योग, बव करण । नेपालमा सूर्योदय बिहान ०५ः३८ बजे, सूर्यास्त साँझ ६ : ३७ बजे हुनेछ । आज जन्म लिने बच्चाको सिंह राशि हुनेछ । आज महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा दही खाएर जुनसकै दिशाको या...
धनकुटामा बाढी पहिरोपीडितलाई राहत वितरण प्रकृया सुरु

धनकुटामा बाढी पहिरोपीडितलाई राहत वितरण प्रकृया सुरु

धनकुटा । धनकुटामा अबिरल बर्षाका कारण बाढी पहिरोबाट भएको क्षतिको विवरण संकलन गरेर राहत वितरण गर्ने प्रकृया थालिएको छ । केही दिन अघिको अबिरल बर्षाका कारण भएको क्षतिको विवरण संकलन गरेर पीडितलाई राहत वितरण गर्न प्रकृया अघि बढाइएको हो । जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले क्षतिको विवरण संकलन र अनुगमनका लागि सहायक प्रमुख जिल्ला अधिकारी भोजराज श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको छ । समितिमा उद्यो...
कोरोना संक्रमणका कारण एकैदिन ६ जनाको मृत्यु, थपिए ६ सय ८१ संक्रमित

कोरोना संक्रमणका कारण एकैदिन ६ जनाको मृत्यु, थपिए ६ सय ८१ संक्रमित

काठमाडौं । कोरोना संक्रमणका कारण आज ६ जनाको मृत्यु भएको छ । काठमाण्डौं र बर्दियाका एक/एक पुरुष तथा मोरङ, सुनसरी, भक्तपुर र चितवनका एक/एक महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यो जानकारी दिईएको हो । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १२० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता...
प्रदेश १ का चार जिल्लामा थपिए १२१ कोरोना संक्रमित

प्रदेश १ का चार जिल्लामा थपिए १२१ कोरोना संक्रमित

बिराटनगर । प्रदेश १ मा आज १२१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङ, सुनसरी, झापा र पाँचथरका १ हजार ९ सय ४१ जनाको पीसीआर परीक्षण गर्दा ३२ महिला र ८९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङमा ६७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङको बिराटनगरमा २० महिला र ३२ पुरुष, बुढिगंगामा १ महिला र १ पुरुष, रंगेलीमा ५ महिला र ४ पुरुष, कटहरीमा १ महिला, धनपालथ...
धरानकी ७१ बर्षीया बृद्धाको कारोना संक्रमणबाट मृत्यु

धरानकी ७१ बर्षीया बृद्धाको कारोना संक्रमणबाट मृत्यु

धरान । बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमा आज बिहान कोरोना संक्रमित एक बृद्धाको मृत्यु भएको छ । धरान–१५ की ७१ बर्षीया बृद्धाको उपचारका क्रममा बिहान करिब ११ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । एन्फा क्वारेनटाईनमा रहेकी उनको साउन २३ गते पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । त्यसको भोलिपल्ट उनलाई प्रतिष्ठानमा राखिएको थियो । उनलाई अत्यन्तै खोकी लाग्ने, श्वासप्रश्वासमा सम...
विवाह गर्छु भन्दै बलात्कार

विवाह गर्छु भन्दै बलात्कार

चितवन । दुई युवतीलाई जर्बजस्ती करणी गरेको अभियोगमा चितवनमा पक्राउ परेका दुई जनालाई पुर्पक्षका लागि कारागार चलान गरिएको छ । जिल्ला अदालत चितवनले अर्घाखाँचीका २६ वर्षीय मनोज केसी र भरतपुर–४ का विजय श्रेष्ठ भनिने विजय मानन्धरलाई पुर्पक्षका लागि कारागार चलान गरेको हो । गत साउन ४ गते माडी नगरपालिका–९ बगइस्थित जङ्गलमा १७ वर्षीया युवतीलाई २६ वर्षीया केसीले जबर्जस्ती करणी गरेको अभियोगमा चितवन प्रहरीले ...
झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापामा माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । कमल गाउँपालिका–२ का २२ बर्षीय बिशाल रिजालको करेन्ट लागेर मत्यु भएको हो । स्थानीय क्याम्पा खोलामा करेन्ट लगाई माछा मार्ने क्रममा आफैलाई करेन्ट लागेर रिजाल घाईते भएका थिए । उपचारका लागि लाईफ लाईन अस्पताल दमक लैजादै गर्दा बाटोमै उनको मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।
मोरङकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

मोरङकी कोरोना संक्रमित महिलाको धरानमा मृत्यु

धरान । धरानस्थित बीपी कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा मंगलबारसाँझ कोरोना संक्रमित एक महिलाको मृत्यु भएको छ । मोरङको बुढिगंगा–२ की ६७ बर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा साँझ करिब ५ बजे मृत्यु भएको हो । बिराटनगरस्थित बिराट मेडिकल कलेजबाट रेफर गरेर पठाईएकी उनलाई मंगलबार बिहान प्रतिष्ठानमा भर्ना गरिएको थियो । अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वारो आएकी उनको उपचारका क्रममा...
न्यौपानेलाई बधाई दिदै गरियो बिदाई

न्यौपानेलाई बधाई दिदै गरियो बिदाई

धनकुटा । क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय बिराटनगरमा सह–परीक्षा नियन्त्रकको रुपमा नियुक्त भएका धनकुटा बहुमुखी क्याम्पसका उप–प्राध्यापक नन्द न्यौपानेलाई मंगलबार धनकुटामा बधाई ज्ञापन गर्दै बिदाई गरिएको छ । नेपाल प्रगतिसिल प्राध्यापक संगठन धनकुटा बहुमुखी क्याम्पस कमिटीले कार्यक्रम आयोजना गरी न्यौपानेलाई बधाई दिदै बिदाई गरेको हो । धनकुटा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा क्याम्पस प्रमुख होम...
धनकुटाको महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटाको महालक्ष्मी नगरपालिकामा अत्यावश्यक बाहेकका सेवा बन्द

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकाले बुधबारदेखि एक साताका लागि अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने भएको छ । बुधबारदेखि आगामी मंगलबारसम्म नगर कार्यपालिका, वडा कार्यालयहरु र सेवा केन्द्रहरुबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा बन्द गर्ने कार्यपालिकाले निर्णय गरेको हो । जस अनुसार स्वास्थ्य चौकी र स्वास्थ्य क्लिनिकबाट प्रवाह हुने स्वास्थ्य सेवा, फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, नगर प्रहरी, खा...
रहेनन् राष्ट्रकवि घिमिरे

रहेनन् राष्ट्रकवि घिमिरे

काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरेको आज साँझ निधन भएको छ । साँझ करिब ६ बजे काठमाडौंको गौरीघाटस्थित निवासमा घिमिरेको निधन भएको परिवार स्रोतले जनाएको छ । १०१ बर्षका घिमिरेलाई स्वासप्रश्वासमा समस्या देखिएपछि ४ महिना अघिदेखि अक्सिजन दिएर घरमै उपचार भईरहेको थियो ।
नोबेल अस्पतालका थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ पुग्यो

नोबेल अस्पतालका थप ४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १८ पुग्यो

बिराटनगर । बिराटनगरस्थित नोबेल शिक्षण अस्पतालका थप चार जनामा आज कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालमा कार्यरत एक डाक्टर, एक नर्श र अस्पताल भित्र रहेको सुस्वास्थ्य फार्मेसीमा कार्यरत दुई जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । कोशी अस्पतालमा पीसीआर परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । योसँगै नोबेल अस्पतालमा कोरोना संक्रमितको संख्या १८ प...
सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरीमा करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी । सुनसरीको बर्जु गाउँपालिकामा आज करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । बर्जु–५ मा रहेको ईस्टन सुगरमिलमा कार्यरत ४२ बर्षीय तेज नारायण चौधरीको करेन्ट लागेर मृत्यु भएको हो । बिहान करिब १० बजे मिलमा काम गर्ने क्रममा करेन्ट लाग्दा चौधरी गंभीर घाईते भएका थिए । घाईते चौधरीलाई उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पठाईएको थियो । उपचारकै क्रममा बिहान साँढे ११ बजे उनको मृत्यु भएको जिल्ला प्र...
सिरहामा गर्भवती महिलाको हत्या आरोपमा श्रीमान र सासु पक्राउ

सिरहामा गर्भवती महिलाको हत्या आरोपमा श्रीमान र सासु पक्राउ

लहान । गर्भवती महिलाको हत्या गरेको आरोपमा सिरहा प्रहरीले पति र सासूलाई पक्राउ गरेको छ। सिरहा नगरपालिका–१६ निवासी १९ वर्षीया कुलतीदेवी दासको हत्या आरोपमा उनका २० वर्षीय पति धीरज दास र सासू ३५ वर्षीया राजकुमारी दासलाई प्रहरीले पक्राउ गरेको हो। करिब तीन महिनाकी गर्भवती छोरीलाई गत साउन २७ गते कुटपिट गरी हत्या गरेको मृतकका बुवा चन्दर दासले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएपछि उनका पति र सा...
इलाममा बिहे गरेकी छोरी माथि नै जातीय विभेद: बुबाको शव हेर्न र काजकिरिया गर्न बन्देज

इलाममा बिहे गरेकी छोरी माथि नै जातीय विभेद: बुबाको शव हेर्न र काजकिरिया गर्न बन्देज

इलाम । जातीय भेदभावको कारण आफ्नै बुवा मरेपछि बुवाको अनुहार हेर्न र सामूहिक रुपमा काजकिरिया समेत गर्न नदिएको भन्दै इलाम जिल्लाको माई नगरपालिका वडा नं. २ बस्ने यामकला विश्वकर्मा (आचार्य) ले सोमबार जिल्ला प्रहरी कार्यालय इलाममा जातीय भेदभाव सम्बन्धी कसूरको मुद्धा दर्ता गरेकी छिन् । ११ बर्ष अगाडि घर नजिकैका रत्नबहादुर विश्वकर्मासँग विवाह गरेकी यामकलाले हिन्दू धर्मशास्त्र अनुसार बुवाको काजकिरिया सके...
कोरोना प्रभावितले ३ देखि ५ प्रतिशत ब्याजमै ऋण पाउने

कोरोना प्रभावितले ३ देखि ५ प्रतिशत ब्याजमै ऋण पाउने

काठमाडौं । सरकारले कोरोना भाइरस (कोभिड–१९) प्रभावितलाई सहुलियत ब्याजदरमा पुनर्कर्जाको अवसर उपलब्ध गराएको छ । सरकारले कोरोना महामारीबाट अति प्रभावित र मध्यम प्रभावित क्षेत्रलाई मात्र यस्तो अवसर प्रदान गर्नेछ । यस्तो कर्जाको अवसरमा सहभागी हुनेहरूका लागि नेपाल राष्ट्र बैंकले सोमबार सूचना जारी गरी आवेदन दिन आह्वान गरेको छ । राष्ट्र बैंकले सोमबारदेखि आगामी १४ असोजसम्म पुनर्कर्जाका लागि आवेदन दिन सकि...
एसईईको नतिजा सार्वजनिक

एसईईको नतिजा सार्वजनिक

काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ परीक्षार्थीको परीक्षाफल सोमबारसाँझ सार्वजनिक गरेको हो । गत चैत ६ गते तोकिएको एसईई कोरोना भाईसरको संक्रमण फैलनसक्ने जोखिमका कारण स्थगित गरिएको थियो । त्यसपछि कोरोना संक्रमण झन–झन फैलदै गएर तत्काल परीक्षा गर्नसक्ने अवस्था नभएपछि विद्यालयले गरेको आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वज...
तेह्रथुममा ट्याक्सीले किच्दा युवकको मृत्यु, बच्नलाई हुटबाट हाम्फाल्दा गयो ज्यान

तेह्रथुममा ट्याक्सीले किच्दा युवकको मृत्यु, बच्नलाई हुटबाट हाम्फाल्दा गयो ज्यान

तेह्रथुम । तेह्रथुमको आठराईमा आज बिहान ट्याक्सीले किच्दा एक युवकको मृत्यु भएको छ । आठराई–३, ह्वाकू हाँगेक्पामा बिहान करिब ९ बजे ट्याक्सीले किच्दा निघुरादिनका १७ वर्षीय रविन तामाङको मृत्यु भएको हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका–१, निघुरादिनबाट आठराई संक्रान्तिबजार जाँदै गरेको मे.१ ज.४२६ नम्बरको ट्याक्सीले किच्दा तामाङको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय संक्रान्तिबजारका प्रहर...
प्रदेशबाटै पत्रकारको प्रेस पास नविकरण हुने

प्रदेशबाटै पत्रकारको प्रेस पास नविकरण हुने

काठमाडौं । प्रदेश राजधानीहरुमा रहेका हुलाक कार्यालयबाटै पत्रकारहरुको प्रेस पास नबिकरण हुने भएको छ । प्रदेश राजधानीहरुमा रहेका हुलाक निर्देशनालय तथा जिल्ला हुलाक कार्यालयबाट प्रेस प्रतिनिधि प्रमाणपत्र नविकरण हुने भएको हो । सूचना तथा प्रशारण बिभागबाट नबिकरण हुदै आएको प्रेस प्रतिनिधि प्रमाणपत्र कोरोना संक्रमणले सृजना भएको असहज अवस्थाका कारण प्रदेशबाटै नविकरण गर्ने व्यवस्था मिलाईएको सूचना तथा प्रशा...
‘सडक २’ ट्रेलर : विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा

‘सडक २’ ट्रेलर : विश्वमै सबैभन्दा बढी ‘डिसलाइक’ आउने भिडियोको तेस्रो नम्बरमा

एजेन्सी । बलिउड फिल्म ‘सडक २’ को ट्रेलर विश्वमै सबैभन्दा बढी मन नपराइएको भिडियोको तेस्रो नम्बरमा परेको छ । भने उक्त भिडियो भारतमा युट्युबमा सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमा परेको छ । उक्त फिल्मको ट्रेलरमा अहिलेसम्म १.१ करोडभन्दा बढी डिसलाइक आइसकेको छ । यसअघि विश्वमै सबैभन्दा बढी डिसलाइक गरिएको भिडियोमध्येमा दोस्रो नम्बरमा पप स्टार जस्टिन बीबरको थियो । उनको सन् २०१० मा आएको ‘बेबी’ गीतमा १.१६...
error: Content is protected !!