रोटरी क्लबको अध्यक्षमा युवा उद्यमी श्रेष्ठ निर्वाचित
विराटनगर । रोटरी क्लब विराटनगरको अध्यक्षमा कविन श्रेष्ठ चयन भएका छन् । धनकुटाको हिलेमा सम्पन्न क्लवको भेलाले श्रेष्ठको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो । समितिको प्रथम उपाध्यक्षमा मनोजविक्रम शाह, सचिवमा शिवप्रसाद अधिकारी, सह–सचिवमा प्रभु तोदी, कोषाध्यक्षमा नरेश राठी र सह–कोषाध्यक्षमा पूजा सिंह चयन भएका छन् ।
यस्तै सदस्यता विस्तारमा कोपिला अग्रवाल, क्लब प्रशासकमा सरिता अग्रवाल, सेवा परि...































