- संगालोखबर सम्बाददाता

सिरहा । सिरहामा आज बिहानैदेखि प्रशासनले निषेधाज्ञा जारी गरेको छ । जनमत पार्टीले आमहड्ताल र चक्काजामलाई निरन्तरता दिएपछि स्थानीय प्रशासनले बुधबार सम्मका लागि निषेधाज्ञा लगाएको हो ।

Advertisement

बिहान ५ बजेदेखि बेलुका ७ बजेसम्म निषेधाज्ञा अवधि तोकिएको छ । पूर्वमा बलान खोला, पश्चिममा कमला नदीसम्मको राष्ट्रिय लोकमार्ग तथा लोकमार्गको उत्तर दक्षिण ५ सय मिटर आसपास क्षेत्र, चोहर्वादेखि सिरहा सडकखण्डको पेट्रोल पम्पसम्म तथा सो मार्गको ५०० मिटर पूर्वपश्चिम आसपासका क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जनाएको छ ।

सो क्षेत्रमा हिडडुल गर्न, भेला हुन, राजनीतिक सभा तथा गतिविधि गर्न निषेध गरिएको छ । प्रशासनले आदेश उल्लंघन गर्नेलाई नियन्त्रणमा लिएर कारबाही गर्ने चेतावनी दिएको छ ।

किसानलाई नियन्त्रणमा लिएको भन्दै जनमत पार्टीले उनीहरूलाई छोड्न माग राख्दै हडताल गरेको छ । हड्तालका क्रममा सवारी साधनमा आगजनी र तोडफोड हुँन थालेपछि प्रशासनले निषेधाज्ञा लगाएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!