संगालोखबर सम्बाददाता

भक्तपुर । भक्तपुरको सूर्यबिनायक नगरपालिका–५ कटुन्जेमा बुधबार निःशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज र कटुञ्जेस्थित समाज सुधार बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा एक दिने शिविर सञ्चालन गरिएको हो ।

Advertisement

शिविरमा २११ जनाको रक्त परीक्षण, १८९ जनाको भिडियो एक्सरे र १५३ जनाको इसीजीसहित १ हजार १ सय ३७ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । दाँतमा समस्या भएका १९ जनाको दाँत उखेलिएको छ । शिविरमा उपचार सम्भव नभएका ५३ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको जेनेरल मेनेजर दाहालले बताए ।

केएमसीले अहिले निःशुल्क स्वास्थ्य शिविर सञ्चालनको अभियान नै चलाएको छ । बिभिन्न जिल्लामा पुगेर शिविर सञ्चालन गरी विरामीहरुको निःशुल्क उपचार गरिदै आएको छ । डा.सुनिल शर्माले केएमसी अध्यक्षको जिम्मेवारी सम्हालेदेखिनै यो अभियान थालिएको हो । निःशुल्क शिविरले ग्रामिण क्षेत्रका विपन्न विरामीहरुलाई फाइदा पुग्ने भएकाले शिविर सञ्चालनलाई निरन्तरता दिइने केएमसी अध्यक्ष डा.शर्मा बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!