संगालोखबर सम्वाददाता

काठमाडौं । काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले शुक्रबार काठमाडौंको बबरमहलमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ । काठमाडौं महानगरपालिका ११ नं. वडा कार्यालय र थापाथली जनकल्याण परिवारसँग सहकार्य गरेर केएमसीले शिविर सञ्चालन गरेको हो ।

Advertisement

शिविरमा ९५५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको केएमसीका जेनेरल मेनेजर नारायण दाहालले जानकारी दिए । उनका अनुसार १८९ जनाको ल्याब टेष्ट, १७३ जनाको भिडियो एक्सरे र ११३ जनाको इसीजी गरिएको छ । त्यस्तै, दाँतमा समस्या भएर शिविरमा आएका ३६ जनाको दाँत उखेलिएको छ ।

यता, शिविरमा उपचार सम्भव नभएका ५३ जना विरामीलाई अप्रेशनका लागि अस्पताल रेफर गरिएको आयोजकले जनाएको छ । केएमसीले पछिल्लो समय विभिन्न जिल्लामा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!