- संगालोखबर सम्बाददाता

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूको वरियता क्रम तोकिएको छ । नवनिर्वाचित केन्द्रीय समितिको पहिलो बैठकअघि सभापति शेरबहादुर देउवाले वरियता क्रम तोकेका हुन् ।

Advertisement

कांग्रेसको १४ औं महाधिवेशनमा सभापतिमा पराजित नेता शेखर कोइरालाको वरियता २० औं नम्बरमा परेको छ । नयाँ वरियता अनुसार सभापति देउवा र पार्टीका उपसभापति, महामन्त्री र सहमहामन्त्रीहरु छन् ।

विधानअनुसार सभापतिलाई वरियता तोक्ने अधिकार हुन्छ । वरियतामा देउवा पहिलो, रामचन्द्र पौडेल दोस्रो र कृष्ण सिटौला तेस्रो स्थानमा छन् । पार्टी सदस्यता लिएको आधारमा उनीहरूलाई वरियतामा राखिएको हो ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!