ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु

झापा । झापाको बिर्तामोड नगरपालिका–१ मा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुँनेमा शिवसताक्षी–१० का ४० बर्षीय यामनाथ राय छन् । बिर्तामोड–१ स्थित पूर्व पश्चिम राजमार्गमा मे.१ ख १९५२ नम्बरको ट्रकले रायलाई ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट गंभीर घाइते भएका रायको बिर्तामोडस्थित बि.एण्ड सि.अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्रक र चालक ईलामको सन्दकपुर–३...
२१ महिने बालिकाको हत्या आरोपमा फुपू–फुपाजु पक्राउ

२१ महिने बालिकाको हत्या आरोपमा फुपू–फुपाजु पक्राउ

विराटनगर । मोरङको रंगेली नगरपालिका–२ की २१ महिने बालिकाको हत्या गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय ४६ बर्षीय सैनी उरावँ र उनकी २५ बर्षीया श्रीमती संगीता छन् । उनीहरू नातामा मृतक बालिकाका फुपू–फुपाजु पर्दछन् । स्थानीय चन्द्र उराँवकी २१ महिने छोरी युनिशाको हत्या गरी खाडल खनेर पुरेको आरोपमा दुबै जनालाई पक्राउ गरिएको हो । उनीहरुविरुद्ध सोमबार मोरङ अदालतमा कर्तव्य ज्यान म...
विकृतिको चंगुलमा स्वास्थ्य क्षेत्र, अख्तियारले औंल्यायो १५ विकृति

विकृतिको चंगुलमा स्वास्थ्य क्षेत्र, अख्तियारले औंल्यायो १५ विकृति

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य क्षेत्रमा अत्यधिक भ्रष्टाचार रहेको स्पष्ट पार्दै केन्द्र, प्रदेश र स्थानीय गरी तीनवटै सरकारमा स्वास्थ्य क्षेत्रमा हुने गरेका १५ वटा विकृति औल्याएको छ । अख्तियारले विकृति औल्याएसँगै नेपालको स्वास्थ्य क्षेत्र चरम विकृतिको चंगुलमा रहेको पुष्टि भएको छ । देशभरबाट परेका विभिन्न उजुरीका आधारमा अख्तियारले स्वास्थ्य क्षेत्रमा १५ विकृति आंैल्याएको ह...
धनकुटामा संगालोखबरकर्मी सुवेदीसहित दुई पत्रकार सम्मानित

धनकुटामा संगालोखबरकर्मी सुवेदीसहित दुई पत्रकार सम्मानित

धनकुटा । धनकुटा जिल्ला ब्याडमिन्टन संघले संगालोखबर अनलाइन मिडियाका प्रमुख सम्वाददाता सन्तोष सुवेदीसहित दुई पत्रकारलाई सम्मान गरेको छ । धनकुटामा आयोजित प्रदेश स्तरीय खुल्ला धनकुटा कप ब्याडमिन्टन प्रतियोगिता समापनका अवसरमा सोमबार संगालोखबरकर्मी सुवेदी र नेपाल टेलिभिजनका सम्वाददाता विदुर खवासलाई सम्मान गरिएको हो । प्रतियोगिताको प्रचार प्रशारमा उल्लेखनिय भूमिका निर्वाह गरी खेलकुद क्षेत्रको विकासमा ...
क्रिकेट रङ्गशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

क्रिकेट रङ्गशाला निर्माणबाट पछि हट्यो धुर्मुस सुन्तली फाउण्डेशन

चितवन । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणको कामबाट धुर्मुस सुन्तली फाउण्डेशन पछि हटेको छ । फाउण्डेशनले भरतपुर महानगरपालिकालाई स्वामित्व लिनका लागि अनुरोध गरेको हो । आर्थिक सङ्कलन हुन नसकेपछि महानगरपालिकासँग सम्झौतामा उल्लेख भएअनुसार स्वामित्व हस्तान्तरण गर्न लागेको हो । फाउण्डेशनले संस्थागत निर्णय गरी कोभिड– १९ को प्रकोपका कारण आर्थिक स्रोत जुटाउनका लागि जटिल र विषम...
श्रीमतीको हत्या आरोपमा भोजपुरका राई पक्राउ

श्रीमतीको हत्या आरोपमा भोजपुरका राई पक्राउ

काठमाडौं । भक्तपुरमा श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् । पक्राउ पर्नेमा भोजपुरको केराबारी घर भई भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तज टोलमा डेरा गरी बस्ने २८ बर्षीय जीवन राई छन् । आइतबार राती राईले २५ बर्षीया श्रीमती मन्दिरालाई कोठामा कुटपिट गरी मृत अवस्थामा छाडेर फरार भएको प्रहरीले जनाएको छ । घटनापछि खटिएको प्रहरी अधिकृतसहितको टोलीले राईलाई पक्राउ गरेको हो । घटनाको ...
संखुवासभामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

संखुवासभामा ट्याक्टरको ठक्करबाट बालकको मृत्यु

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिका–१ स्थित भित्रि सडक खण्डमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा सभापोखरी–२ का फत्तेमान राईका ११ बर्षीय छोरा निशान छन् । बाटो क्रस गर्दै गरेका बालकलाई प्रदेश १–०२–००३ त १२२९ नम्बरको ट्याक्टरले ठक्कर दिँदा घटनास्थलमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
‘खाडी मूलुकबाट फर्किने अधिकांश कामदार सुन तस्करको भरिया’

‘खाडी मूलुकबाट फर्किने अधिकांश कामदार सुन तस्करको भरिया’

काठमाडौं । वैदेशिक रोजगारीमा खाडी मूलुक गएर फर्किने अधिकांश कामदार सुन तस्करको भरियाका रूपमा फर्किने गरेको खुलेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल फर्किने कामदार सुन तस्करीको भरियाका रूपमा प्रयोग भएको पाइएपछि अनुगमनलाई कडाइ पारिएको छ । मलेसिया, दुबई, कतारलगायत खाडी मूलुकबाट फर्किएकामध्ये ८० प्रतिशत सामान्य मजदुरलाई सुन तस्करले प्रलोभनमा पारेर नेपालतर्फ सुन पठाउने गरेका छन् । त...
वनमा बीभत्स हत्या

वनमा बीभत्स हत्या

काठमाडौं । कैलालीको जानकी गाउँपालिका–९ अमरावतीका २५ वर्षीय अर्जुन दास शुक्रबार साँझ घरबाट निस्किएका थिए। तर, राति घर फर्किएनन्। बरु उनकी श्रीमती धर्मादेवीको फेसबुकमा शनिबार दिउँसो अडियो म्यासेज आयो। त्यहाँ भनिएको छ, ‘एक जनाको टाउको छिनाएर हत्या भयो। हामी भारतको बैंग्लोर जाँदै छौं।’ झन्डै तीन मिनेटको अडियो म्यासेजमा मनोज नाम बताउने व्यक्तिले हत्या गरेको खुलाएका थिए। अडियोमा उनले भनेका छन्, ‘एक–दु...
सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

सर्वदलीय बैठक एमसीसी केन्द्रितः सत्तारूढ दल नै विभाजित

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठक अमेरिकी सहयोग परियोजना एमसीसी केन्द्रित बनेको छ । बैठकमा प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस एमसीसी संसद्बाट जसरी पनि पारित गर्नुपर्ने पक्षमा उभिएको छ भने माओवादी केन्द्र विभाजित बनेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार बसेको सर्वदलीय बैठक प्रमुख प्रतिपक्ष दल एमालेले भने वहिष्कार गरेको छ । प्रधानमन्त्री देउवाले संस...
सुनिल बहादुर थापा कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

सुनिल बहादुर थापा कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित

धनकुटा । राप्रपा परित्याग गरी नेपाली कांग्रेस प्रवेश गरेका नेता सुनिल बहादुर थापा कांग्रेसको केन्द्रिय सदस्यमा निर्वाचित भएका छन् । आइतवार साँझ सम्पन्न मतगणना अनुसार २४७२ मतसहित थापा केन्द्रिय सदस्यमा निर्वाचित भएका हुन् । उनी केन्द्रिय सदस्यको १४ औं स्थानमा परेका छन् । धनकुटाको मुगा घर भएका थापा यसअघि कांग्रेसको सह–महामन्त्री थिए । राप्रपा परित्याग गरी कांग्रेस प्रवेश गर्दा उनलाई कांग्रेसको सह...
सुनसरीको कोशीटप्पुमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुनसरीको कोशीटप्पुमा नोबेलको निःशुल्क स्वास्थ्य शिविर

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–९ स्थित कोशीटप्पुमा आइतवार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको छ । इटहरी–४ स्थित इन्खा एकीकृत अस्पताल प्रा.लि. र बराहक्षेत्र–९ स्थित कोशिका प्राथमिक विद्यालयसँग सहकार्य गरेर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालले एक दिने शिविर सञ्चालन गरेको हो । शिविरमा १ हजार ३ सय २१ विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको छ । उपचारका लागि शिविरमा आएका १८९ जनाको भिड...
दुर्घटना न्यूनिकरण गर्न प्रदेश १ का १४ वटै जिल्लामा सुरु भयो ट्राफिक सप्ताह

दुर्घटना न्यूनिकरण गर्न प्रदेश १ का १४ वटै जिल्लामा सुरु भयो ट्राफिक सप्ताह

विराटनगर । सवारी दुर्घटना बढ्दै गएपछि प्रदेश १ का १४ वटै जिल्लामा आइतवारदेखि ट्राफिक सप्ताह सुरु गरेर दुर्घटना न्यूनिकरण अभियान थालिएको छ । सडक अनुशासन कायम गर्दै सवारी दुर्घटना न्यूनिकरण गर्न आन्तरिक मामिला तथा कानून मन्त्रालय, विराटनगर र १ नं.प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले संयुक्त रुपमा ट्राफिक सप्ताह आयोजना गरेको हो । प्रदेश १ का १४ वटै जिल्लामा एक सातासम्म बिभिन्न गतिविधि गरेर मनाइन...
सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु, पूर्व–पश्चिम राजमार्ग अवरूद्ध

सिरहा । सिरहामा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ । गोलबजार नगरपालिका–६ स्थित गोलबजारमा शनिबार राती पौने ८ बजे दुई समूहबीच झडप भएको हो । झडपमा छुरा प्रहारबाट २६ बर्षीय रामकुमार सदाको मृत्यु भएको प्रहरीले जनाएको छ । त्यस्तै निकेश सदा गंभीर घाइते भएका छन् । दुई पक्षका ६–७ जनाबीच झडप भएको हो । उनीहरू अहिले फरार छन् । के कारण घटना भएको भन्ने विषय खुलेको छैन । प्रहरीले घटनामा संलग्नको खोज...
चिसो बढेपछि तराईको जनजीवन प्रभावित

चिसो बढेपछि तराईको जनजीवन प्रभावित

धनुषा । अचानक बढेको चिसोका कारण धनुषासहित प्रदेशका विभिन्न जिल्लाको जनजीवन प्रभावित भएको छ । अत्याधिक चिसोका कारण बालबालिका र बृद्ध–बृद्धा बढी प्रभावित भएका छन् । चिसो बढ्न थालेपछि बजारमा न्यानो लुगाको बिक्री बढेको छ । सर्वसाधारण जाडो छल्न घुर बालेर आगो ताप्न थालेका छन् । चिसो बढ्दै जाँदा बालबालिका, बृद्ध–बृद्धा र शारीरिक अवस्था कमजोर रहेका व्यक्तिको विशेष ख्याल गर्न चिकित्सकले आग्रह गरेका छन् ...
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

सुनसरी । सुनसरीको गढी गाँउपालिका–५ मा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुँनेमा गढी-६ का २५ बर्षीय निराजन राय छन् । गएराती को ३ त ३९ नम्बरको ट्याक्टरको डालामा ना ८ प ४३९० नम्बरको मोटरसाइकल ठोक्किएको थियो । मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा घटनास्थलमै रायको मृत्यु भएको प्रहरीले जनाएको छ । साथै मोटरसाइकलको पछाडि सवार गढी–६ कै २७ बर्षीय अक्षय राय घाइते भएका छन् । विराट नर्सिङ्...
राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

राष्ट्रपतिद्वारा उधौली पर्वको शुभकामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले किराँत समुदायको महान् पर्व उधौलीका उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, सुस्वास्थ्य र दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गरेकी छन् । उनको सन्देशमा किराँत समुदायका मूलतः राई, लिम्बु, सुनुवार र याख्खाहरूको महान् चाड उधौली पर्व हरेक वर्ष मङ्सिर पूर्णिमाका दिनबाट सुरु भई १५ दिनसम्म विभिन्न कार्यक्रमसहित मनाउने गरिन्छ । हि...
विद्युतको खपत बढाउँन कुलमानको आग्रह

विद्युतको खपत बढाउँन कुलमानको आग्रह

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले अहिलेको अवस्थामा विद्युतको खपत बढाउने चुनौती रहेको बताएका छन्। भक्तपुर ख्रिसमस समाजले ख्रिसमस र आंग्रजी नयाँ वर्ष २०२२ का अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा सम्मान ग्रहण गर्दै उनले पहिलो कार्यकालमा लोडसेडिङ हटाउने चुनौती रहेकामा अहिले विद्युतको खपत बढाउनुपर्ने बताए । उनले विद्युतको खपत बढाउन आग्...
सरकारी कर्मचारीलाई बिदैबिदा

सरकारी कर्मचारीलाई बिदैबिदा

काठमाडौं । नेपालमा सरकारी कर्मचारीले वर्षमा १२१ दिन कार्यालय जानुपर्दैन। उनीहरूले १२ दिन बिरामी बिदा, ३० दिन घर बिदा, १२ दिन भैपरि तथा पर्व बिदाको सुविधा पाउँछन्। यसैगरी जागिर अवधिभर तीन वर्ष अध्ययन बिदा तथा थप तीन वर्ष असाधारण बिदाको सुविधासमेत उनीहरूले पाएका हुन्छन्। यसैगरी महिला कर्मचारीका हकमा ९८ दिन प्रसूति बिदा तथा उसका पतिलाई समेत १५ दिन सुत्केरी बिदाको सुविधा दिइएको हुन्छ। यसबाहेक एक वर...
धनकुटामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटामा प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

धनकुटा । धनकुटामा शनिवारदेखि प्रदेश स्तरीय खुल्ला धनकुटा कप ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । धनकुटा जिल्ला ब्याडमिन्टन संघको आयोजनामा तीन दिने प्रतियोगिता सुरु भएको हो । एक कार्यक्रमकाबीच धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले पानसमा दीप प्रज्वलन गरेर प्रतियोगिता उद्घाटन गरेका छन् । प्रतियोगिता उद्घाटन गर्दै नगर प्रमुख तामाङ्गले खेलाडीहरुलाई आफ्नो कौसलता प्रदर्शन गरेर राम्रो खेल प्रस्तुत...
आइतबारबाट १२ देखि १७ बर्षका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने

आइतबारबाट १२ देखि १७ बर्षका विद्यार्थीलाई कोरोनाविरुद्धको खोप लगाइने

काठमाडौं । सरकारले भोलिदेखि ५७ जिल्लाका १२ वर्षदेखि १७ बर्ष उमेर समूहका विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउँदैछ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मोडर्ना खोपको पहिलो मात्रा यही पुस ४ देखि १४ गतेसम्म विद्यार्थीलाई लगाउने भएको मन्त्रालयका प्रवक्ता डा.सङ्गीता कौशल मिश्रले जानकारी दिए । उनका अनुसार प्रदेश नं १ को ताप्लेजुङ, सङ्खुवासभा, ओखलढुङ्गा, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथर...
उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट कुलमान घिसिङ सम्मानित

उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट कुलमान घिसिङ सम्मानित

काठमाडौं । उज्यालो नेपालको अभियानमार्फत नेपालीलाई उज्यालो पुर्याई अतुलनीय योगदान गरेकामा नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ सम्मानित भएका छन् । लोडसेडिङ हटाएर नेपालीको घर घरमा खुसी ल्याउन महत्वपूर्ण योगदान गरेकाले कार्यकारी निर्देशक घिसिङलाई उत्कृष्ठ राष्ट्रसेवक अवार्डबाट सम्मान गरिएको आयोजक संस्था क्यासनेप फाउण्डेशनले जनाएको छ । फाउण्डेशनका कार्यक्रम संयोजक राजन अधिकारी...
दाउले हानेर हत्या गर्ने पक्राउ

दाउले हानेर हत्या गर्ने पक्राउ

झापा । हत्या आरोपमा प्रहरीले झापाको दमकका एक युवालाई पक्राउ गरेको छ । दमक नगरपालिका–१ का २० बर्षीय अर्जुन लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । दमक नगरपालिका–६ स्थित रक्षा फेन्सी पसलमा सेल्समेनको काम गर्दै आएका दमक–२ का २५ बर्षीय तेजप्रकाश पराजुलीको हत्या गरेको आरोपमा प्रहरीले लिम्बूलाई पक्राउ गरेको हो । मंसिर २९ गते धराबाट पानी लिएर पसलतर्फ फर्कने क्रममा पराजुलीलाई लिम्बूले दाउले काटेका थिए । र...
भीम रावललाई बनाइयो एमालेको सल्लाहकार

भीम रावललाई बनाइयो एमालेको सल्लाहकार

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावल पार्टीको केन्द्रीय सल्लाहकार परिषद सदस्य बनेका छन् । पार्टीका निवर्तमान उपाध्यक्ष रहेका रावललाई एमालेले सल्लाहकारको जिम्मेवारी दिएको हो । एमालेको दसौं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका उम्मेद्वार बनेका रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएपछि पार्टीमा जिम्मेवारीबिहिन थिए । अध्यक्ष ओली र रावलबीचको परामर्श बमोजिम उनलाई थप जिम्मेवारी प्रदान गरिने एमालेले ...
काभ्रेको पनौतीमा केएमसीको स्वास्थ्य शिविर, नौं सय विरामीले पाए निःशुल्क उपचार

काभ्रेको पनौतीमा केएमसीको स्वास्थ्य शिविर, नौं सय विरामीले पाए निःशुल्क उपचार

काभ्रे, २ पुस । काभ्रेको पनौतीमा शुक्रबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा नौं सय भन्दा बढी विरामीले निःशुल्क उपचार सेवा पाएका छन् । पनौती नगरपालिका–४ स्थित सामुदायिक बोर्डिङ्ग स्कूल र ज्ञान विकास पुस्तकालयसँग सहकार्य गरेर काठमाडौंको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजले एक दिने शिविर सञ्चालन गरेको हो । सामुदायिक बोर्डिङ्ग स्कूलमा आयोजित शिविरमा ९ सय २१ जना विरामीको स्वास्थ्य परीक्षण गरिएको केए...
सुनकोसीमा बेलिब्रिज जडान भएपछि गाईघाट-दिक्तेल सिधा यातायात

सुनकोसीमा बेलिब्रिज जडान भएपछि गाईघाट-दिक्तेल सिधा यातायात

गाईघाट । उदयपुरको सदरमुकाम गाईघाटबाट पहाडी जिल्ला खोटाङको सदरमुकाम दिक्तेलसम्म जोड्ने गाईघाट-दिक्तेल सडक खण्डअन्तर्गत सुनकोसी नदीमा हालै बेलिब्रिज जडान भएको छ। पुल जडानसँगै गाईघाटबाट दिक्तेलसम्म र दिक्तेलबाट गाईघाटसम्म सिधा यातायातका साधन सञ्चालन भएका छन्। मङ्सिरको दोस्रो हप्तादेखि उदयपुरको रौतामाई गाउँपालिका-५ स्थित फोक्सिङटार र खोटाङको खोटेहाङ गाउँपालिका-१ लिच्की राम्चे बीचमा पर्ने सुनकोसी नद...
विराटनगरबाट चोरीको स्कुटरसहित एक जना पक्राउ

विराटनगरबाट चोरीको स्कुटरसहित एक जना पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका–१२ पटुवारी टोलबाट स्कुटर चोरीमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१२ का २२ बर्षीय गणेश कुमार राम छन् । उनले मंसिर २९ गते राती साढे ७ बजे को २९ प ६६०० नम्बरको स्कुटर चोरी गरेका थिए । स्कुटर चोरीमा संलग्नको खोजी गर्ने क्रममा ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको टोलीले स्कुटरसहित उनलाई पक्राउ गरेको हो । पक्राउ परेका रामलाई जिल्ला अ...
एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ

एकैदिन हजार रुपैयाँले बढ्यो सुनको भाउ

विराटनगर । नेपाली बजारमा बिहीबार एकैदिन सुनको भाउ एक हजार रुपैयाँले बढेको छ । बुधबार प्रतितोला ९३ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज एक हजार रुपैयाँले बढेर प्रतितोला ९४ हजार रुपैयाँ पुगेको हो । त्यस्तै तेजाबी सुनको मूल्यसमेत आज तोलामा एक हजार रुपैयाँले बढेको छ । तेजावी सून प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता, चाँदीको मूल्य पनि...
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

झापा । आफैले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाको शिवसताक्षीमा एक जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको शिवसताक्षी नगरपालिका–८ स्थित डुडाँमारी चोकमा मे ७ प ९८०० नंम्बरको मोटरसाइकल तीव्रगतिका कारण दुर्घटना हुँदा कन्काई नगरपालिका–८ सुरुङ्गाका २८ वर्षीय विनोद लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दुर्घटनामा परेर मोटरसाइकलमा पछाडि सवार कन्काई–८ का २४ वर्षी...
एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

एमसीसी अनुमोदन गर्न नेपाललाई थप समय

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन गर्न नेपाल सरकारले प्रतिबद्धता व्यक्त गरेको एमसीसी बोर्ड बैठकले जनाएको छ । १४ डिसेम्बर (२८ मंसिर)को एमसीसी बोर्ड बैठकपछि अमेरिकाको वासिंटन डिसीबाट बुधबार जारी विज्ञप्तिअनुसार एमसीसीअन्तर्गतको ५० करोड अमेरिकी डलर अनुदान सहयोग अनुमोदन हुनेमा विश्वस्त रहेको जनाएको छ । एमसीसी परियोजनाअन्तर्गत विद्युत् प्रसारण लाइन र सड...
माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

माओवादी केन्द्रका धनकुटा संयोजक ऋषिराम ढुंगानाद्वारा प्रदेश सचिवमा उम्मेद्वारी घोषणा

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धनकुटाका संयोजक ऋषिराम ढुंगानाले पार्टीको प्रदेश सचिवमा उम्मेद्वारी घोषणा गरेका छन् । मोरङमा जारी माओवादी केन्द्र १ नम्बर प्रदेश समितिको प्रथम अधिवेशनमा नेता ढुंगानाले सचिव पदमा उम्मेद्वारी घोषणा गरेका हुन् । २०२३ सालमा धनकुटाको कुरुले तेनुपामा जन्मिएका ढुंगाना ४० बर्षयता राजनीतिमा सक्रिय छन् । उनले २०३७ सालमा विद्यार्थी संगठनबाट राजनीति यात्रा...
error: Content is protected !!