संगालोखबर सम्बाददाता

ताप्लेजुङ्ग । पूर्वी पहाडी जिल्ला ताप्लेजुङ्गको सिरिजङ्घामा बुधबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ९ सय भन्दा बढी विरामीले निःशुल्क उपचार पाएका छन् । तेल्लोकस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा गरिएको शिविरमा ९ सय ६५ जना विरामीको निःशुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

Advertisement

विराटनगरस्थित नोबेल शिक्षण अस्पताल र सिरिजङ्घा गाउँपालिकाको सहकार्यमा ग्रामिण क्षेत्रका विरामीलाई लक्षित गर्दै दुई दिने स्वास्थ्य शिविर सञ्चालन गरिएको हो । बिहिबार पनि शिविर सञ्चालन हुँनेछ । पहिलो दिन शिविरमा १८९ जनाको भिडियो एक्सरे, १२३ जनाको मुटुको जाँच इसीजी र ४२ जनाको दाँत उखेलिएको नोबेलका प्रबन्धक नारायण दाहालले जानकारी दिए ।

नोबेलले बर्षौ अघिदेखि बिभिन्न जिल्लामा पुगेर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको छ । प्रदेश १ का जिल्लामा शिविर केन्द्रित छ । शिविरमा अस्पतालका विभिन्न रोगका विशेषज्ञ डाक्टरहरुले विरामीको स्वास्थ्य परीक्षण गर्ने गरेका छन् ।

गाउँ–गाउँमा सञ्चालन गरिने निःशुल्क स्वास्थ्य शिविरबाट विपन्न विरामी लाभान्वित हुँने भएकाले शिविर सञ्चालन अभियानलाई निरन्तरता दिइने नोबेल अस्पतालका सञ्चालक डा.सुनिल शर्मा बताउँछन् ।

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

Advertisement
error: Content is protected !!